मुख्य समाचार
पूर्वआईजीपी सर्वेन्द्र खनालले एमाले छाडे
पूर्वआईजीपी सर्वेन्द्र खनालले एमाले छाडे

— पूर्वआईजीपी सर्वेन्द्र खनालले एमाले छाडेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत खनालले आफू कुनै पनि राजनीतिक दलमा आबद्ध नभएको बताएका हुन् । खनाल केही समयदेखि भने पार्टीका औपचारिक कार्यक्रममा भने देखिएका थिएनन् ।




'हजुरहरू मेरो राजनीतिक स्थितिबारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट यसलाई स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आबद्ध छैन । म स्वतन्त्र रूपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु। म देश र समाज हितका लागि आफ्नो समय परिस्थितिअनुकूल सधैं सक्दो कार्यहरु गरिरहने छु,' उनले भने ।


तत्काल कुनै पार्टीमा जाने र पार्टी खोल्ने नसोचेको खनालले बताए । स्वतन्त्रपूर्वक समय परिस्थितिअनुसार कदम चाल्ने उनको भनाइ छ । 'आफैं स्वतन्त्र रहन चाहेँ । अहिले कुनै पनि पार्टीमा जान्न । पार्टी खोल्ने योजना पनि छैन,' खनालले इकान्तिपुरसँग भने ।

नेपाल प्रहरीमा ३० वर्षे सेवावधि पूरा गरेको ३ वर्ष नपुग्दै खनाल राजनीतिमा प्रवेश गरेका थिए । २०७९ असोज ६ गते उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा भित्र्याएका थिए । २०७९ को प्रतिनिधिसभा चुनावमा उनी काठमाडौं-६ बाट रास्वपाका शिशिर खनालसँग पराजित भएका थिए । शिशिर खनालले १४ हजार २ सय ४ मत ल्याउँदा पूर्वआईजीपी खनालले भने ८ हजार ९ सय ११ मत मात्र प्राप्त गरेका थिए ।

काठमाडौं-५ मा हार बेहोरेको ६ महिनामै २०८० वैशाखमा भएको उपचुनावमा एमालेबाट उम्मेदवार बने । उक्त उपचुनावमा पनि उनले रास्वपा उम्मेदवारबाटै हार बेहोरे । रास्वपा उम्मेदवार स्वर्णिम वाग्लेले ३४ हजार ९ सय १८ मत प्राप्त गर्दा खनाल भने तेस्रो स्थानमा रहँदै ८ हजार ४ सय ८८ मत प्राप्त गरेका थिए । तनहुँ-२ बाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपति भएपछि भएको उपचुनावमा कांग्रेस उम्मेदवार गोविन्द भट्टराईले भने २० हजार १ सय २२ मत पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा सोमबार अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनसँगै अन्य प्रतिवेदनमाथि छलफल भएको छ। पार्टी कार्यालय च्यासलमा सोमबार बसेको बैठकको दोस्रो दिन ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि सदस्यहरूले धारणा राखेको पार्टी उपमहासचिव पृथ्वीसुव्वा गुरुङले जानकारी दिए। धारणा राख्ने सदस्यहरूले पार्टीभित्रको गुट अन्त्य गर्नुपर्ने, संगठनमा देखिएका समस्या समाधान गर्नुपर्ने बताएका थिए। पार्टीलाई व्यवस्थितरूपमा ...
: छोराको हत्या गरेको आरोपमा बुवा पक्राउ परेका छन्। आफ्नै छोरा ४९ वर्षीय लिला बहादुर पुर्कोटी सार्कीको हत्या गरेको आरोपमा हरिहरपुरगढी गाउँपालिका-३ चपराडाँडा बस्ने ७६ वर्षीय डोमान सिंहलाई प्रहरीले पक्राउ गरेको हो। डोमान सिंहले घरायसी विवादका क्रममा गल प्रहार गर्दा लिला गम्भीर घाइते भएको थिए। गम्भीर घाइते भएका लिलाको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु ...
: गृहमन्त्री रमेश लेखकले भूकम्प र बाढी पहिरोबाट क्षति भएका भौतिक संरचनाको पुननिर्माण कार्यलाई तीव्रता दिने बताएका छन् । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको २८ औं बैठकमा गृहमन्त्री लेखकले उक्त विपदबाट भएको क्षतिको मुल्यांकन र पुननिर्माण कार्य तीव्र रुपमा अगाडि बढ्ने बताएका हुन्। ‘आज डोटी, बाजुरा, बझाङ र जाजरकोटको भूकम्प तथा बाढी पहिरोले उत्पन्न ...
: नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाएपनि भोलिपल्टदेखि पुरानै चरित्र प्रदर्शन गरेको दाबी गरेको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको आठौं बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा प्रधानमन्त्री केपी शर्मा ओलीले ३२ सीटको जादु भन्दै प्रचण्डले थालेको दाउपेचको खेती निस्तेज पार्न कांग्रेसको नयाँ राजनीतिक कोर्षमा जानुपरेको प्रष्ट पारेका हुन्। तत्कालीन प्रधानमन्त्री प्रचण्डबाट निरन्तर दाउपेचको खेती चलिरहेको ...
: सुन गोहोरोसहित दुईजना पक्राउ परेका छन्। विराटनगर महानगरपालिका-१३ स्थित कोशी राजमार्गबाट दुर्लभ जनावर सुन गोहोरो ६ वटा सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा सुनसरी बर्जु गाउँपालिका-१ बस्ने ५८ वर्षीय बुद्धि ऋषिदेव र ५६ वर्षीय सुरेश ऋषिदेव रहेका छन्। सिआरभी जतुवाबाट खटिएको प्रहरीले भारतबाट विराटनगरतर्फ आउँदै गरेका उनीहरूलाई उक्त सुन ...