मुख्य समाचार
नेपाली मञ्च (ओएनएफ) साउथ अष्ट्रेलियाले अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाए
नेपाली मञ्च (ओएनएफ) साउथ अष्ट्रेलियाले अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाए

: प्रवासी नेपाली मञ्च (ओएनएफ) साउथ अष्ट्रेलियाले अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाएको छ। अंग्रेजी नयाँ वर्ष २०२५ को उपलक्ष्यमा पदयात्रा तथा सम्मान कार्यक्रम गर्दै टोपी दिवस मनाइएको हो।


पछिल्लो समय नेपालीहरूको उल्लेखनीय बसोबास रहेको एडिलेडको जोन मिलर रिजर्भबाट समुन्द्री किनारहुँदै पदयात्रा गरिएको थियो। पदयात्रामा एडिलेडको प्रमुख बिच ग्लेनेल समेत सहभागी थिए। पदयात्रामा अष्ट्रेलियाको सांगीतिक यात्राको क्रममा रहेका कलाकारद्वय सत्य राज आचार्य र स्वरुप राज आचार्यले समेत सहभागिता जनाएका थिए ।

पदयात्रा पछि आयोजित समारोहमा १५ जना विद्यावारिधि गरेर साउथ अष्ट्रेलियामा क्रियाशिल रहेका नेपालीहरूलाई सम्मान गरिएको थियो। उनीहरूलाई दोसल्ला,ढाका टोपी तथा प्रमाण पत्रले सम्मान गरिएको थियो।सम्मान कार्यक्रममा मन्तव्य राख्दै साउथ अष्ट्रेलियाको म्यारियन काउन्सीलकी काउन्सीलर रेनुका लामाले विदेशमा सिकेको ज्ञान र सिपलाई अष्ट्रेलियामा रहेको नेपाली समुदाय र मातृभूमिका लागि समेत उपयोगमा ल्याउन विशेष आग्रह गरेकी थिइन् ।


कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष संजय पुरीले नेपालीहरू जहाँ भए पनि जन्मभूमी नेपाललाई बिर्सनु नहुने बताउँदै टोपी दिवसमार्फत् नेपाललाई चिनाउने प्रयासका लागि सहभागी सबैलाई धन्यवाद दिएका थिए ।

युनिभर्सिटी अफ साउथ अष्ट्रेलियाका अनुसन्धानकर्ता डा.अर्जुन बुर्लाकोटीले यस्ता सम्मान कार्यक्रमहरूले सबैले राम्रो कुरा एक अर्काबाट सिक्ने अवसर पनि भएकाले महत्वपूर्ण रहेको बताउँदै सहभागी बालबालिकाहरूलाई पनि अझ प्रेरणा हुने बताए ।

डा. दया पराजुलीले मातृभूमिमा जस्तै प्रवासमा समेत सम्मान गरेकोमा थप समुदाय र मातृभूमीप्रति जिम्मेवारी बोध भएको बताए । मञ्चका साउथ अष्ट्रेलिया अध्यक्ष युवराज पहाडीले प्रवासमा हुर्केका नयाँ पुस्तालाई नेपाली परम्परा र संस्कृतिका बारेमा परिचित गराउन समेत कार्यक्रम आयोजना गरिएको बताए ।

उनले विद्यावारिधि गरेका नेपालीहरू सम्मान गरेर उनीहरूबीच पनि जोड्न चाहिको बताउँदै विदेशमा सिकेको ज्ञान सिप मातृभूमिका लागि कसरी उपयोग गर्न सकिन्छ भनेर छलफल चलाउन अनुरोध गरेका थिए । कार्यक्रमका संयोजक रामकृष्ण शर्माले नेपालको प्रचार र प्रवर्द्धन गर्ने उद्देश्यले २०१८ देखि मञ्चले नेपाली टोपी दिवस मनाउँदै आएको बताए ।

प्रवासी नेपाली मञ्चकै आयोजनामा अष्ट्रेलियाको राजधानी क्यानवेरा र वेस्टन अष्ट्रेलियामा समेत टोपी दिवस मनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— भारत उत्तराखण्डको उत्तरकाशी जिल्लाको हर्षिल क्षेत्रको धरालीमा दुई साताअघि आएको बाढीमा बेपत्ता भएका नेपालीहरूका आफन्त घर फर्किन थालेका छन् । दुई सातासम्म खोजी गर्दा पनि बेपत्ता भएकाहरू नभेटिएपछि आफन्त घर फर्किन थालेका हुन् । आफन्तहरू धरालीबाट एक दिन पैदल हिँडेरै उत्तरकाशीसम्म र त्यहाँबाट बसमा आउने तयारीसहित हिँडेका हुन् । ‘दुई सातासम्म बगरमा डुल्दा–डुल्दा केही भेटिएन, ...
। अमेरिकाले नेपाली नागरिकलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा खारेज गर्ने निर्णय कार्यान्वयनको बाटो खुलेको छ । अमेरिकाको संघीय पुनरावेदन अदालतले ट्रम्प प्रशासनको पक्षमा निर्णय गरेपछि टीपीएस सुविधा खारेज गर्ने निर्णय कार्यान्वयनको बाटो खुलेको हो । यससँगै अमेरिकामा टीपीएसका आधारमा रहँदै आएका करिब ७ हजार नेपाली स्वदेश फर्किनैपर्ने भएको छ । नेपालमा सन् २०१५ मा आएको ...
: संयुक्त राज्य अमेरिकाका इजरायलस्थित राजदूत माइक हकाबीले बिपिन जोशीका आमा र बहिनीसँग भेटवार्ता गरेका छन्। राजदूत हकाबीले जोशी परिवारप्रति ऐक्यबद्धता जनाउँदै अपहरित सबै बन्दीहरूको तत्काल रिहाइको लागि दबाब बढाउनुपर्ने बताए। 'हमासको कब्जामा रहेका प्रत्येक बन्दीलाई तुरुन्त मुक्त गराउन हाम्रो पनि माग छ। हामीले निरन्तर यसप्रति दबाब दिँदै आएका छौं,' भेटका क्रममा उनले भने। कृषि अध्ययनका ...
: वैदेशिक रोजगारको क्रममा साउदी अरेबिया पुगेका नेपालीहरूले नेपाली दूतावास साउदीबाट श्रम स्वीकृतिको वैधानिकीकरण (नवीकरण) सुरु गरेका छन्। गत शुक्रबार नेपाली राजदूत डा. नरेश विक्रम ढकाल र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद सिंह भण्डारीको उपस्थितमा भर्चुअल माध्यमबाट बैधानिकरण श्रम स्वीकृति सुर गरिएको हो। राजदूत ढकालले साउदी कार्यरत नेपालीलाई सहजीकरण गर्ने उद्देश्यले सो सुविधा ...
। दक्षिण कोरियामा कोमा रहेका उदयपुरको चौदण्डीगढी-५ बेल्हा निवासी कमल चौधरीको निधन भएको छ । विगत डेढ महिनादेखि कोरियाको बुसानस्थित अस्पतालमा कोमामा अचेत अवस्थामा रहेका चौधरीको निधन भएको हो । एकाएक ढलेपछि अस्पताल पुर्‍याइएका उनी अचेत अवस्थामै थिए । उपचारकै क्रममा उनको निधन भएको कोरियमा रहेका उनका सालो पुरूषोत्तम चौधरीले जानकारी दिए । कमल चौधरी कसरी र ...