मुख्य समाचार
पाँचदिने ‘धरान उत्सव’ सुरु
पाँचदिने ‘धरान उत्सव’ सुरु

— धरान स्थापनाको १२४ वर्ष पुगेको अवसरमा शनिबारदेखि पाँचदिने ‘धरान उत्सव’ सुरु भएको छ । प्रत्येक वर्ष पुस २० गते मनाउने गरिएको धरान उत्सव यसपटक पाँच दिनसम्म मनाउने यसअघि नै घोषणा गरिएको थियो ।


‘घुम्न जाऔं धरान’ नारासहित शनिबार सुरु भएको उत्सवको ८८ वर्षीय ज्येष्ठ नागरिक काजीमान गुरुङले दीप प्रज्वलन गरी उद्घघाटन गरेका छन् । उत्सवको पहिलो दिन स्थानीय सांस्कृतिक र पर्यटन प्रवर्द्धन गर्न सांस्कृतिक झाँकी निकालिएको छ । झाँकीले नगर परिक्रमा गर्दै धरान रंगशालासम्म पुगेको थियो ।


धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको नेतृत्वमा आयोजित उत्सवमा धरानमा योगदान पुर्‍याएका विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको छ । उत्सवमा शैक्षिक प्रदर्शनी, कला साहित्य कार्यक्रम, खाद्य र पुष्प प्रदर्शनी तथा बिक्री कक्ष राखिएका छन् । उत्सवअन्तर्गत आइतबार साइक्लिङ र साहित्य सम्मान कार्यक्रम, सोमबार इस्टर्न सिंगिङ सुपर स्टार सिजन–१ र लोकदोहोरी कार्यक्रम राखिएको छ । मंगलबार वाकाथून, डोरीतान र छेलो हान्ने कार्यक्रम रहेको प्रचारप्रसार संयोजक दिनेश गजमेरले जानकारी दिए ।

उत्सवको लागि नगरप्रमुख संयोजक र उपमेयर अइन्द्रबिक्रम बेघा सहसंयोजक रहेको मूल समारोह समिति र विभिन्न उपसमितिहरु पनि गठन गरिएको गजमेरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा सोमबार अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनसँगै अन्य प्रतिवेदनमाथि छलफल भएको छ। पार्टी कार्यालय च्यासलमा सोमबार बसेको बैठकको दोस्रो दिन ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि सदस्यहरूले धारणा राखेको पार्टी उपमहासचिव पृथ्वीसुव्वा गुरुङले जानकारी दिए। धारणा राख्ने सदस्यहरूले पार्टीभित्रको गुट अन्त्य गर्नुपर्ने, संगठनमा देखिएका समस्या समाधान गर्नुपर्ने बताएका थिए। पार्टीलाई व्यवस्थितरूपमा ...
: छोराको हत्या गरेको आरोपमा बुवा पक्राउ परेका छन्। आफ्नै छोरा ४९ वर्षीय लिला बहादुर पुर्कोटी सार्कीको हत्या गरेको आरोपमा हरिहरपुरगढी गाउँपालिका-३ चपराडाँडा बस्ने ७६ वर्षीय डोमान सिंहलाई प्रहरीले पक्राउ गरेको हो। डोमान सिंहले घरायसी विवादका क्रममा गल प्रहार गर्दा लिला गम्भीर घाइते भएको थिए। गम्भीर घाइते भएका लिलाको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु ...
: गृहमन्त्री रमेश लेखकले भूकम्प र बाढी पहिरोबाट क्षति भएका भौतिक संरचनाको पुननिर्माण कार्यलाई तीव्रता दिने बताएका छन् । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको २८ औं बैठकमा गृहमन्त्री लेखकले उक्त विपदबाट भएको क्षतिको मुल्यांकन र पुननिर्माण कार्य तीव्र रुपमा अगाडि बढ्ने बताएका हुन्। ‘आज डोटी, बाजुरा, बझाङ र जाजरकोटको भूकम्प तथा बाढी पहिरोले उत्पन्न ...
: नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाएपनि भोलिपल्टदेखि पुरानै चरित्र प्रदर्शन गरेको दाबी गरेको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको आठौं बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा प्रधानमन्त्री केपी शर्मा ओलीले ३२ सीटको जादु भन्दै प्रचण्डले थालेको दाउपेचको खेती निस्तेज पार्न कांग्रेसको नयाँ राजनीतिक कोर्षमा जानुपरेको प्रष्ट पारेका हुन्। तत्कालीन प्रधानमन्त्री प्रचण्डबाट निरन्तर दाउपेचको खेती चलिरहेको ...
: सुन गोहोरोसहित दुईजना पक्राउ परेका छन्। विराटनगर महानगरपालिका-१३ स्थित कोशी राजमार्गबाट दुर्लभ जनावर सुन गोहोरो ६ वटा सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा सुनसरी बर्जु गाउँपालिका-१ बस्ने ५८ वर्षीय बुद्धि ऋषिदेव र ५६ वर्षीय सुरेश ऋषिदेव रहेका छन्। सिआरभी जतुवाबाट खटिएको प्रहरीले भारतबाट विराटनगरतर्फ आउँदै गरेका उनीहरूलाई उक्त सुन ...