मुख्य समाचार
जापानले अध्यागमन कानुन उल्लंघन गर्ने चारजना नेपालीलाई निष्काशन गरे
जापानले अध्यागमन कानुन उल्लंघन गर्ने चारजना नेपालीलाई निष्काशन गरे

: जापानले अध्यागमन कानुन उल्लंघन गर्ने चारजना नेपालीलाई निष्काशन गरेको छ। त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा प्रभावकर थकाली, समीर बुद्धचार्य,मोहन बुढाथोकी र राजेन्द्र घर्तीलाई निष्काशित गरेको स्रोतले बताएको छ। स्रोतका अनुसार उनीहरू केही दिनअघि नेपाल आइपुगेका हुन्।


कानुन विपरीत जापानमा रहेका उनीहरूलाई निष्काशन गरी नेपाल पठाएको हो। यद्दपि उनीहरूले के-कस्तो कानुन उल्लंघन गरे भन्ने विषय भने खुलाइएको छैन।

विदेशमा अध्यागमन कानुन उल्लंघन गरी निष्काशनमा पर्ने नेपालीको संख्या बढ्दो छ। पछिल्लो समयमा जापान,अमेरिका,मलेसिया,क्यानडा,फ्रान्स,माल्दिभ्स,दक्षिण कोरयालगायत देशका सरकारले त्यहाँ रहेका विदेशी कामदारहरूमाथि निगरानी बढाउँदै आएको छ। जसको मारमा नेपालीहरू पनि पर्ने गरेका छन्।


केही समयअघि अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा मलेसियाबाट २६ नेपाली निष्काशित भएका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जापान सरकारले आगामी आर्थिक वर्षका लागि नयाँ बजेट पारित गरेको छ । बजेटले बृद्धहरू जनसंख्याको व्यवस्थापनका लागिसामाजिक कल्याण र क्षेत्रीय खतरासँग जुध्न बजेटमा विशेष ध्यान दिएको छ । सरकारले सन् २०२५ को अप्रिलदेखि सुरु हुने वर्षका लागि ११५.५ ट्रिलियन येन अर्थात् ७३० अर्ब अमेरिकी डलरको बजेटमा ८.७ ट्रिलियन येन सुरक्षा खर्च समावेश गरेको छ । सामाजिक ...
: पछिल्लो समय जापान जाने नेपालीहरूको संख्या बढ्दै गएको छ। विद्यार्थी भिसा होस् वा वर्किङ भिसामै किन नहोस्, जापान जानेको संख्या बढ्दो छ। जापान पठाउन एजुकेसन कन्सल्टेन्सी, मेनपावरलगायतका एजेन्सीहरू सक्रिय छन्। कम्तीमा १३ लाख तिरेर जापान पुग्ने गरेका छन् नेपालीहरू। तर, त्यहाँ पुगेपछि मात्रै उनीहरूलाई थाहा हुन्छ कि सोचेजस्तो होइन रहेछ जापान। आम्दानी कम र ...
। नेकपा एमालेको संगठन विभागले पार्टी र नेतृत्वविरुद्ध हुने कूप्रचारको जमेर प्रतिवाद गर्ने संकल्प गरेको छ । केन्द्रीय मुख्यालय च्यासलमा केन्द्रीय संगठन विभागले जिल्ला नेतृत्वमा रहेका तीन सय बढी नेताहरुलाई दुई दिने प्रशिक्षण कार्यक्रम गरेको थियो । प्रशिक्षण कार्यक्रम सकिएपछि जारी प्रेस विज्ञप्ति मार्फत् पार्टी नेतृत्वविरुद्ध हुने कूप्रचारको प्रतिवाद गर्ने संकल्प गरेको हो । ‘यो कार्यशाला पार्टी ...
— वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पर्सा ठोरी गाउँपालिका-४ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ बस्ने ४५ वर्षीय बिष्णु लोप्चनलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । विष्णुले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध ...
: जापानले गैरकानुनीरुपले बसेका दुईजना नेपालीलाई निष्काशन गरेको छ। निष्काशित हुनेहरूमा नुतन गिरी र धनप्रसाद बुढा रहेका छन्। उनीहरू भिषाको म्याद सकिसकेपछि पनि लुकिछिपी जापान बस्दै आएका थिए। त्यहाँको अध्यागमनले उनीहरूलाई पक्राउ गरी थाइ एयरको जहाजबाट नेपाल फर्काएको हो। उनीहरू केही दिनअघि काठमाडौं आएका हुन्। टोकियोमा कार्यरत एक नेपालीका अनुसार गैरकानुनीरुपमा लुकिछिपी बसेका ...