मुख्य समाचार
गुठीसम्बन्धी संशोधन विधेयक सदनमा पेस गर्न सरकारलाई निर्देशन
गुठीसम्बन्धी संशोधन विधेयक सदनमा पेस गर्न सरकारलाई निर्देशन

: राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले गुठी ऐनसम्बन्धी संशोधन विधेयक छिट्टै सदनमा पेस गर्न सरकारलाई निर्देशन दिएको छ।


सिंहदरबारमा बुधबार बसेको समिति बैठकले देशभरका गुठीसम्बन्धी समस्या समाधान गर्नका लागि गुठी ऐनसम्बन्धी संशोधन वा नयाँ विधेयक छिट्टै संसदमा पेस गर्न भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति सोनाम गेल्जेन शेर्पाले जानकारी दिए।

धार्मिक आस्थाका केन्द्रहरू आर्थिक रूपमा केन्द्रित भएपछि केही स्थानमा द्वन्द्व सुरु भएकाले यसलाई गुठीहरूले नै मत्थर पार्ने वातावरण बनाउनुपर्ने उनले बताए। उनले धार्मिक क्षेत्रको सम्पत्ति भएका स्थानमा गुठीसम्बन्धी विवाद रहेकाले यसलाई दीर्घकालीन रूपमा नै समाधान गर्ने गरी कानुन बनाउनुपर्नेमा जोड दिए।


बैठकमा भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गुठीका सबै संरचनालाई खोजी गरेर व्यवस्थित गर्न खोजिएको तर जनशक्तिको अभावले समस्या भएको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— चुरे क्षेत्रसँग जोडिएको ब्रह्मदेव करिडोर तथा आसपास क्षेत्रमा क्यामेरा ट्र्यापिङ विधिबाट बाघ र बाघको आहारा प्रजातिको अनुगमन थालिएको छ । करिडोरमा पर्ने वेदकोट नगरपालिकाको छेला सबडिभिजन वन क्षेत्रमा एक जोडी स्वचालित क्यामेरा जडान गरेर शुक्रबार गणनाको शुभारम्भ गरिएको छ । बाघ अनुगमनका लागि महाकाली नदी किनारदेखि लालझाडी मोहोना संरक्षित क्षेत्रसम्म कञ्चनपुर र डडेलधुराको वन क्षेत्रमा स्वचालित क्यामेरा ...
— तराईमा चिसो बढेपछि कपिलवस्तुका ६ स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । आइतबारदेखि स्थानीय तहमा संचालित सामुदायिक, संस्थागत र धार्मिक विद्यालयमा बिदा दिइएको हो । कपिलवस्तु र शिवराज नगरपालिकाले पुस २१ देखि माघ ४ गतेसम्म बिदा दिएका छन् भने शुद्धोधन गाउँपालिकाले पुस २१ गते पुस २९ गतेसम्म र मायादेवी गाउँपालिकाले पुस २१ देखि माघ ८ ...
— पक्की पुलको डिजाइनमा नै त्रुटि भेटिएपछि पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको तुरिया खोलामा निमार्णाधीन पुल अलपत्र परेको छ । लुम्बिनी प्रदेश सरकारको लगानीमा २०७७ सालबाट निर्माण थालिएको पुल २०७९ सालमा निर्माण सम्पन्न हुनुपर्ने हो । ८ करोड ७९ लाखमा एमएस सगुन ओम इन्फ्राटेक जेभी बुटवलले ठेक्का लिएको पुल निमार्णका क्रममा खोलाको सतह र पुलको डिजाइन नमिलेपछि ...
— सन् २०२४ मा मनास्लु क्षेत्रमा १० हजार ६ सय ५ विदेशी पर्यटकले भ्रमण गरेका छन् । अघिल्ला वर्षको तुलनामा यस वर्ष मनास्लु क्षेत्र घुम्ने विदेशीको संख्या बढेको मनास्लु संरक्षण क्षेत्र (एमक्याप) ले जनाएको छ । निषेधित क्षेत्रका रूपमा रहेको मनास्लुलाई सरकारले सन् १९९५ देखि मात्रै भ्रमणका लागि खुला गरेको थियो । तर त्यसयता बर्सेनि पर्यटक बढिरहेका छन् । सुरुको वर्ष ...
मानसिक सन्तुलन गुमाएकी एक महिलालाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको छ । ती महिला घरमा एक्लै भएको मौका छोपी एक व्यक्तिले जबरजस्ती करणी गरेको र हाल महिलाको छ महिनाको गर्भ रहेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार केपिलासगढी गाउँपालिका–१ फेदीका ३९ वर्षीय एककुमार राईले जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको छ । राईविरुद्ध ...