मुख्य समाचार
रोजगारका लागि क्यानडा पठाइदिने भनेर ठगी गर्ने व्यक्ति पक्राउ
रोजगारका लागि क्यानडा पठाइदिने भनेर ठगी गर्ने व्यक्ति पक्राउ

: वैदेशिक रोजगारका लागि क्यानडा पठाइदिने भनेर ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङको गंगाजमुना गाउँपालिका-६ घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका-१ रानिवन बस्ने ४६ वर्षीय कृष्ण बहादुर ढकाल रहेका छन्। उनले दुई जना युवतीलाई क्यानडा पठाइदिने भनेर ४ लाख रुपैयाँ लिएर फरार भएका थिए।


बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखेपश्चात विदेश नपठाई सम्पर्कविहीन भएपछि पीडितले उजुरी दिएका थिए। पीडितको उजुरीपश्चात काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई रानीवनबाट पक्राउ गरेका हो।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कर्णाली राजमार्गको जुम्ला–नाग्म ३२ किलोमिटर खण्डमा सडक मिचेर बनाइएका घरटहराले दुर्घटनाको जोखिम बढेको छ । जुम्ला खण्डमा रहेका उमगाड, तातोपानी, ऐरेनी, कुडारी, त्रिवेणी र रारालिहीमा सवारी दुर्घटनाको जोखिम छ। सडकमा संरचना बनेका र निर्माण सामग्री समेत राख्ने गरिँदा दुर्घटनाको जोखिम बढेको हो । सडक आसपासमा मनपरी रुपमा बनाएका घरटहरा तत्काल हटाउनुपर्ने स्थानीयले माग गर्दै आएका ...
— सार्वजनिक शिक्षा सुधारको माग राख्दै समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागार्इं एक सातादेखि माइतीघर मण्डलामा दिनभर उभिएर धर्नामा छन् । सात वटै प्रदेशको राजधानीमा २–२ दिन उभिएर धर्ना दिएपछि यही पुस १४ देखि माइतीघरमा उभिन थालेका हुन् । पुसको चिसोमा उनी सडकपेटीछेउ बिहान १० देखि साँझ ५ बजेसम्म उभिन्छन् । ‘दैनिक ७ घण्टा उभिँदा खुट्टा सुन्निन थालिसकेको छ । ...
— प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीले ‘भिजीबिलिटी’ कमजोर हुँदा आन्तरिक हवाई उडान प्रभावित भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) उडान भइरहे पनि काठमाडौँ बाहिरका अधिकांश विमानस्थलमा बिहान हवाई उडान हुनसकेको छैन । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार काठमाडौँ बाहिरका विमानस्थलमध्ये भद्रपुर, भरतपुर, पोखरा र सुर्खेतबाहेक ...
— चुरे क्षेत्रसँग जोडिएको ब्रह्मदेव करिडोर तथा आसपास क्षेत्रमा क्यामेरा ट्र्यापिङ विधिबाट बाघ र बाघको आहारा प्रजातिको अनुगमन थालिएको छ । करिडोरमा पर्ने वेदकोट नगरपालिकाको छेला सबडिभिजन वन क्षेत्रमा एक जोडी स्वचालित क्यामेरा जडान गरेर शुक्रबार गणनाको शुभारम्भ गरिएको छ । बाघ अनुगमनका लागि महाकाली नदी किनारदेखि लालझाडी मोहोना संरक्षित क्षेत्रसम्म कञ्चनपुर र डडेलधुराको वन क्षेत्रमा स्वचालित क्यामेरा ...
— तराईमा चिसो बढेपछि कपिलवस्तुका ६ स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । आइतबारदेखि स्थानीय तहमा संचालित सामुदायिक, संस्थागत र धार्मिक विद्यालयमा बिदा दिइएको हो । कपिलवस्तु र शिवराज नगरपालिकाले पुस २१ देखि माघ ४ गतेसम्म बिदा दिएका छन् भने शुद्धोधन गाउँपालिकाले पुस २१ गते पुस २९ गतेसम्म र मायादेवी गाउँपालिकाले पुस २१ देखि माघ ८ ...