मुख्य समाचार
ठगीमा मुछिएपछि लेखा समितिका सभापति ऋषिकेशका स्वकीय सचिव पदबाट बर्खास्त
ठगीमा मुछिएपछि लेखा समितिका सभापति ऋषिकेशका स्वकीय सचिव पदबाट बर्खास्त

: सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेल पदबाट बर्खास्त भएका छन्। पोखरेल ठगी धन्दामा संलग्न रहेको विषय सार्वजनिक भएपछि सभापति पोखरेलले उनलाई स्वकीय सचिवको जिम्मेवारीबाट निष्काशन गरेका हुन्।


सभापति पोखरेलले शुक्रबार संघीय संसदको महासचिवलाई पत्र लेख्दै अनिललाई स्वकीय सचिवबाट निष्काशन गरेको जानकारी गराएका छन्।

सभापति पोखरेलले उनीमाथि लागेको आरोपको अनुसन्धानमा सहयोग गर्न स्वकीय सचिवको जिम्मेवारीबाट निष्काशन गरेको बताएका छन्। एमबीबीएसमा नाम निकालिदिने भन्दै लाखौं रकम लिएको आरोप उनीमाथि छ।


स्वकीय सचिव अनिलविरुद्ध पक्राउ पूर्जी जारी भइसकेको छ। उनलाई उच्च अदालत मोरङले पक्राउ गर्न प्रहरीलाई अनुमति दिइसकेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— भारतको बिहार सरकारमातहत रहेको कोशी योजनाले नेपालतर्फ लिजमा लिएको जग्गामध्ये करिब ६ सय बिघा जग्गाको मालपोत १२ वर्षदेखि नतिरेको पाइएको छ । कोशी ब्यारेजबाट पश्चिमी कोशी नहर हुँदै बिहारतर्फ सिँचाइका लागि पानी लगेको बिहार सरकार कोशी योजनाले पश्चिमी कोशी नहर गएको जग्गाको मालपोत नतिरेको हो । सम्पर्क तथा भुआर्जन कार्यालय विराटनगरका अमिन सिताराम साहका ...
— प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीको दैनिक कार्यसम्पादन शैली र सरकारको कामको ‘स्पिरिट’ चित्त बुझ्दो नभएको भन्दै असन्तुष्टि जनाएका छन् । प्रधानमन्त्री ओलीले सरकारका ५० भन्दा बढी सचिवहरूलाई जावलाखेलस्थित स्टाफ कलेजमा शुक्रबार साँझ भेला गरेर यस्तो असन्तुष्टि जनाएका हुन् । सचिवहरूले आफूले अह्राएको काम गर्न कानुनी अड्चन देखाएका कारण ‘स्पिरिट’ नमिलेको मन्त्रिपरिषद् बैठकमै गुनासो गर्न थालेपछि ...
— नेकपा एमालेबाट हालै निष्कासनमा परेका नेता भीम रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीको तीव्र आलोचना गरेका छन् । विराटनगरमा संचारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उनले भने,‘एमाले बामाले कम्पनी’मा परिणत भइसक्यो ।’ रावलले ओलीको नेतृत्वलाई ‘आलोचनात्मक विचारको दमन’ का रुपमा टिप्पणी गरेका थिए । एमालेको मूल विचार र सिद्धान्त (मार्क्सवाद–लेनिनवाद) समाप्त भइसकेको जिकिर उनको थियो ...
— कर्णाली प्रदेश सरकारले कर्णालीको दोस्रो आवधिक योजना स्वीकृत गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले कर्णालीको दोस्रो आवधिक योजना स्वीकृत गर्ने निर्णय गरेको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री एवम् सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिए । प्रवक्ता शाहका अनुसार बैठकले कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पाँचौँ अधिवेशन आगामी ७ माघमा आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने ...
— सर्लाहीको हरिवनमा हत्या गरी उखुबारीमा गाडिएको अवस्थामा इँटा व्यवसायीको शव बरामद भएको छ । हरिवन नगरपालिका–१० इनारटोलका ३९ वर्षीय हरिप्रसाद प्रसाईंको हत्या गरिएको अवस्थामा शव फेला परेको हो । पारिवारिक स्रोतका अनुसार व्यवसायी प्रसाईं यही पुस १५ गते बिहान बरहथवा नगरपालिका–९ मूर्तियाबाट पैसा लिएर आउँछु भनी घरबाट निक्लेका थिए । अबेर रातिसम्म प्रसाईं घर नफिरेपछि प्रहरीमा ...