कुकुरलाई क्रुरतापूर्वक मार्ने दुईजना पक्राउ, मुद्दा चलाउने प्रहरीको तयारी
कुकुरलाई क्रुरतापूर्वक मार्ने दुईजना पक्राउ, मुद्दा चलाउने प्रहरीको तयारी

: क्रुरतापूर्वक कुकुर मार्ने दुईजनालाई नवलपरासी प्रहरीले पक्राउ गरी मुद्दा चलाउने तयारी गरेको छ । पक्राउ पर्नेमा सुस्ता गाउँपालिका–५ बेलवानीका ३३ वर्षीय राजकुमार सारु र सोही ठाउँका २८ वर्षीय अमनकुमार चिडी छन् ।


उनीहरूले पाँचवटा कुकुरका छाउरा र एउटा माउलाई क्रुरतापूर्वक मारेको आरोप छ । पक्राउ परेका राजकुमारले कुकुरका छाउरालाई भूइँमा पछारेर मारेको र मरेपछि नदीमा फालेका थिए ।

कुकुर मारेको दृष्यलाई अमनले चार दिनअघि भिडियो खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । त्यसैको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रेशम बोहराले बताए ।


उनीहरूमाथि मुलुकी अपराधसंहिताको पशुपंक्षीसम्बन्धी कसुरमा मुद्दा चलाइनेछ । पशुपंक्षीसम्बन्धी कसुरमा तीन महिनासम्म कैद वा ५ हजार जरिवाना वा दुवै सजायको दफा उल्लेख गरी प्रतिवेदन तयार भएको र त्यसको आधारमा मुद्दा चलाइने तयारी गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा 'संविधान परिमार्जन सुझाव कार्यदल' गठन गरेको छ । यो कार्यदलले सात वटै प्रदेशमा आवश्यक छलफल गर्ने र सबै सम्बन्धित साझेदार तथा संविधानविद्‍‍सँग छलफल गरेर दलको तर्फबाट सार्वजनिक धारणा बनाउने पार्टीले जनाएको छ । । कार्यदलमा कान्तिशिखा धिताल, डाक्टर नन्दन यादव, गणेश कार्की, सोभिता गौतम, असिम ...
तातोपानी, सिन्धुपाल्चोक — गत असोजको बाढीपहिरोले पुल बगाएपछि बेलाबेला अवरुद्ध भइरहेको तातोपानी नाका क्रमशः तंगि्रँदै गएको छ । असोज दोस्रो साताको वर्षाले लार्चार् र लिपिङमा बेलिब्रिज, पुल बगाएयता समय–समयमा अवरुद्ध भइरहेको उत्तरी नाका तातोपानीमा चहलपहल बढ्दै गएको छ । खण्डहर बनेको लिपिङ बजारमा धेरैजसो पसल होटल सामान्य मर्मर्त र रङरोगन गरेर चलाइएका छन् । सीमापारि झाङ्मु बजार र वारि ...
— पूर्वआईजीपी सर्वेन्द्र खनालले एमाले छाडेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत खनालले आफू कुनै पनि राजनीतिक दलमा आबद्ध नभएको बताएका हुन् । खनाल केही समयदेखि भने पार्टीका औपचारिक कार्यक्रममा भने देखिएका थिएनन् । 'हजुरहरू मेरो राजनीतिक स्थितिबारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट यसलाई स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनैतिक पार्टीसँग ...
— एमालेले कांग्रेससँग सत्ता गठबन्धन गरेपछि सुरु भएको राजनीतिक कोर्सको समीक्षा गर्ने भएको छ । आइतबारदेखि सुरु हुने एमालेको केन्द्रीय कमिटी बैठकले कांग्रेससँग सहकार्यको समीक्षा गरी आगामी कार्ययोजना बनाउने तयारी गरेको हो । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा पेस गर्ने राजनीतिक प्रतिवेदनमा कांग्रेस–एमाले सरकारका उपलब्धि र कमजोरी समीक्षा गरी आगामी कार्यक्रम प्रस्ताव गर्ने सूची छ । ...
— कांग्रेस नेता तथा पूर्वपर्यटनमन्त्री जीवनबहादुर शाहीले माफियाको चलखेल बढेका कारण नेपाल वायु सेवा निगम डुब्न लागेको बताएका छन् । कर्णालीका पूर्वमुख्यमन्त्रीसमेत रहेका शाहीले खलंगामा आइतबार आयोजित पत्रकार सम्मेलनमा आफू ६ महिना निलम्बनमा परेको र मुद्दामा सफाइ पाएपछि भेटघाटमा निस्किएको बताए । वाइडबडी खरिद प्रकरणमा विशेष अदालतबाट सफाइ पाएपछि नेता शाही कर्णालीका विभिन्न जिल्लाको भ्रमणमा निस्किएका ...