मुख्य समाचार
रसुवागढी नाकाबाट चालु आर्थिक वर्षको पाँच महिनामा एक खर्बभन्दा बढीको सामग्री आयात
रसुवागढी नाकाबाट चालु आर्थिक वर्षको पाँच महिनामा एक खर्बभन्दा बढीको सामग्री आयात

: रसुवागढी नाकाबाट चालु आर्थिक वर्षको पाँच महिनामा एक खर्बभन्दा बढीको सामग्री आयात भएको छ। चालू आव ०८१/०८२ को साउनदेखि मंसिर मसान्तसम्ममा एक खर्ब २४ अर्ब ४२ करोड मूल्य बराबरको सामग्री आयात भएको रसुवा भन्सार कार्यालयले जनाएको छ।


यो अवधिमा तयारी कपडा, विद्युतीय सामग्री, विद्युतीय सवारीसाधन, जुत्ता, चप्पल, लसुन, स्याउ, ओखरजस्ता वस्तु आयात भएको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले बताए। सामग्री आयातबाट कार्यालयले १२ अर्ब ४७ करोड रुपैयाँ राजस्व संकलन भएको छ।

सो अवधिमा नेपालबाट ऊनी गलैँचा, बक्रम कपडा, तयारी कपडा, जडीबुटी, अगरबत्तीसमेत १५ करोड रुपैयाँ बराबरको विविध सामग्री निर्यात भएको छ।


आयात सामग्रीको नियमअनुसार मूल्यांकनबाट राजस्व दाखिला भइसकेको र आयात मालसामान बोकी भन्सार हातामा प्रवेश गरिसकेकाले करिब दुई सय कन्टेनरको धमाधम मूल्यांकन अगाडि बढिरहेको समेत उनले बताए। केरुङबाट आयात भएका सामग्री बोकेका ट्रक सिधै भन्सार हातामा आउने र लामबद्ध तवरले परीक्षण एवं जाँच गरिँदै आएको भन्सार कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालमा सञ्चालनमा रहेका होटलमा एक वर्ष अवधिमा २ करोड ८ लाख पाहुनाले आवास सेवा लिएको देखिएको छ । केन्द्रीय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको ‘राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण’ अनुसार एक वर्षमा तारे होटलमा मात्र १९ लाख १२ हजार २ सय ७४ पाहुनाले आवास सुविधा लिएका छन् । ताराविहीन होटल तथा लजमा १ करोड ७७ ...
— चालु आर्थिक वर्षको पाँच महिनामा २९ लाख २० हजार रुपैयाँको कुरिलो निर्यात भएको छ । भन्सार विभागका अनुसार पाँच महिनामा १८ हजार ७०९ किलो कुरिलो निर्याता भएको हो । गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा भने यस वर्ष कुरिलो निर्यात घटेको छ । गत आर्थिक वर्षको पाँच महिनामा ९५ लाख ३२ हजार रुपैयाँको कुरिलो निर्यात ...
— भारतको मोतिहारीदेखि बाराको अमलेखगन्जसम्म पाइपलाइनबाटै पेट्रोलियम पदार्थको आयात गर्न परीक्षण सुरुआत भएको छ । यसका लागि पेट्रोलियम पाइपलाइन विस्तारको पूरा भएसँगै परीक्षण थालिएको हो । मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन विस्तारको सम्पूर्ण काम सकिएको र परीक्षणका लागि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल आयात गर्न थालिएको नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगन्जका प्रमुख प्रलयंकर आचार्यले जानकारी दिए । 'पाइपलाइन ...
: उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी वस्तुको प्रोत्साहन गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्। मंगलबार सिंहदरबारमा काठमाडौं,ललितपुर र भक्तपुरका महिला उद्यमीसँगको छलफलका क्रममा मन्त्री भण्डारीले स्वदेशमा उत्पादित हस्तकला लगायतका अन्य सामग्रीहरको प्रयोगमा प्रोत्साहन गर्ने सरकारको नीति रहेको बताएका हुन्। स्वदेशी वस्तुको बजार व्यवस्थापनका लागि समेत मन्त्रालयले काम गरिरहेको उनको भनाइ छ। मन्त्री भण्डारीले बाणिज्य ...
:सर्वोच्च अदालतले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिदबिक्रीविरुद्ध दायर गरेको रिट खारेज गरिदिएको छ। बिहीबार न्यायाधीशद्वय सपना मल्ल प्रधान र टेकप्रसाद ढुंगानाको इजलासले सेयर खरिदबिक्रीविरुद्ध परेको रिट खारेज गरिदिएको हो। रिट खारेज गर्ने आदेशसँगै इजलासले निर्देशनात्मक आदेश समेत दिएको छ। प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार अमरेश सिंहले २०८० मंसिर २० गते एनसेलको सेयर स्वामित्व खरिद बिक्री रोक्न ...