मुख्य समाचार
मन्त्री दाहालले सरकारको मर्म झल्कने गरी काम गर्न कर्मचारीहरूलाई निर्देशन
मन्त्री दाहालले सरकारको मर्म झल्कने गरी काम गर्न कर्मचारीहरूलाई निर्देशन

: भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सरकारको मर्म झल्कने गरी काम गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन्।


सडक विभागले आज पोखरामा आयोजना गरेको आयोजना सञ्चालन तथा व्यवस्थापन सम्बन्धी दुई दिने कार्यशालाको समापनका अवसरमा उनले विकास निर्माणलाई तीव्रता दिई आर्थिक समृद्धिको लक्ष्य हासिल गर्नुपर्ने भएकाले सोही ढंगबाट काम गर्न निर्देशन दिएका हुन्।

रुग्ण आयोजनाहरूको व्यवस्थापन गर्दै नयाँ आयोजनाहरूलाई गति दिने गरी कार्यक्षेत्रमा खटिन उनले आग्रह गरे। असल नियतले कार्यसम्पादन गर्दा कुनै पनि निकायबाट कारबाहीमा परिन्छ कि भन्ने डर नमानि काम गर्न र नीतिगत समस्याहरू भए मन्त्रालयले सहजीकरण गर्ने उनले प्रतिबद्धता जनाए।


नेपाल अझै पनि निर्माणकै चरणमा रहेकाले अब बन्ने र बनिरहेका संरचनाहरूलाई दिगो र सुरक्षित बनाउनेतर्फ ध्यान दिन समेत उनले आग्रह गरे। आयोजनाहरूलाई आवश्यकता र उपयोगिताका आधारमा प्राथमिकता दिइनुपर्ने भन्दै मन्त्री दाहालले संख्यात्मक रूपमा मात्र नभई गुणात्मक रूपमा निर्माण कार्यमा जोड दिनुपर्ने बताए। कुनै पनि आयोजना लामो समय सम्म अलपत्र रहने अवस्थाको अन्त्य गर्न भन्दै उनले योजना, आयोजना अलपत्र पारिने प्रवृतिको अन्त्य गर्न मन्त्रालयले प्राथमिकता दिएको उल्लेख गरे।

यसैगरी १७ बुँदे प्रतिबद्धता तथा निर्देशन जारी गर्दै कार्यशाला समापन भएको छ। बढीभन्दा बढी समय कार्यक्षेत्रमा खटिन, अभिलेख प्रणाली व्यवस्थित बनाउन, कार्यसम्पादन विवरण नियमित रूपमा सडक विभागमा पठाउन लगायतका विषयहरू समेटिएको छ।

रुग्ण आयोजना व्यवस्थापनको कामलाई गति दिन, सञ्चालित आयोजनाहरूको नियमित नियमन गर्न लगायतका विषयहरू समेत त्यसमा रहेका छन्। उक्त १७ बुँदे प्रतिबद्धता तथा निर्देशनको प्रभावकारी कार्यान्वयन गर्न समेत मन्त्री दाहालले आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कोरिया अन्तर्राष्टिय सहयोग नियोग (कोइका) र गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयबीच गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार विकास सम्बन्धी सम्झौता पत्रमा शुक्रबार हस्ताक्षर भएको छ। मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डे र कोइका नेपाल कार्यालयका देशीय निर्देशक मुहुन कङले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे । कोरियाली सरकारमार्फत कोइकाले यो परियोजनाका लागि ९ मिलियन अमेरिकी डलर (१ ...
— पूर्वी रोल्पाको सुनछहरी-६ फगाममा बोलेरो जिप दुर्घटना हुँदा एक जना यात्रुको ज्यान गएको छ। जिप सडकबाट ५० मिटर तल खस्दा चालकसहित ४ जना घाइते छन्। प्रहरीका अनुसार लु १ ज ४८८९ नम्बरको जिप सुलिचौर स्थित रुइनीबाङ देखि फगाम जाने भित्री कच्ची सडक खण्डको धुम्सीनजिकै दुर्घटनामा परेको हो। दुर्घटनामा परेर सुनछहरी-६ फगामकी ५७ वर्षीया गौरा ...
— रुसी राष्ट्रपति बोरिस यल्तसिनले सन् १९९९ डिसेम्बर ३१ मा अप्रत्यासित घोषणा गर्दै भनेका थिए, 'जब देशमा लगभग सबै नागरिकले भविष्य देखेको राष्ट्रपति हुन सक्ने बलियो नेता छ भने म किन थप ६ महिना सत्तामा टाँसिइरहने ? येल्तसिनले सोभियत संघको विघटनबाट आमरुसी जनतामा परेको पीडा स्वीकार्दै भनेका थिए, 'उनको बाटोमा म किन उभिइरहनू ?' यल्तसिनले त्यतिबेला ...
— नुवाकोटको विदुर नगरपालिका–२ स्थित शेरा दरबार र त्यसले चर्चेको जग्गाका विषयमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा प्रश्न उठेको छ । समितिको बिहीबार भएको बैठकमा सांसदहरूले उक्त जग्गाको विवादका सम्बन्धमा गृहमन्त्री रमेश लेखकलाई प्रश्न गरेका हुन् । उनीहरूले शेरा दरबारको जग्गासँगै जग्गा अनियमिताका अन्य घटनामा छानबिन गर्नुपर्ने मागसमेत राखेका छन् । शेरा दरबार क्षेत्रको स्वामित्वकर्ता कम्पनीमा कुनै बेला राजपरिवारका ...
— नेपालमा आत्महत्या गर्ने दर निरन्तर बढ्दो छ । आर्थिक वर्ष २०७८/०७९ देखि गत कात्तिकसम्म २३ हजार २ सय ७५जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा महिलाको तुलनामा पुरुषको संख्या बढी देखिएको छ । बालकको तुलनामा भने आत्महत्या गर्नेमा बालिकाको संख्या बढी छ । कात्तिकसम्म ७ हजार ५ सय ६५ महिला, १३ हजार ४० पुरुष र ...