मुख्य समाचार
केन्द्रीय नेताहरूको सहभागितामा माओवादीले जनता केन्द्रित अभियान सञ्चालन गर्ने
केन्द्रीय नेताहरूको सहभागितामा माओवादीले जनता केन्द्रित अभियान सञ्चालन गर्ने

: नेकपा माओवादी केन्द्रले संघीय संसदको अधिवेशन आह्वान नभए सरकारलाई दबाब दिने बताएको छ। पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारले नियतबस संघीय संसदको अधिवेशन आह्वान नगरेको भन्दै संसदमा रहेका सवै दलसंग छलफल गरेर दबाब सिर्जना गर्ने बताए।


बैठकमा ३० जना स्थायी कमिटी सदस्यले अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मौखिकरूपमा राखेको राजनीतिक प्रतिवेदनमाथि धारणा राखेको प्रवक्ता सापकोटाले बताए। उनीहरूले समसामयिक परिस्थिति, पार्टी रुपान्तरण, अहिलेको सरकारको क्रियाकलापका बारेमा, संविधान संशोधनाका बारेमा धारणा राखेको उनले बताए। समाजवादी विचारधारको विकासका लागि, सबै पालिकाहरूमा समाजवादका आधारशीला खडा गर्ने गरी तयारी गर्नुपर्ने नेताहरूले जोड गरेको सापकोटाको भनाइ छ।

बैठकमा अध्यक्ष प्रचण्डले देशका सबै तहका जनतामाझ पुगेर समस्या बुझ्ने गरी विभिन्न अभियान सञ्चालन गर्ने र त्यसमा अध्यक्षसहित सबै केन्द्रीय नेताहरू सहभागी हुने बताएका थिए। स्थायी कमिटी बैठक शनिबार पनि बस्ने प्रवक्ता सापकोटाले बताए। पुस २१ गतेदेखि सुरु हुने केन्द्रीय कमिटीको तयारीका लागि माओवादीको स्थायी कमिटीको बैठक निरन्तर बसिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बिहीबार रवि लामिछानेसहित ७ जनाविरुद्धको थुनछेकमा जाहेरवालकातर्फबाट कानुन व्यवसायीले बहस सकेका छन् । वरिष्ठ अधिवक्ताद्वय दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारी, अधिवक्ताहरू युवराज पराजुली, बेदबहादुर विष्ट, आरसी गौतम र हरि कट्टेलले सातजनालाई पुर्पक्षका लागि कारागार चलान गर्नुपर्ने माग गर्दै बहस गरे । बहसमा सहभागी अधिवक्ता पराजुलीका अनुसार कानुन व्यवसायीले सातजनालाई पुर्पक्षमा ...
— सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले स्वकीय सचिव ठगीमा संलग्न भएकोबारे जानकारी नरहेको भनेकोबारे राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आपत्ति जनाएका छन् । सहकारी ठगीमा संलग्न श्रीमती अञ्जला कोइराला र एमबीबीएसमा नाम निकालिदिने भन्दै एक व्यक्तिलाई ३८ लाख ८० हजार ठगी गर्ने स्वकीय अनिलकुमार पोखरेलका क्रियाकलापबारे आफूलाई थाहा नभएको जस्तो व्यवहार लेखा ...
— जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान विज्ञसहितको आयोग बनाएर संविधान संशोधन गर्नुपर्ने बताएका छन् । अवधि पत्रकार सङ्घ नेपालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधान विज्ञद्वारा प्राप्त सुझावका आधारमा सबैको सहमति र समन्वयबाट संविधान संशोधन गर्नुपर्ने उल्लेख गरे । अध्यक्ष यादवले समानुपातिक समावेशी प्रतिनिधित्वलाई खुम्च्याउने गरी संविधान संशोधन गर्न नहुने ...
— एउटा छेउमा देखिएको चरा एकैछिनमा कहाँ पुग्छ, पत्तै हुँदैन । चराको स्वभाव नै फुत्तफुत्त उड्ने चञ्चले हुन्छ । यतिबेला चिसो मौसम छल्न उच्च हिमाली भेगबाट उड्दै जलपन्छी तराई र पहाड झरेका छन् । यही मौकामा मुलुकभर जलपन्छीको गणना थालिएको छ । शनिबार सुरु भएको चरा गणनामा विशेष सीप र ज्ञान भएका ४ सयभन्दा बढी स्वयंसेवक, ...
— प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीको दैनिक कार्यसम्पादन चित्तबुझ्दो नभएको भन्दै असन्तुष्टि जनाएका छन् । सरकारका ५० भन्दा बढी सचिवलाई जावलाखेलस्थित स्टाफ कलेजमा शुक्रबार साँझ भेला गरेर उनले काममा अप्ठेरो परे सहजीकरण गर्न आफू तयार रहेको समेत बताएका छन् । कानुनी अड्चन देखाएर सुशासनका काममा अवरोध सिर्जना गर्न नहुनेमा ओलीले जोड दिएका थिए । ओलीले सल्लाहकार युवराज खतिवडा र ...