मुख्य समाचार
आर्सनलले ब्राइटनसँग १–१ को बराबरी खेले
आर्सनलले ब्राइटनसँग १–१ को बराबरी खेले

— आर्सनलले इंग्लिस प्रिमियर लिगको उपाधि होडमा धक्का महसुस गर्नु परेको छ र शीर्षमा रहेको लिभरपुलभन्दा कमजोर भएको छ । आर्सनलले ब्राइटनसँग १–१ को बराबरी खेलेको हो ।




म्यानचेस्टर सिटी भने वेस्ट ह्याममाथि ४–१ को जित निकाल्न सफल रह्यो । लयमा रहेको न्युकासल युनाइटेडले टोटनहमलाई अर्को पीडादायी २–१ को हार आत्मसात् गर्न बाध्य पार्‍यो । पछिल्लो समय लय गुमाएको चेल्सी पनि क्रिस्टल प्यालेसको हातबाट १–१ को निराशाजनक बराबरीमा रोकियो ।


मिखेल आर्टेटाको आर्सनल पछिल्ला दुई सिजन उप–विजेता रहेको थियो र लगातार चौथो जितको उद्देश्यले ब्राइटनको भ्रमणमा निस्केको थियो । पहिलो हाफमा १७ वर्षीय खेलाडी एथान एवानेरीको गोलको मदतले आर्सनल अगाडि पनि रहेको थियो ।

तर ब्राइटनका लागि जाओ पेड्रोले पेनाल्टीबाट बराबरी गोल गरे । यो नतिजाको अर्थ आर्सनल शीर्षमा रहेको आर्ने स्लटको लिभरपुल भन्दा पाँच अंकले पछाडि रह्यो । लिभरपुलले आर्सनलको तुलनामा अझै दुई खेल कम खेलेको छ ।

सिटीको जितमा भने इर्लिङ हालान्डले दुई गोल गरे । उसको ३४ अंक भएको छ र छैटौं स्थानमा छ । न्युकासल भने ३५ अंकमा पाँचौंमा रह्यो । अन्य खेलमा एस्टन भिल्लाले लेस्टर सिटीलाई २–१, बर्नमाउथले एभरटनलाई १–० र ब्रेन्टफोर्डले साउथह्याम्पटनलाई ४–१ ले हरायो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानले अपराजित रहँदै काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको फाईनलमा काजखस्तानलाई ३-१ सेटमा पराजित गर्दै इरान लगातार च्याम्पियन बनेको हो । इरानले पहिलो सेट २५-१८ ले जित्दै खेलमा अग्रता बनाएको थियो । काजखस्तानले दोस्रो सेट २५-१९ ले जितेर खेलमा पुनरागमन गरेको थियो । तेस्रो सेट इरानले २५-१५ ...
: एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको विदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरेको हो । सिंगापुरमा ३१ मेदेखि एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका सुरु हुँदैछ । छनोट प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, मलेसिया र ...
: काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गतको पहिलो सेमीफाइनलमा भारतलाई ३–० सोझो सेटमा हराउँदै काजकिस्तान फाइनल प्रवेश गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा काजकिस्तानले भारतलाई २५–२१, २५–१७, २५–१४ ले हराएको हो । समूह ‘ए’ को विजेताको रूपमा सेमीफाइनल खेलेको भारत समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनल खेलेको ...
— जियान फिलिपे मेटाटेले गरेको एक माक्र गोलको मदतले त्रिस्टल प्यालेसले रायो भालेकानोलाई १–० ले पराजित गर्दै बुधबार यूईएफए कन्फ्रेन्स लिगको उपाधि जितेको छ । जर्मनको लाइपजिगमा भएको खेलमा मेटाटेले ५१ औं मिनेटमा गोल गरे । इंग्लिस प्रिमियर लिग क्लब प्यालेसले युरोपेली उपाधि जितेको यो पहिलो पटक हो । यस उपाधिसँगै प्रशिक्षक ओलिभर ग्लासनेरले क्लबबाट पनि ...
— कप्तान इन्दु बर्माले अविजित ४२ रन बनाएपछि नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनोटमा बिहीबार इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको छ । लगातार दोस्रो खेल जितेपछि नेपाल समूह ‘बी’ को विजेता बनेको छ । नेपालले सेमिफाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ । अर्को सेमिफाइनल समूह ‘ए’ को विजेता थाइल्यान्ड र चीनबीच हुनेछ । शीर्ष ...