मुख्य समाचार
आर्सनलले ब्राइटनसँग १–१ को बराबरी खेले
आर्सनलले ब्राइटनसँग १–१ को बराबरी खेले

— आर्सनलले इंग्लिस प्रिमियर लिगको उपाधि होडमा धक्का महसुस गर्नु परेको छ र शीर्षमा रहेको लिभरपुलभन्दा कमजोर भएको छ । आर्सनलले ब्राइटनसँग १–१ को बराबरी खेलेको हो ।




म्यानचेस्टर सिटी भने वेस्ट ह्याममाथि ४–१ को जित निकाल्न सफल रह्यो । लयमा रहेको न्युकासल युनाइटेडले टोटनहमलाई अर्को पीडादायी २–१ को हार आत्मसात् गर्न बाध्य पार्‍यो । पछिल्लो समय लय गुमाएको चेल्सी पनि क्रिस्टल प्यालेसको हातबाट १–१ को निराशाजनक बराबरीमा रोकियो ।


मिखेल आर्टेटाको आर्सनल पछिल्ला दुई सिजन उप–विजेता रहेको थियो र लगातार चौथो जितको उद्देश्यले ब्राइटनको भ्रमणमा निस्केको थियो । पहिलो हाफमा १७ वर्षीय खेलाडी एथान एवानेरीको गोलको मदतले आर्सनल अगाडि पनि रहेको थियो ।

तर ब्राइटनका लागि जाओ पेड्रोले पेनाल्टीबाट बराबरी गोल गरे । यो नतिजाको अर्थ आर्सनल शीर्षमा रहेको आर्ने स्लटको लिभरपुल भन्दा पाँच अंकले पछाडि रह्यो । लिभरपुलले आर्सनलको तुलनामा अझै दुई खेल कम खेलेको छ ।

सिटीको जितमा भने इर्लिङ हालान्डले दुई गोल गरे । उसको ३४ अंक भएको छ र छैटौं स्थानमा छ । न्युकासल भने ३५ अंकमा पाँचौंमा रह्यो । अन्य खेलमा एस्टन भिल्लाले लेस्टर सिटीलाई २–१, बर्नमाउथले एभरटनलाई १–० र ब्रेन्टफोर्डले साउथह्याम्पटनलाई ४–१ ले हरायो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पाटन उच्च अदालतले अखिल नेपाल फुटबल संघ (एन्फा) ले घोषणा गरेको ‘अर्ली इलेक्सन’सम्बन्धी कुनै पनि गतिविधि नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। अदालतले उम्मेदवारी दर्तालगायत निर्वाचनसम्बन्धी कुनै पनि कार्य नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको हो। पाटन उच्च अदालतका न्यायाधीश कृपासुर कार्कीको एकल इजलासले सोमबार एन्फाको निर्वाचन प्रक्रिया तत्काल रोक्न अल्पकालीन अन्तरिम आदेश ...
: मोहम्मद सालाहको गोलमा इजिप्टले साविक विजेता आइभरी कोस्टमाथि रोमाञ्चक जित निकालेको छ। अफ्रिका कप अफ नेसन्स (अफकोन) २०२५ को क्वार्टरफाइनलमा रोमाञ्चक जित निकाल्दै इजिप्ट सेमिफाइनलमा प्रवेश गरेको हो। खेलको चार मिनेटमै ओमर मार्मोसले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए। त्यसपछि आधा घण्टापछि रामी राबियाले हेडमार्फत गोल गर्दै इजिप्टलाई २-० को अग्रता दिलाए। तर हाफ टाइमअघि ...
: झापाको भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रदेश सरकारले कोशी पर्यटन वर्ष मनाइरहेको अवस्थामा यहाँका पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको हो । आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी ...
— आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमाएको छ । इमिरेट्स स्टेडियममा यो सिजन आर्सनलले गोल गर्न नसकेको यो नै पहिलो पल्ट हो । तर अहिले पनि आर्सनललाई दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटमिाथि छ अंकको अग्रता प्राप्त छ र टिम लिग ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम