मुख्य समाचार
कञ्चनपुरको दोदा नदी पुल निर्माण
कञ्चनपुरको दोदा नदी पुल निर्माण

। जिल्लाको देखतभूली पर्सिया सडकखण्डअन्तर्गतको दोदा नदीमा पक्की पुल निर्माणकार्यले गति लिएको छ । ठेक्का सम्झौता भएको नौ वर्षपछि पुल निर्माणकार्य अगाडि बढेको छ ।

विसं २०७२ पुस २६ गते लुम्बिनी–राजेन्द्र–कुमार–श्रेष्ठ जेभीसँग पुल निर्माणका लागि रू २४ करोड २२ लाख ५७ हजारमा ठेक्का सम्झौता भएको थियो ।




ठेक्का सम्झौताअनुसार निर्माण व्यवसायीले कार्य गर्न नसक्दा पुल निर्माणको काम अलपत्र परेको थियो । पुलका तीनवटा पिलर खडा गरे पनि ‘पाइल टेष्ट’मा फेल हुँदा काम अगाडि बढ्न सकेको थिएन । ‘त्यही अवस्थामा पुल निर्माणको काम अगाडि बढाउन सकिने अवस्था थिएन’, सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी हरिशप्रसाद जोशीले भने ‘मर्मत गर्न सकिने अवस्था पनि भएन, पुलको डिजाइन नै रिभ्यू गरेर निर्माण अहिले अगाडि बढाएका छौँ ।’

लागत नबढ्नेगरी पुलका पिलरको फाउन्डेसनको ‘डायमिटर’ बढाएर कार्य अगाडि बढाइएको उनको भनाइ छ ।



पहिलेको डिजाइनअनुसार पुलको डायमिटर ८० सेन्टिमिटर थियो भने अहिले बढाएर एक सय २० सेन्टिमिटर राखिएको छ । पुलको भौतिक प्रगति ५० प्रतिशत पुगेको छ ।

विसं २०८२ माघ २० गतेसम्म पुल निर्माण पूरा गरिसक्ने गरी म्याद थप गरिएको छ । पुलको लम्बाइ दुई सय ११ मिटर रहेको छ भने चौडाइ ११ मिटर छ ।



ठेक्का सम्झौताअनुसार जेभीमा आबद्ध राजेन्द्र निर्माण सेवाले काम गर्न नसकेपछि अहिले जेभी पार्टनर कुमार श्रेष्ठले कार्य गरिरहेको छ । पुल निर्माणका लागि पहिला दिएको भुक्तानी रू १२ करोड बैंक धरौटीबाट असुलउपर गरिएको छ ।

निर्माण कम्पनीले रू १० करोड जतिको कार्य पूरा गरेको सूचना अधिकारी जोशीले बताए ।

निर्माणअनुसार पहिलो ‘रनिङ बिल’को भुक्तानी दिन काम अगाडि बढाइएको छ । बजेट अभावले भुक्तानी दिन ढिलाइ भइरहेको उनको भनाइ छ ।

लालझाडी गाउँपालिका र शुक्लाफाँटा नगरपालिकाका बासिन्दाले हिउँदयाममा नदीमा अस्थायी राखिने काठको पुलमा शुःल्क तिरेर तर्दै आएका छन् । वर्षात्का बेला बाढीमा नदी जोखिम मोलेर तर्नुपर्ने स्थानीय बासिन्दाको बाध्यता छ ।



पुल निर्माणले गति लिएपछि विगतको जोखिम मोलेर र शुःल्क तिरेर नदी तर्नुपर्ने अवस्थाको अन्त्य हुने शुक्लाफाँटा नगरपालिका–१२ का वडाध्यक्ष नवलसिंह रानाको विश्वास छ । ‘पुल निर्माण बीचमा छाडेर निर्माण व्यवसायी बेखबर भएपछि पुल बन्ने आश छाडेका थियौं’ उनले भने, ‘अहिले पुल निर्माणको कार्य द्र तगतिमा अगाडि बढेकाले बन्ने आशा पलाएको छ, वर्षौैँदेखिको नदीमा जोखिम मालेर तर्नुपर्ने अवस्था अन्त्य हुने विश्वास छ ।’

शिक्षक गेंदुराम राना पुल बनेपछि वर्षात्का बेला नदीमा बाढी आउँदा लालझाडी गाउँपालिकाका बासिन्दाको जिल्ला सदरमुकामसँगको सम्पर्कविच्छेद हुने समस्या सधैँका लागि हट्ने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बिहीबार रवि लामिछानेसहित ७ जनाविरुद्धको थुनछेकमा जाहेरवालकातर्फबाट कानुन व्यवसायीले बहस सकेका छन् । वरिष्ठ अधिवक्ताद्वय दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारी, अधिवक्ताहरू युवराज पराजुली, बेदबहादुर विष्ट, आरसी गौतम र हरि कट्टेलले सातजनालाई पुर्पक्षका लागि कारागार चलान गर्नुपर्ने माग गर्दै बहस गरे । बहसमा सहभागी अधिवक्ता पराजुलीका अनुसार कानुन व्यवसायीले सातजनालाई पुर्पक्षमा ...
— सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले स्वकीय सचिव ठगीमा संलग्न भएकोबारे जानकारी नरहेको भनेकोबारे राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आपत्ति जनाएका छन् । सहकारी ठगीमा संलग्न श्रीमती अञ्जला कोइराला र एमबीबीएसमा नाम निकालिदिने भन्दै एक व्यक्तिलाई ३८ लाख ८० हजार ठगी गर्ने स्वकीय अनिलकुमार पोखरेलका क्रियाकलापबारे आफूलाई थाहा नभएको जस्तो व्यवहार लेखा ...
— जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान विज्ञसहितको आयोग बनाएर संविधान संशोधन गर्नुपर्ने बताएका छन् । अवधि पत्रकार सङ्घ नेपालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधान विज्ञद्वारा प्राप्त सुझावका आधारमा सबैको सहमति र समन्वयबाट संविधान संशोधन गर्नुपर्ने उल्लेख गरे । अध्यक्ष यादवले समानुपातिक समावेशी प्रतिनिधित्वलाई खुम्च्याउने गरी संविधान संशोधन गर्न नहुने ...
— एउटा छेउमा देखिएको चरा एकैछिनमा कहाँ पुग्छ, पत्तै हुँदैन । चराको स्वभाव नै फुत्तफुत्त उड्ने चञ्चले हुन्छ । यतिबेला चिसो मौसम छल्न उच्च हिमाली भेगबाट उड्दै जलपन्छी तराई र पहाड झरेका छन् । यही मौकामा मुलुकभर जलपन्छीको गणना थालिएको छ । शनिबार सुरु भएको चरा गणनामा विशेष सीप र ज्ञान भएका ४ सयभन्दा बढी स्वयंसेवक, ...
— प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीको दैनिक कार्यसम्पादन चित्तबुझ्दो नभएको भन्दै असन्तुष्टि जनाएका छन् । सरकारका ५० भन्दा बढी सचिवलाई जावलाखेलस्थित स्टाफ कलेजमा शुक्रबार साँझ भेला गरेर उनले काममा अप्ठेरो परे सहजीकरण गर्न आफू तयार रहेको समेत बताएका छन् । कानुनी अड्चन देखाएर सुशासनका काममा अवरोध सिर्जना गर्न नहुनेमा ओलीले जोड दिएका थिए । ओलीले सल्लाहकार युवराज खतिवडा र ...