। सप्तरीमा मर्निङ वाकमा निस्केका एक व्यक्तिको गाडीको ठक्करबाट मृत्यु भएको छ ।
जिल्लाको सुरुङ्गा नगरपालिका ३ स्थित कदमाहा–गाईघाट सडक खण्डमा पहिचान खुल्न नसकेको सवारीको ठक्करबाट सोही नगरपालिका–३ का ६० वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज बिहान ४ बजे मर्निङ वाकमा निस्केका नेपालीलाई नम्बर नखुलेको सवारीले ठक्कर दिएको सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।
प्रहरी उपरीक्षक खतिवडाका अनुसार ठक्कर दिने सवारीको खोजी भइरहेको छ ।