तातोपानी, सिन्धुपाल्चोक — गत असोजको बाढीपहिरोले पुल बगाएपछि बेलाबेला अवरुद्ध भइरहेको तातोपानी नाका क्रमशः तंगि्रँदै गएको छ । असोज दोस्रो साताको वर्षाले लार्चार् र लिपिङमा बेलिब्रिज, पुल बगाएयता समय–समयमा अवरुद्ध भइरहेको उत्तरी नाका तातोपानीमा चहलपहल बढ्दै गएको छ ।
खण्डहर बनेको लिपिङ बजारमा धेरैजसो पसल होटल सामान्य मर्मर्त र रङरोगन गरेर चलाइएका छन् । सीमापारि झाङ्मु बजार र वारि लिपिङमा खुलेका पसलमा ग्राहकको भीड बढेको छ भने व्यापारमा सुधार भइरहेको छ ।
भोटेकोशी गाउँपालिकाको पहलमा लार्चामा ह्युमपाइप राखेर सडक सञ्चालन गरिएको छ भने लिपिङमा खण्डहर बनेका घरका अवशेष हटाएर कच्चीमा भए पनि राजमार्गर् चलाएपछि नाकामा केही सहज वातावरण बनेको भोटेकोशी–२ का अध्यक्ष कुमार श्रेष्ठले बताए ।
‘असोजमा भोटेकोशी र लिपिङ खोलामा आएको बाढीपहिरोले अवरुद्ध बनेको तातोपानी बल्ल उठ्ने चरणमा छ, त्यतिखेर बगाएका सडक पुनर्निर्र्मार्ण गरिएका छन्, बजारमा व्यापार र स्थानीय पुरानै लयमा फर्किर्न थालेको छ,’ वडाध्यक्ष श्रेष्ठले भने ।
मितेरी पुलबाट करिब ५ किलोमिटर पश्चिम लार्चास्थित भोटेकोशीमाथिको पुल बगाएसँगै व्यापारी र स्थानीय प्रभावित भएका थिए । सडक र पुल नहुँदा सामान बोकेका चार सय कन्टेनर चीनको खासा, न्यालमसहित सीमाक्षेत्रकै सडकमा अलपत्र परेका थिए ।
बाह्रबिसे–तातोपानी (२६ किलोमिटर) को खाग्दलमा बेलिब्रिज निर्मार्ण सकेर सञ्चालनमा आएको छ भने चीनले मितेरी पुल पारिका बाढीले तहसनहस बनाएका क्वारेन्टाइन, पार्किर्ङस्थल र मितेरी पुलमुनिको मर्मर्तसम्भार गरिरहेको देखिन्छ ।
यसबाहेक चीनले खासा र यहाँसम्म पुग्ने करिब ७ किलोमिटर सडक र सुरुङमार्ग निर्मार्ण गरिरहेकाले समय–समयमा कन्टेनर आउजाउमा ढिलाइ हुने गरेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले जनाए ।
भोटेकोशी–२ तातोपानीबाट चीन जोड्ने मितेरी पुलको बीचमा चीनले मनमौजी सुरक्षा र चेकिङ गेट राखेको एक वर्ष भइसकेको छ । यो गेट चीनले मनमौजी राखेको भन्दै स्थानीय आक्रोशित बनेका छन् । यसबारे नाकामा असर पर्लार् भनेर सीमाक्षेत्रका जनप्रतिनिधि मौन बसेको केही स्थानीयले आरोपसमेत लगाए ।
‘चीनले मौन रूपमा पेलेको अनुभव भइरहेको छ, नदी मिचेर ढलान लगाइएको छ, जसकारण नदीले लिपिङ बजारलार्ई लगातार कटान गरिरहेको छ भने हाल मितेरी पुलको बीचमा आफूखुसी फलामे गेट राखेको छ,’ भोटेकोशी–२ का अध्यक्ष कुमार श्रेष्ठले भने । लिपिङ मितेरी पुलछेउ र पारि चीनको सीमा छुट्याउने दशगजा राख्न धेरै हारगुहार गर्न परेको उनले बताए ।
यसबारे आफूलाई थाहा नभएको र यसबारे मन्त्रालयमा बुझेर मात्रै केही भन्न सकिने प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए । ‘यसबारे यसै भन्न सकिँदैन, यहाँ त्यस्तो केही जानकारी नआएका हुनाले सबै कुरा बुझ्नुपर्नेर् देखिन्छ,’ उनले भने ।