मुख्य समाचार
स्वास्थ्य बीमा सुधार कार्यदलले स्वास्थ्यमन्त्रीलाई बुझायो प्रतिवेदन
स्वास्थ्य बीमा सुधार कार्यदलले स्वास्थ्यमन्त्रीलाई बुझायो प्रतिवेदन

: स्वास्थ्य बिमा क्षेत्र सुधारका लागि सुझाव दिन गठित स्वास्थ्य बीमा सुधार कार्यदलले स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई प्रतिवेदन बुझाएको छ ।शुक्रबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच कार्यदलले आफ्नो प्रतिवेदन मन्त्री पौडेललाई हस्तान्तरण गरेको हो ।


प्रतिवेदनमा स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन वर्तमान अवस्थाको समीक्षा गर्दै भविष्यमा गर्नुपर्ने सुधारका कामहरू समावेश गरिएको छ । प्रतिवेदन बुझ्दै मन्त्री पौडेलले विद्यमान विमा व्यवस्थाले केहि राहत भएपनि पूर्ण नभएकाले यसलाई व्यवस्थित गर्दै अघि बढ्नका लागि थप अध्ययन गरिएको बताए।

पौडेलले प्रतिवेदनका सुझावहरूलाई कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे। नागरिकलाई सहज हुने गरि बीमाको दायरा बढाउने गरि मन्त्रालयले तयारी गरिरहेको उनले बताए। मन्त्री पौडेलले स्वास्थ्य बीमा ५ लाखसम्म पुराउनका लागि स्रोत सुनिश्चितताको विषयका बारेमा पनि अध्ययन गरिएको जिकिर गरे।


स्वास्थ्य बीमालाई प्रभावकारी रुपमा अघि बढाउनका लागि मन्त्री पौडेलले यहि असोज ९ गते वरिष्ठ जनस्वास्थ्य विज्ञ डा.शम्भुप्रसाद आचार्यको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मुलुककै ठूलो तरकारी तथा फलफूल बजार कालीमाटी तरकारी बजारमा भित्रिएको रायो सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । भक्तपुर मध्यपुर थिमि नगरपालिकाबाट बिक्रीका लागि शुक्रबार कालीमाटी बजार ल्याइएको रायो सागमा ५५.७२३२ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । केन्द्रीय कृषि प्रयोगशालाले शुक्रबार कालीमाटी तरकारी बजारका १३ पसलको १३ ...
। स्वास्थ्य क्षेत्रमा ९७७ स्थायी दरबन्दी थप गर्ने प्रस्ताव अर्थ मन्त्रालयबाट स्वीकृत भएको छ । स्वास्थ्य मन्त्री निशा महेताको सचिवालयका अनुसार ९७७ नयाँ स्थायी प्राविधिक तथा विशेषज्ञको दरबन्दी थप्ने प्रस्ताव अर्थ मन्त्रालयबाट बुधबार स्वीकृत भएको हो । ‘स्वास्थ्य मन्त्रालयले लगेका दरबन्दीको प्रस्तावलाई बुधबार अर्थ मन्त्रालयले स्वीकृति दिएको छ,’ एक सचिवालय सदस्यले भने, ‘ अहिले स्वास्थ्यमा अति आवश्यक ...
। नोबेल मेडिकल कलेज विराटनगरमा शल्यक्रिया गरिएका बिरामीको मृत्यु भएको छ । विरामीको मृत्यु भएपछि आफन्तले प्रदर्शन गरेका छन् । मृगौलाको पत्थरीको शल्यक्रिया गराएका मोरङ कानेपोखरी गाउँपालिका–६ का ५४ वर्षीय नेत्रप्रसाद भण्डारीको मृत्यु भएपछि आफन्तले प्रदर्शन गरेका हुन् । भण्डारीलाई मृगौलामा पत्थरी भएपछि उपचारका लागि वैशाख १७ गते अस्पताल भर्ना गरिएको थियो । उनको सोही दिन उनको दुरबिन ...
। जनकपुरधामस्थित कृष्णा मेडिकल एन्ड टेक्निकल रिसर्च सेन्टर अस्पतालमा शल्यक्रियापछि एक महिलाको मृत्यु भएको घटना एक लाख रुपैयाँमा मिलापत्र गरिएको छ । वैशाख १६ गते पित्तथैलीको शल्यक्रिया गराएकी महोत्तरीको बलवा नगरपालिका–१ बञ्चौरीकी ३६ वर्षीया रागनीदेवी पासवानको शुक्रबार बिहान मृत्यु भएको थियो । मृतक परिवारका अनुसार शल्यक्रियावापत बुझाएको ८० हजार रुपैयाँ फिर्ता गर्नुका साथै एक लाख रुपैयाँ ...
। जनकपुरधामको निजी अस्पतालमा शल्यक्रिया गरेका एक बिरामीको मृत्यु भएपछि बिरामीका आफन्तहरू आन्दोलनमा उत्रिएका छन् । कृष्णा मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टर हस्पिटलमा महोत्तरीको बलवा नगरपालिका १ बञ्चौरीका ३६ वर्षीया रागनी देवी पासवानको मृत्यु भएको हो । १६ गते साँझ पित्त थैलीमा रहेको पत्थरीको शल्यक्रिया गरिएको उनको शुक्रबार बिहान ३ बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ ...