मुख्य समाचार
निर्माणमा प्रयोग हुने सवारी प्रदूषण जाँच गराउन डंगोलको निर्देशन
निर्माणमा प्रयोग हुने सवारी प्रदूषण जाँच गराउन डंगोलको निर्देशन

। काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले पूर्वाधार निर्माण कार्यमा प्रयोग हुने सवारीसाधनहरूको प्रदूषण जाँच गराउन निर्देशन दिएकी छन् ।

चावहिल गणेशस्थान मार्गको कालोपत्रे गर्न प्रयोग गरिएका सवारीसाधनले धुवाँ फालेको देखेपछि उनले यस्तो निर्देशन दिएकी हुन् ।


‘तपाईंहरूले निर्माण कार्यमा प्रयोग गर्नुभएका सवारीसाधन प्रदूषण जाँच गराउन लैजानुहोला । हरियो स्टिकर भएका सवारीसाधन मात्र निर्माण कार्यमा प्रयोग गर्नुहोला,’ उनले भनिन् ।

पूर्वाधार सुधार गरेर काठमाडौँलाई धुलोरहित सहर बनाउने महानगरको ‘धुलोरहित सडक’ कार्यक्रम अहिले लागु छ । यो ३ वर्षसम्म सञ्चालन हुने बहुवर्षिय योजना हो । यसका लागि हरेक वर्ष करिब १ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।


बिहीबार योजना अनुगमनका क्रममा उनले सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी र विभागका प्रमुख सुरज शाक्यसँग प्राविधिक पक्ष र स्थानीयबासीसँग सामाजिक प्रभावबारे जानकारी लिएकी थिइन् ।

उपप्रमुख डंगोलले सडक कालोपत्रे गर्न प्रयोग गरिएको बिटुमिनको मात्रा तथा गुणस्तर, कालोपत्रको मोटाइ, कम्प्याक्सन (खँदिलोपना), निर्माण सामग्रीको मिश्रण, तापक्रम मापनबारे अवलोकन गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च तापमानका कारण हिमालमा हिउँ पग्लन थालेको भन्दै जलवायु न्यायका लागि आफू नेतृत्वको सरकारले अन्तर्राष्ट्रिय समुदायमा मुद्दा उठाएको बताएका छन् । लुक्लामुनि सुर्केसम्म पुगेको ङिमदोर्जी शेर्पा पर्यटन सडक उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विश्वलाई शितल प्रदान गर्ने अग्ला हिमाल कालापत्थर हुनु दुखद् भएको भन्दै विकसित देशहरु संवेदनशील हुनु पर्ने धारणा राखे । ...
— नेपालको सबैभन्दा ठूलो रारा तालको संरक्षणका लागि सरकारले ४९ वर्षअघि रारा राष्ट्रिय निकुञ्ज स्थापना गर्‍यो । २०३२ सालमा सरकारले छाप्रु बस्तीलाई हटाएर निकुञ्जको घोषणा गरेको थियो । निकुञ्ज स्थापनापछि त्यहाँबाट झन्डै ४ सय ५० परिवार बाँके र बर्दियामा विस्थापित भए । अहिले मध्यवर्ती क्षेत्रमा १० वटा इकाई समितिमा झन्डै ४४ सय १ परिवार आबद्ध छन् ...
— वाग्मती प्रदेश सरकारले असोज ११ र १२ गतेको विपद्बाट क्षति पुगेको सडक तथा पूर्वाधार पुनर्निर्माणका लागि आवश्यक बजेट निकासा गर्ने भएको छ । प्रदेश सरकारको शुक्रबार बिहान हेटौंडामा बसेको मन्त्रिपरिषद्को बैठकले विपद् प्रभावित सडक तथा पूर्वाधार पुनर्निर्माण गर्न १५ करोड २५ लाख रुपैयाँ तत्काल उपलब्ध गराउने निर्णय गरेको छ । विपद् प्रभावित हेटौंडा–काठमाडौं जोड्ने छोटो ...
— नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सबैभन्दा पहिले राजनीतिक तहमा स्वच्छता कायम हुन जरुरी रहेको बताएका छन् । सरकार र प्रतिपक्षी दलहरूबीच संवाद रोकिएको पनि दाहालले बताए । नेपाल राष्ट्रिय व्यवसायी महासंघको सातौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै दाहालले देशको स्थिति गम्भीर र जटिल अवस्थामा रहेको बताए । ‘मुलुकको स्थिति अलिकति गम्भीर र जटिल ...
— बुटवलमा प्रधान कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंकको अध्यक्षमा पुनः थानेश्वर पौडेल निर्वाचित भएका छन् । बैंकको शुक्रबार सम्पन्न १६ औं वार्षिक साधारणसभाले संस्थापक सेयरधनीबाट थानेश्वर पौडेल, इन्जिनियर सुरज उप्रेती, व्यवसायी वीरेन्द्र भुसाल तथा सर्वसाधारण सेयरधनीबाट वीरेन्द्र विष्ट, नम्रता भण्डारी र डा. हिमाल भट्टराईलाई सञ्चालकमा निर्वाचित गरेको हो । स्वतन्त्र सञ्चालकमा प्राध्यापक गोपाल पाण्डे ...