मुख्य समाचार
गोरखामा आगलागीबाट तीन घर जलेर नष्ट
गोरखामा आगलागीबाट तीन घर जलेर नष्ट

— आरुघाट गाउँपालिका–१ मान्वुस्थित स्याम्चेतमा आगलागीले तीनवटा घर जलेर नष्ट भएको छ । स्थानीय पूर्णबहादुर लामा, बुद्धिमान लामा र आइतसिङ लामाको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी इन्द्रप्रसाद सुवेदीले बताए ।




आगो नियन्त्रणमा पनि आएको उनले बताए । शनिबार साँझ खाना बनाउन आगो बाल्दा नजिकै राखेको मकैको खोस्टाबाट आगो सल्किएर घटना भएको उनले बताए ।


घटनास्थलमा मान्वु प्रहरी चौकीबाट प्रहरी टोली खटाइएको डीएसपी सुवेदीले बताए । ‘स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको छ,’ उनले भने । आगलागीबाट लत्ताकपडा, अन्नपात जलेर नष्ट भएको छ ।

क्षतिको यकिन विवरण आउनै बाँकी रहेको प्रहरीले जनाएको छ । लस्करै रहेको तीन वटा घर जलेर नष्ट भएको स्थानीय विपना लामाले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा सोमबार अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनसँगै अन्य प्रतिवेदनमाथि छलफल भएको छ। पार्टी कार्यालय च्यासलमा सोमबार बसेको बैठकको दोस्रो दिन ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि सदस्यहरूले धारणा राखेको पार्टी उपमहासचिव पृथ्वीसुव्वा गुरुङले जानकारी दिए। धारणा राख्ने सदस्यहरूले पार्टीभित्रको गुट अन्त्य गर्नुपर्ने, संगठनमा देखिएका समस्या समाधान गर्नुपर्ने बताएका थिए। पार्टीलाई व्यवस्थितरूपमा ...
: छोराको हत्या गरेको आरोपमा बुवा पक्राउ परेका छन्। आफ्नै छोरा ४९ वर्षीय लिला बहादुर पुर्कोटी सार्कीको हत्या गरेको आरोपमा हरिहरपुरगढी गाउँपालिका-३ चपराडाँडा बस्ने ७६ वर्षीय डोमान सिंहलाई प्रहरीले पक्राउ गरेको हो। डोमान सिंहले घरायसी विवादका क्रममा गल प्रहार गर्दा लिला गम्भीर घाइते भएको थिए। गम्भीर घाइते भएका लिलाको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु ...
: गृहमन्त्री रमेश लेखकले भूकम्प र बाढी पहिरोबाट क्षति भएका भौतिक संरचनाको पुननिर्माण कार्यलाई तीव्रता दिने बताएका छन् । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको २८ औं बैठकमा गृहमन्त्री लेखकले उक्त विपदबाट भएको क्षतिको मुल्यांकन र पुननिर्माण कार्य तीव्र रुपमा अगाडि बढ्ने बताएका हुन्। ‘आज डोटी, बाजुरा, बझाङ र जाजरकोटको भूकम्प तथा बाढी पहिरोले उत्पन्न ...
: नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाएपनि भोलिपल्टदेखि पुरानै चरित्र प्रदर्शन गरेको दाबी गरेको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको आठौं बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा प्रधानमन्त्री केपी शर्मा ओलीले ३२ सीटको जादु भन्दै प्रचण्डले थालेको दाउपेचको खेती निस्तेज पार्न कांग्रेसको नयाँ राजनीतिक कोर्षमा जानुपरेको प्रष्ट पारेका हुन्। तत्कालीन प्रधानमन्त्री प्रचण्डबाट निरन्तर दाउपेचको खेती चलिरहेको ...
: सुन गोहोरोसहित दुईजना पक्राउ परेका छन्। विराटनगर महानगरपालिका-१३ स्थित कोशी राजमार्गबाट दुर्लभ जनावर सुन गोहोरो ६ वटा सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा सुनसरी बर्जु गाउँपालिका-१ बस्ने ५८ वर्षीय बुद्धि ऋषिदेव र ५६ वर्षीय सुरेश ऋषिदेव रहेका छन्। सिआरभी जतुवाबाट खटिएको प्रहरीले भारतबाट विराटनगरतर्फ आउँदै गरेका उनीहरूलाई उक्त सुन ...