। नेकपा एमालेबाट कारबाहीमा परेका नेता डा. भीम रावलले आफू पार्टी खोल्नबाट नडराएको दाबी गरेका छन् ।
बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत् उनले यस्तो बताएका हुन् ।
‘आज यहाँ पार्टी घोषणा हुन्छ होला भन्ने सुनिएको थियो, किन डराउनुभएको ?,’ भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा उनले भने, ‘डराएको होइन । अहिलेको मातृभूमि जागरण अभियान, भविष्यको सशक्त देशभक्तिपूर्ण संगठनको आधार हुनेछ ।’
उनले पत्रकार सम्मेलनमार्फत मातृभूमि जागरण अभियान सञ्चालन गरी देश र जनताको हक र हितका लागि सबै देशभक्त इमानदार शक्ति, व्यक्ति र समुदायलाई एकताबद्ध गर्नुपर्ने रावलले बताएका छन् ।
उनले त्यसबारे थप प्रष्ट पार्दै भने, ‘जनताको बीचमा गइसकेपछि म यस्तो संकलपको साथ किन अघि बढेँ भन्ने प्रष्ट पार्न खोजेको हुँ ।’