मुख्य समाचार
आफैंले काम गर्ने फ्याक्ट्रीको क्रेनले किच्दा एक जनाको मृत्यु
आफैंले काम गर्ने फ्याक्ट्रीको क्रेनले किच्दा एक जनाको मृत्यु

। नवलपरासीको सुनवल नगरपालिका–७ मा रहेको लक्ष्मी स्टिल फ्याक्ट्रीका एक कामदारको मृत्यु भएको छ । रुपन्देहीको मायादेवी गाउँपालिका–५ तिलौरा बस्ने २५ वर्षीय सुरेश चौधरीको मृत्यु भएको हो ।

फ्याक्ट्रीमा काम गरिरहेको अवस्थामा चप्पल चिप्लिएर लड्दा सामान ओसारपसार गरिरहेको लु १ क ३००१ नम्बरको क्रेनको चक्काले किच्दा चौधरी घाइते भएका थिए ।


रुपन्देहीस्थित देवदल मेडिकल कलेजमा उपचारका क्रममा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय, नवलपरासी पश्चिमका नायब उपरीक्षक रमेश बोहराले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दैलेखको भैरवी गाउँपालिका-१ स्थित जलजलेमा ४ हजार २ मिटर गहिराइसम्म र ड्रिलिङ गर्दा ग्यास भण्डारणको संकेत देखा परेको छ । पेट्रोलियम अन्वेषण गर्न सुरु गरिएको ड्रिलिङको काम सम्पन्न भएको छ । खानी तथा भूगर्भ विभागका अनुसार ड्रिलिङपछि नमुना स्याम्पल निकालिएको छ । ड्रिलिङ गर्दा निस्किएको स्याम्पल तथा नमुनाहरू चीनको ल्याबमा पठाइएको छ । चीन सरकारको जिओलोजिकल ...
— गत असोजको १० गते पछिको अविरल वर्षापछिको बाढी र पहिरोबाट भएको क्षतिबाट १२ अर्ब ८६ करोड ६६ लाख ८८ हजार तीन सय ३१ रुपैयाँ बराबरको बिमा दाबी भएको छ । नेपाल बिमा प्राधिकरणका अनुसार कूल तीन हजार छ सय ८६ वटा दाबीको आवेदन परेको छ । सोमध्ये हालसम्म एक हजार आठ सय नौ वटा दाबीको ...
— सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले केही सहकारी संस्थाका कारण समग्र सहकारी क्षेत्र नै बदनाम भइरहेको उल्लेख गर्दै सहकारीलाई व्यवस्थित गर्न सरकार क्रियाशील रहेको बताएका छन् । दिगो पर्यटन सहकारी संस्थाको आज यहाँ आयोजित १४औँ साधारणसभामा मन्त्री गुरुङले सहकारीहरुलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्न हालै सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी भएको ...
— भारतको बिहार सरकारमातहत रहेको कोशी योजनाले नेपालतर्फ लिजमा लिएको जग्गामध्ये करिब ६ सय बिघा जग्गाको मालपोत १२ वर्षदेखि नतिरेको पाइएको छ । कोशी ब्यारेजबाट पश्चिमी कोशी नहर हुँदै बिहारतर्फ सिँचाइका लागि पानी लगेको बिहार सरकार कोशी योजनाले पश्चिमी कोशी नहर गएको जग्गाको मालपोत नतिरेको हो । सम्पर्क तथा भुआर्जन कार्यालय विराटनगरका अमिन सिताराम साहका ...
— प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीको दैनिक कार्यसम्पादन शैली र सरकारको कामको ‘स्पिरिट’ चित्त बुझ्दो नभएको भन्दै असन्तुष्टि जनाएका छन् । प्रधानमन्त्री ओलीले सरकारका ५० भन्दा बढी सचिवहरूलाई जावलाखेलस्थित स्टाफ कलेजमा शुक्रबार साँझ भेला गरेर यस्तो असन्तुष्टि जनाएका हुन् । सचिवहरूले आफूले अह्राएको काम गर्न कानुनी अड्चन देखाएका कारण ‘स्पिरिट’ नमिलेको मन्त्रिपरिषद् बैठकमै गुनासो गर्न थालेपछि ...