मुख्य समाचार
परिणाममुखी काम गर्न मुलुकभरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलाई निर्देशन
परिणाममुखी काम गर्न मुलुकभरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलाई निर्देशन

: गृहमन्त्री रमेश लेखकले सिमितस्रोत र साधनका बीच परिणाममुखी काम गर्न मुलुकभरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन्।


गृह मन्त्रालयले शुक्रबार आयोजना गरेको जिल्ला सुरक्षा समितिसितको भर्जुअल बैठकमा बोल्दै गृहमन्त्री लेखकले लागुऔषध नियन्त्रण,आत्महत्या न्यूनीकरण तथा सवारी दुर्घटना न्युनीकरण चुनौतीका रुपमा रहेको बताउँदै सिमितस्रोत साधनका बीच पनि गम्भीर भएर काम गर्न निर्देशन दिएका हुन्।

'अहिले चुनौतीका रुपमा देखा परेका तीनवटै विषय एक–अर्कासित सम्बन्धित छन् ,'उनले भने,'त्यसको न्यूनीकरणका लागि प्रदेश र स्थानीय तहसित पनि समन्वय गरेर लाग्नुहोस् ।' सीमामा हुने अपराध, चोरीशिकारी नियन्त्रण, भ्रष्टाचार न्युनीकरण र आर्थिक अनियमिततामा शून्य सहनसिलताको नीति अप्नाउन आग्रह समेत गरे।

मन्त्रालयले कानुनी,नीतिगत र संरचनात्मक सुधारका कामहरू अगाडि बढाएको बताउँदै मन्त्री लेखकले सोही अनुसार कामको गुणस्तर बढाएर जानुपर्नेमा जोड दिए। 'शान्ति सुरक्षाको गम्भीर जिम्मेवारी हामीसित छ,'उनले भने,'विकास, स्मृद्धि र लोकतन्त्रको दीर्घ जीवनका लागि शान्ति सुरक्षा हुनैपर्छ ।'

त्यसैगरी गृहसचिब गोकर्णमणि दुवाडीले नतिजा देखिनेगरी काम गर्न निर्देशन दिए। उनले सेवाप्रवाह प्रभावकारी बनाउन जोड दिँदै गुनासोरहित सेवाप्रवाहमा ध्यान दिन जोड दिए। त्यसैगरी विपद् व्यवस्थापनका लागि पूर्वतयारी प्रभावकारी बनाउन गृहसचिब दुगाडीले निर्देशन दिए।

'सार्वजनिक सम्पतीको संरक्षण र अतिक्रमण हटाउने विषयमा पनि जोड दिएर लाग्नुहोस् सचिब दुवाडीले भने,'जिम्मेवारी र दायरामा रहेर काम गर्नुपर्छ ।' भर्चुअल बैठकमा सुरक्षा निकायका प्रमुख, गृहमन्त्रालयको विभिन्न महाशाखाका प्रमुख र देशभरका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— पक्की पुलको डिजाइनमा नै त्रुटि भेटिएपछि पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको तुरिया खोलामा निमार्णाधीन पुल अलपत्र परेको छ । लुम्बिनी प्रदेश सरकारको लगानीमा २०७७ सालबाट निर्माण थालिएको पुल २०७९ सालमा निर्माण सम्पन्न हुनुपर्ने हो । ८ करोड ७९ लाखमा एमएस सगुन ओम इन्फ्राटेक जेभी बुटवलले ठेक्का लिएको पुल निमार्णका क्रममा खोलाको सतह र पुलको डिजाइन नमिलेपछि ...
— सन् २०२४ मा मनास्लु क्षेत्रमा १० हजार ६ सय ५ विदेशी पर्यटकले भ्रमण गरेका छन् । अघिल्ला वर्षको तुलनामा यस वर्ष मनास्लु क्षेत्र घुम्ने विदेशीको संख्या बढेको मनास्लु संरक्षण क्षेत्र (एमक्याप) ले जनाएको छ । निषेधित क्षेत्रका रूपमा रहेको मनास्लुलाई सरकारले सन् १९९५ देखि मात्रै भ्रमणका लागि खुला गरेको थियो । तर त्यसयता बर्सेनि पर्यटक बढिरहेका छन् । सुरुको वर्ष ...
मानसिक सन्तुलन गुमाएकी एक महिलालाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको छ । ती महिला घरमा एक्लै भएको मौका छोपी एक व्यक्तिले जबरजस्ती करणी गरेको र हाल महिलाको छ महिनाको गर्भ रहेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार केपिलासगढी गाउँपालिका–१ फेदीका ३९ वर्षीय एककुमार राईले जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको छ । राईविरुद्ध ...
— नेकपा मा‌ओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पनि सहभागी भएका छन् । उनी बैठकस्थलको मञ्चको अग्रपंक्तिको पहिलो लहरमा छन् । उनीसँगै अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्नि सापकोटा र पम्फा भुसाल रहेका छन् । मञ्चको दोस्रो लहरमा भने उपमहासचिवहरू वर्षमान पुन, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, शक्ति बस्नेतलगायत छन् । माओवादीमा ...
— उच्च अदालतले रिट खारेज गर्दा पनि कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारण लाइनको अवरोध कायमै छ । स्थानीयले अवरोध जारी राखेपछि बाँकेको बानियाभारमा ३ वटा टावरको काम अघि बढ्न सकेको छैन । बाँकेको वैजनाथ गाउँपालिकास्थित बानियाभारमा ३ र गाभरमा १२ वटा टावर निमार्ण गनुपर्ने थियो । गाभरको विवाद समाधान भएर पनि टावरको मुआब्जा निर्धारणको काम भइसकेको ...