मुख्य समाचार
सुस्मिता मृत्यु प्रकरण, प्रेमीले हत्या गरेको आशंका
सुस्मिता मृत्यु प्रकरण, प्रेमीले हत्या गरेको आशंका

: काठमाडौं महानगरपालिका–९ गौशालामा रहेको बागमती होटलमा कागेश्वरी मनहराकी २१ वर्षीय सुस्मिता खड्का मृत फेला परेकी छन्। गौशालाको पिंगलास्थानमा रहेको बागमती होटलको कोठा नम्बर ३०८ मा बुधबार दिउँसो सवा दुई बजे उनी मृत फेला परेकी थिइन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीका अनुसार उनी मंगलबार साँझ १० बजेतिर एक युवक सँगै उक्त होटलमा पुगेका थिइन्।


बुधबार दिउँसोसम्म पनि उक्त कोठा नखुलेपछि होटलवालाले प्रहरीमा खबर गरेका थिए। प्रहरी अधिकृत र स्थानीय जनप्रतिनिधिको उपस्थितिमा होटलको ‘मास्टर की’ ले ढोला खोलेर हेर्दा उनी वेडमा मृत अवस्थामा फेला परेकी थिइन्। जुत्ता लगाएकै अवस्थामा मृत फेला परेकी खड्काको मुखबाट फिँज आइरहेको थियो।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार मंगलबार उक्त होटल पुगेका उनीहरूले देवबहादुर थापाका नाममा होटल बुक गरेका थिए। ओखलढुंगाको सिस्नेरी घर भएका देवबहादुर थापा सुस्मिताको प्रेमी भएको बुझिएको छ। थापा हाल काठमाडौंस्थित कागेश्वरी मनोहरा नगरपालिका, आलापोटमा बस्दै आएका थिए। मृतक खड्काको घर पनि आलापोटमै रहेको छ। उनी जापान जाने प्रक्रियाका लागि भाषा सिक्दै आएकी थिइन्।


प्रहरीका अनुसार देवबहादुर थापा पनि जापानमा नै बस्ने गरेको खुलेको छ। उनी गत मंसिर ३० गते मात्रै जापानबाट नेपाल आएका थिए। युवतीको मृत्युपश्चात थापा फरार रहेका छन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ। जिल्ला प्रहरी परिसर काठमाडौं, उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत गौशालाको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ। प्रहरीका अनुसार सुस्मिता मृत भेटिएको कोठामा केही रेडबुलका बट्टाहरू भेटिएको छ। रेडबुलमा नशालु पदार्थ वा अन्य केही विषादी खुवाएर उनका प्रेमीले हत्या गरेको हुनसक्ने प्रहरी आशंका छ। सँगै गएका देवबहादुर थापा मंगलबार राति १२ बजे नै होटलको कोठाबाट बाहिर निस्किएका थिए। उनले कोठा बाहिरबाट लक गरेर युवतीको फोन समेत लिएर गएका थिए। युवकको फोन बिहीबार बिहानसम्म प्रहरीले लोकेट गरिरहेको थियो। लोकेसनका आधारमा उनी काठमाडौं बाहिर रहेको बुझिएको छ।

सुस्मिताको शरीरमा कुनै चोटपटक नहुनु, उनको फोनसमेत लिएर युवक फरार हुनु र जुत्ता लगाएकै अवस्थामा युवती मृत भेटिनुले उनको हत्या भएको हुनसक्ने प्रहरी आशंका छ।

थापासँग प्रेम सम्बन्धमा रहेकी सुस्मिताको परिवारले प्रहरी वृत गौशालामा जाहेरी दिएको छ। उनको शवलाई पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ। पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै मृत्युको कारणबारे थाहा पाइने प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले केही सहकारी संस्थाका कारण समग्र सहकारी क्षेत्र नै बदनाम भइरहेको उल्लेख गर्दै सहकारीलाई व्यवस्थित गर्न सरकार क्रियाशील रहेको बताएका छन् । दिगो पर्यटन सहकारी संस्थाको आज यहाँ आयोजित १४औँ साधारणसभामा मन्त्री गुरुङले सहकारीहरुलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्न हालै सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी भएको ...
— भारतको बिहार सरकारमातहत रहेको कोशी योजनाले नेपालतर्फ लिजमा लिएको जग्गामध्ये करिब ६ सय बिघा जग्गाको मालपोत १२ वर्षदेखि नतिरेको पाइएको छ । कोशी ब्यारेजबाट पश्चिमी कोशी नहर हुँदै बिहारतर्फ सिँचाइका लागि पानी लगेको बिहार सरकार कोशी योजनाले पश्चिमी कोशी नहर गएको जग्गाको मालपोत नतिरेको हो । सम्पर्क तथा भुआर्जन कार्यालय विराटनगरका अमिन सिताराम साहका ...
— प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीको दैनिक कार्यसम्पादन शैली र सरकारको कामको ‘स्पिरिट’ चित्त बुझ्दो नभएको भन्दै असन्तुष्टि जनाएका छन् । प्रधानमन्त्री ओलीले सरकारका ५० भन्दा बढी सचिवहरूलाई जावलाखेलस्थित स्टाफ कलेजमा शुक्रबार साँझ भेला गरेर यस्तो असन्तुष्टि जनाएका हुन् । सचिवहरूले आफूले अह्राएको काम गर्न कानुनी अड्चन देखाएका कारण ‘स्पिरिट’ नमिलेको मन्त्रिपरिषद् बैठकमै गुनासो गर्न थालेपछि ...
— नेकपा एमालेबाट हालै निष्कासनमा परेका नेता भीम रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीको तीव्र आलोचना गरेका छन् । विराटनगरमा संचारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उनले भने,‘एमाले बामाले कम्पनी’मा परिणत भइसक्यो ।’ रावलले ओलीको नेतृत्वलाई ‘आलोचनात्मक विचारको दमन’ का रुपमा टिप्पणी गरेका थिए । एमालेको मूल विचार र सिद्धान्त (मार्क्सवाद–लेनिनवाद) समाप्त भइसकेको जिकिर उनको थियो ...
— कर्णाली प्रदेश सरकारले कर्णालीको दोस्रो आवधिक योजना स्वीकृत गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले कर्णालीको दोस्रो आवधिक योजना स्वीकृत गर्ने निर्णय गरेको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री एवम् सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिए । प्रवक्ता शाहका अनुसार बैठकले कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पाँचौँ अधिवेशन आगामी ७ माघमा आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने ...