पोखरा र भैरहवा विमानस्थल नियमित सञ्चालनका लागि छलफल भइरहेको छ : पर्यटनमन्त्री
पोखरा र भैरहवा विमानस्थल नियमित सञ्चालनका लागि छलफल भइरहेको छ : पर्यटनमन्त्री

: स्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री बद्री प्रसाद पाण्डेले नागरिक उड्ययन क्षेत्रलाई प्रभावकारी बनाउन आवश्यक ऐन संसदको अगामी अधिवेशनमा प्रस्तु गर्ने बताएका छन्। सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको र्बठकमा मन्त्री पाण्डेले नागरिक उड्ययन क्षेत्रलाई प्रभावकारी बनाउनका लागि सेवा प्रदायक र नियमन निकायलाई फरक फरक गर्ने गरि बनाइएको विधेयकलाई सदनको आगामी अधिवेशनमा प्रस्तुत गर्ने बताएका हुन्।


उनले पर्यटन क्षेत्रको विकासका लागि तीन तहको सरकारलाई जोड्न सरोकारवालाको दुईवटा बैठक सम्पन्न भइसकेको जानकारी दिए। अन्तरमन्त्रालय र अन्तर निकायलाई समन्वयकारी रुपमा अघि बढाउन सके सहज रुपमा काम कारवाही गर्न सकिने उनको भनाइ छ।

पोखरा र भैरहवाको विमानस्थल नियमित सञ्चालनका लागि समीक्षा भइरहेको भन्दै मन्त्री पाण्डले केही निकायहरू त्यहाँ गएपछि दुईवटा एयरपोर्ट नियमित सञ्चालन हुने दावी गरे।


बैठकमा समिति सदस्य पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले निजगढ अन्तराष्ट्रिय बिमानस्थल निर्माणका काममा बिलम्व भएकाले छिटो भन्दा छिटो निर्माण कार्य अघि बढाउन सुझाव दिए । उनले पशुपति लगायतका स्थानबाहिर फोहर देखिएकाले पर्यटकहरू आएसकेपछि बस्ने र घुम्न जाने ठाउँलाई सुन्दर बनाउनुपर्ने सुझाव दिए।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेयले मन्त्रालयका कामकारवाहीको बारेमा जानकारी गराउँदै पुँजी, प्रविधि, जनशक्तिको सिमितताले अपेक्षा अनुसारको काम गर्न नसकिएको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— गत असोज दोस्रो साताको बाढीपहिराले क्षतिग्रस्त बीपी राजमार्गको विभिन्न सडकखण्डको पुनर्निर्माणका लागि करिब नौ अर्ब ६६ करोड हुने भएको छ । बाढीपछि गरिएको अध्ययनअनुसार पुनर्निर्माणमा ठूलो धनराशि खर्च हुने पाइएको हो । डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार बीपी राजमार्गअन्तर्गत भकुण्डेबाट नेपालथोकसम्मको विभिन्न स्थानमा पुनर्निर्माण गर्न उक्त रकम खर्च हुने अनुमान गरिएको हो । उक्त राजमार्गअन्तर्गत ...
— सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ । एमाले केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेदेखि सुरु हुने बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिक परिस्थितिसहितको विषयवस्तु समेटिएको प्रतिवेदन प्रस्तुत गर्ने तयारी छ । बैठकमा प्रतिवेदनसहित समसामयिक विषयमाथि प्रत्येक केन्द्रीय ...
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले ठगीको आरोप लागेका आफ्ना स्वकीय सचिव अनिलकुमार पोखरेललाई जिम्मेवारीबाट मुक्त गरेका भए पनि उनी प्रश्नबाट मुक्त छैनन् । किनकि, अनिलको ठगीबारे नेता पोखरेल र पार्टीलाई पहिल्यै जानकारी छँदाछँदै उनलाई संरक्षण दिएर जिम्मेवारी दिनु नै अक्षम्य छ । अर्कोतिर, अनिलले झन्डै दशकअघि नै ‘माथिसम्म’ राजनीतिक पहुँच रहेको भनेर ठगी गर्न सकेका थिए । ...
— राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा 'संविधान परिमार्जन सुझाव कार्यदल' गठन गरेको छ । यो कार्यदलले सात वटै प्रदेशमा आवश्यक छलफल गर्ने र सबै सम्बन्धित साझेदार तथा संविधानविद्‍‍सँग छलफल गरेर दलको तर्फबाट सार्वजनिक धारणा बनाउने पार्टीले जनाएको छ । । कार्यदलमा कान्तिशिखा धिताल, डाक्टर नन्दन यादव, गणेश कार्की, सोभिता गौतम, असिम ...
तातोपानी, सिन्धुपाल्चोक — गत असोजको बाढीपहिरोले पुल बगाएपछि बेलाबेला अवरुद्ध भइरहेको तातोपानी नाका क्रमशः तंगि्रँदै गएको छ । असोज दोस्रो साताको वर्षाले लार्चार् र लिपिङमा बेलिब्रिज, पुल बगाएयता समय–समयमा अवरुद्ध भइरहेको उत्तरी नाका तातोपानीमा चहलपहल बढ्दै गएको छ । खण्डहर बनेको लिपिङ बजारमा धेरैजसो पसल होटल सामान्य मर्मर्त र रङरोगन गरेर चलाइएका छन् । सीमापारि झाङ्मु बजार र वारि ...