मुख्य समाचार
नरेन, दुर्गेश र आकाशले आर्मीबाट जय ट्रफी खेल्ने
नरेन, दुर्गेश र आकाशले आर्मीबाट जय ट्रफी खेल्ने

। त्रिभुवन आर्मी क्लबले जय ट्रफी एलिट कप खेल्ने अन्तिम टोलीको टुङ्गो लगाएको छ। नरेन साउद, दुर्गेश गुप्ता र आकाश चन्दले पनि त्रिभुवन आर्मी क्लबबाट खेल्ने भएका छन् ।

आर्मीले विनोद भण्डारीको कप्तानीमा १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको हो । आर्मीमा पनि राष्ट्रिय टोलीका खेलाडीहरू छन् । सोमपाल कामी, कुशल मल्ल, भीम सार्की, विवेक यादव, बसिर अहमद, विनोद भण्डारीलगायतले राष्ट्रिय टिमबाट खेलेका छन् ।




जय ट्रफीका लागि आर्मीलले नरेन, दुर्गेश र आकाश लगायत खेलाडी समावेश गरेको हो । नरेनले २०२४ को प्रधानमन्त्री कप सुदूरपश्चिम प्रदेशबाट खेलेका थिए । दुर्गेश र आकाशले भने पीएम कप खेलेनन् । आकाश लामो मसयदेखि आर्मीको टोलीमा रहेपनि उनी थोरे समय मात्र टिममा समावेश भएका छन् । यस्तै दुर्गेशले लुम्बिनी प्रदेशबाट खेल्दै आएका छन् । आर्मीले तृत राज दासलाई पनि जय ट्रफीका लागि टिममा राखेको छ ।

आर्मी पीएम कपको उपविजेता टिम हो । २०२४ को फाइनलमा पुलिसले आर्मीलाई हराएर उपाधि जितेको थियो । पीएम कपको शीर्ष चारमा पुलिस र आर्मीसँगै बागमती प्रदेश र मधेश प्रदेश रहँदा एलिट कप खेल्ने छन् ।



पुलिस र बागमतीले पनि अन्तिम टोलीको टुङ्गो लगाइसकेका छन् । अब मधेश प्रदेशले २२ जनाको प्रारम्भिक टोलीबाट अन्तिम १५ को टुङ्गो लगाउन बाँकी छ ।

त्रिभुवन आर्मीको टिम
विनोद भण्डारी (कप्तान), सोमपाल कामी, कुशल मल्ल, विवेक कुमार यादव, भीम सार्की, बसिर अहमद, सन्तोष कार्की, इमरान शेख, तृत राज दास, शाहब आलम, नरेन साउद, दुर्गेश गुप्ता, आकाश चन्द, पवन कार्की, सुमित श्रेष्ठ

अफिसियल
चन्द्र साउद (प्रशिक्षक)
अनिल मण्डल (व्यवस्थापक)
रमेश भट्ट (फिजियो)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानले अपराजित रहँदै काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको फाईनलमा काजखस्तानलाई ३-१ सेटमा पराजित गर्दै इरान लगातार च्याम्पियन बनेको हो । इरानले पहिलो सेट २५-१८ ले जित्दै खेलमा अग्रता बनाएको थियो । काजखस्तानले दोस्रो सेट २५-१९ ले जितेर खेलमा पुनरागमन गरेको थियो । तेस्रो सेट इरानले २५-१५ ...
: एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको विदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरेको हो । सिंगापुरमा ३१ मेदेखि एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका सुरु हुँदैछ । छनोट प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, मलेसिया र ...
: काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गतको पहिलो सेमीफाइनलमा भारतलाई ३–० सोझो सेटमा हराउँदै काजकिस्तान फाइनल प्रवेश गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा काजकिस्तानले भारतलाई २५–२१, २५–१७, २५–१४ ले हराएको हो । समूह ‘ए’ को विजेताको रूपमा सेमीफाइनल खेलेको भारत समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनल खेलेको ...
— जियान फिलिपे मेटाटेले गरेको एक माक्र गोलको मदतले त्रिस्टल प्यालेसले रायो भालेकानोलाई १–० ले पराजित गर्दै बुधबार यूईएफए कन्फ्रेन्स लिगको उपाधि जितेको छ । जर्मनको लाइपजिगमा भएको खेलमा मेटाटेले ५१ औं मिनेटमा गोल गरे । इंग्लिस प्रिमियर लिग क्लब प्यालेसले युरोपेली उपाधि जितेको यो पहिलो पटक हो । यस उपाधिसँगै प्रशिक्षक ओलिभर ग्लासनेरले क्लबबाट पनि ...
— कप्तान इन्दु बर्माले अविजित ४२ रन बनाएपछि नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनोटमा बिहीबार इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको छ । लगातार दोस्रो खेल जितेपछि नेपाल समूह ‘बी’ को विजेता बनेको छ । नेपालले सेमिफाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ । अर्को सेमिफाइनल समूह ‘ए’ को विजेता थाइल्यान्ड र चीनबीच हुनेछ । शीर्ष ...