मुख्य समाचार
इजरायली आक्रमणमा गाजामा तीन दिनमा २०० जनाको मृत्यु
इजरायली आक्रमणमा गाजामा तीन दिनमा २०० जनाको मृत्यु

— इजरायली सेना (आईडीएफ) ले गाजा क्षेत्रमा गरेको आक्रमणमा पछिल्लो तीन दिनमा कम्तीमा २ सय जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा अधिकांश महिला तथा बालकालिका रहेका अन्तर्राष्ट्रिय सञ्चार माध्यहरूले जनाएका छन् ।


प्यालेस्टिनी हमासद्वारा सञ्चालित सञ्चार कार्यालयले समूह ९४ वटा हवाई आक्रमण र गोलाबारी गरेको जनाएको छ । आक्रमणमा दर्जनौं घाइते भएको जनाइएको छ । आईडीएफले गाजालाई लक्ष्य गरी निहत्था नागरिक र आवासीय क्षेत्रमा आईडीएफले ‘खतरनाक र क्रूर’ आक्रमण गरेको जनाएको छ ।

ज्यान गुमाएका तथा घाइते भएहरूमध्ये अधिकांश भग्नावशेषमा फसेका र क्षतिग्रस्त पूर्वाधारका कारण उनीहरूलाई अस्पताल पुर्‍याउन बाधा पुगेको छ ।

प्यालेस्टानी समूह हमासले सन् २०२३ अक्टुबर ७ मा उत्तरी इजरायलमा आक्रमण गरेपछि दुई पक्षबीच युद्ध सुरू भएको हो । आक्रमणमा कम्तीमा १२ सयको ज्यान गएको थियो । त्यसका साथै, हमासले करिब २ सय ५० जनालाई बन्धक बनाएर लगेको थियो । तीमध्ये ९६ जना अझै हमासको नियन्त्रणमा छन् ।

युद्धका कारण ४५ हजारभन्दा बढी प्यालेस्टिनीका ज्यान गइसकेको छ । ज्यान गुमाउनेमध्ये एक तिहाइभन्दा बढी बालबालिका छन् । प्यालेस्टिनी अधिकारीका अनुसार अक्टुबर ७ यता मारिने बालबालिकाको संख्या १८ हजार छ । यसको अर्थ हरेक ३० मिनेटमा एक बालबालिकाले ज्यान गुमाउने गरेका छन् ।

दुई पक्षबीच केही सातायता अमेरिका, कतार र इजिप्टको मध्यस्थतामा युद्धविराम सम्झौताका लागि पहल भइहरेको छ । कतारको दोहा तथा इजिप्टको कायोरोमा भएका वार्ता सहमतिमा पुग्नै लागेको बताएको थियो । तर पछिल्ला आक्रमणले भने वार्ताको वातवरण बिथोलिने चिन्ता थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— महँगीकोविरुद्ध इरानमा सुरु भएको प्रदर्शनले उग्र रूप लिएको छ । विगत केही वर्षयताकै सबैभन्दा गम्भीर मानिएको यस सरकार विरोधी प्रदर्शनका क्रममा हालसम्म कम्तीमा ४५ जनाको मृत्यु भइसकेको छ । नर्वेस्थित 'इरान ह्युमन राइट्स' (आईएचआर)लाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनले प्रदर्शनका क्रममा हालसम्म ४५ जनाको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा ८ जना बालबालिका रहेका ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई अन्तर्राष्ट्रिय कानुन नचाहिने बताएका छन् । न्युयोर्क टाइम्ससँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले आफूलाई 'नैतिकता'ले मात्र रोक्न सक्ने बताएका हुन् । ट्रम्पले अन्तर्वार्ताका क्रममा भनेका छन्, 'मलाई अन्तर्राष्ट्रिय कानुन आवश्यक छैन । मलाई रोक्न सक्ने भनेको मेरै आफ्नै नैतिकता हो, मेरै आफ्नै मस्तिष्क हो ।' उनले अगाडि भनेका छन्, 'म मानिसहरूलाई ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोलाई ह्वाइट हाउस भ्रमणको निम्तो दिएका छन् । कोलम्बियास्थित सञ्चारसंस्था कोलम्बिया रिपोर्टका अनुसार पछिल्लो समय बिग्रिएको दुई देशबीचको सम्बन्धलाई पुनः लयमा फर्काउने प्रयासस्वरूप ट्रम्पले यस्तो कदम चालेका हुन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मार्फत पेट्रोसँग फोनमा कुराकानी भएको र उनलाई भेट्न उत्सुक रहेको जानकारी दिएका छन् ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले नयाँ ‘भिसा बन्ड’ नीतिमा नेपाललाई पनि समावेश गर्ने भएको छ । अमेरिकी विदेश मन्त्रालय (यूएस डिपार्टमेन्ट अफ स्टेट) ले सूचना सार्वजनिक गर्दै २१ जनवरी २०२६ देखि नेपाललाई पनि ‘भिसा बन्ड’ नीतिमा समावेश गर्ने भएको हो । नेपाललाई ‘भिसा बन्ड’ नीतिमा समावेश गरेसँगै २१ जनवरीदेखि व्यवसाय र पर्यटन भिसाका लागि आवेदन दिने आवेदकले ५ ...
: अमेरिकाको मिनियापोलिसमा अध्यागमन अधिकारीले चलाएको गोली लागेर एक महिलाको मृत्यु भएको छ। अमेरिकी अधिकारीहरूले गोली प्रहार आत्मरक्षाका लागि गरिएको दाबी गरेका छन्। तर, स्थानीय नेतृत्वले भने उक्त दाबीमाथि प्रश्न उठाएको छ। बीबीसीका अनुसार डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (DHS) का अनुसार ती महिलाले अफिसरमाथि गाडी चलाएर आक्रमण गर्ने प्रयास गरेकाले आत्मरक्षाका लागि गोली चलाउनुपरेको बताएका छन्। गृह ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम