। आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं सांसद प्रभु साहले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अगाडी नबढेको भन्दै आपत्ति जनाएका छन् ।
संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सरकारले ढिलासुस्ती गरेको भन्दै प्रश्न पनि गरेका छन् ।
समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री बद्री पाण्डेले अहिलेसम्मका प्रगति विवरण पेश गरेका थिए ।
त्यसप्रति टिप्पणी गर्दै मन्त्री साहले विमानस्थल निर्माणको प्रगति शुन्य भएको बताए ।
‘सरकार असफल र असक्षम भएको हो ? ढिलासुस्ती र आलटाल किन ? प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा शुन्य प्रगितले सरकार असफल र असक्षम भएको सावित भयो,’ आजपा अध्यक्ष साहले भने, ‘सरकारले एउटा विमानस्थल बनाउँन सक्दैन । प्रगित शुन्य छ भने सरकार सफल भएको र केही गर्ला, आर्थिक सुधार हुन्छ भन्ने कुरा सर्वसधारणले कसरी मान्नुपर्ने ?’
यस्तै, उनले बाराको गढीमाई मेला र जनकपुरको विकासमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराए । साहले पर्यटन मन्त्रालयले तय गरेको एक सय पर्यटकीय गन्तव्यको विकास प्रक्रियाबारे पनि प्रश्न उठाएका थिए ।