मुख्य समाचार
आवश्यक कानुन नबन्दा संघीयता कार्यान्वयनमा बाधा : उपेन्द्र यादव
आवश्यक कानुन नबन्दा संघीयता कार्यान्वयनमा बाधा : उपेन्द्र यादव

: जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले ठूला दल मिलेर सरकार बनेपनि सुधारका कुनै सकारात्मक सन्देश देखा पर्न नसकेको बताएका छन्।


बिहीबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा यादवले ठूला दल मिलेर सरकार बनाएको धेरै दिन भएपनि सुधारका कुनै सकारात्मक सन्देश देखा पर्न नसकेको बताएका हुन्। नयाँ सरकार बनेपछि पनि आर्थिक,राजनीतिक,प्रशासनिक, विकास निर्माणलगायतका क्षेत्रमा कुनै सुधार हुन नसकेको उनको भनाइ छ।

यादवले अहिलेको संविधानलाई परिमार्जन गर्नका लागि आफूहरूले धेरैअघि नै आन्दोलन गरेको भन्दै अब संविधान संशोधन र परिमार्जन आवश्यक रहेको धारणा राखे। विज्ञ सम्मिलित आयोग बनाई त्यसले दिएको सुझावलाई आधार मानेर संविधान संशोधन र परिमार्जन गर्नुपर्ने उनले बताए।


अध्यक्ष यादवले संघीय सरकारले आवश्यक कानुन बनाउन नसक्दा संघीयता र गणतन्त्र संस्थागत गर्न कठिनाइ देखिएको धारणा राखे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— उच्च अदालतले रिट खारेज गर्दा पनि कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारण लाइनको अवरोध कायमै छ । स्थानीयले अवरोध जारी राखेपछि बाँकेको बानियाभारमा ३ वटा टावरको काम अघि बढ्न सकेको छैन । बाँकेको वैजनाथ गाउँपालिकास्थित बानियाभारमा ३ र गाभरमा १२ वटा टावर निमार्ण गनुपर्ने थियो । गाभरको विवाद समाधान भएर पनि टावरको मुआब्जा निर्धारणको काम भइसकेको ...
— प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशभक्त, प्रगतिशील र जनवादी शक्तिहरू मजबुत भएका कारण मुलुकका प्रतिक्रियावादी शक्तिहरु आतङ्कित भएको बताएका छन् । आइतबारदेखि च्यासलमा सुरु भएको एमाले केन्द्रीय कमिटीको आठौँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिक्रियावादी शक्तिहरू निर्दयी र अमानवीय रूपमा एमालेविरुद्ध झूटा प्रचारमा लागेको टिप्पणी गरेका हुन् । उनले एमालेको ...
— गत असोज दोस्रो साताको बाढीपहिराले क्षतिग्रस्त बीपी राजमार्गको विभिन्न सडकखण्डको पुनर्निर्माणका लागि करिब नौ अर्ब ६६ करोड हुने भएको छ । बाढीपछि गरिएको अध्ययनअनुसार पुनर्निर्माणमा ठूलो धनराशि खर्च हुने पाइएको हो । डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार बीपी राजमार्गअन्तर्गत भकुण्डेबाट नेपालथोकसम्मको विभिन्न स्थानमा पुनर्निर्माण गर्न उक्त रकम खर्च हुने अनुमान गरिएको हो । उक्त राजमार्गअन्तर्गत ...
— सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ । एमाले केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेदेखि सुरु हुने बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिक परिस्थितिसहितको विषयवस्तु समेटिएको प्रतिवेदन प्रस्तुत गर्ने तयारी छ । बैठकमा प्रतिवेदनसहित समसामयिक विषयमाथि प्रत्येक केन्द्रीय ...
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले ठगीको आरोप लागेका आफ्ना स्वकीय सचिव अनिलकुमार पोखरेललाई जिम्मेवारीबाट मुक्त गरेका भए पनि उनी प्रश्नबाट मुक्त छैनन् । किनकि, अनिलको ठगीबारे नेता पोखरेल र पार्टीलाई पहिल्यै जानकारी छँदाछँदै उनलाई संरक्षण दिएर जिम्मेवारी दिनु नै अक्षम्य छ । अर्कोतिर, अनिलले झन्डै दशकअघि नै ‘माथिसम्म’ राजनीतिक पहुँच रहेको भनेर ठगी गर्न सकेका थिए । ...