मुख्य समाचार
मर्मत हुँदै च्यासल रंगशाला
मर्मत हुँदै च्यासल रंगशाला

— गत असोजको भारी वर्षा र बाढीका कारण क्षतिग्रस्त बनेको च्यासल रंगशाला अझैसम्म पुननिर्माण भइसकेको छैन । बाढी र डुबानले मैदानको खोलापट्टिको संरचना भत्काएको थियो भने चौरमा माटोले पुरिएर खण्डहर बनेको थियो ।

बाढीले क्षति भएको तीन महिनापछि अहिले मैदानको मर्मत सम्भारको काम भइरहेको छ । राष्ट्रिय खेलकूद परिषद्ले करिब पाँच वर्ष लगाएर सन् २०२१ मा यो मैदान निर्माण गरेको थियो । दशरथ रंगशालाको विकल्पकोरुपमा व्याख्या गरिएपनि अझैसम्म मैदानको वाग्मती किनारतर्फको प्यारापिट नै बनेको थिएन । यसवर्ष बाढीले थप क्षति पुर्‍याएपछि मैदानको निर्माण थप खर्चिलो बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: वीरगन्जमा जारी जय ट्रफी मेन्स एलिट कप क्रिकेटमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच भएको पहिलो खेल बराबरीमा सकिएको छ। नारायणी क्रिकेट मैदानमा भइरहेको दुई दिवसीय खेलमा सोमबार १७२ रनको लक्ष्यका साथ दोस्रो इनिङ्सको ब्याटिङ गरेको पुलिसले दोस्रो दिनको खेल सकिदाँ ४२ ओभरमा ५ विकेट गुमाएर ८८ रनमात्र बनाउन सकेपछि खेल बराबरीमा सकिएको ...
: यु-१९ महिला विश्वकपका लागि नेपाली टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले पुजा महतोको कप्तानीमा १५ सदस्सीय टोली घोषणा गरेको हो। टोलीमा सोनी पाख्रिन, साना प्रविण, ज्योत्सनिका मारासिनी, कुसुम गोदर, अलिशा कुमारी यादव, साबित्री धामी, तृस्ना विक, किरण कुमारी कुँवर, रिया शर्मा, रचना चौधरी, सीमा केसी, स्नेहा महरा, अनु कडात र कृष्मा गुरुङ रहेका ...
— म्यानचेस्टर युनाइटेडले आफ्नो लगातार चार खेलको हार क्रममा पूर्ण विराम लगाउँदै आइतबार इंग्लिस प्रिमियर लिगमा लिभरपुललाई २–२ को बहादुरीपूर्ण बराबरीमा रोकेको छ । एनफिल्डको यो नतिजाले लिभरपुलको उपाधि तर्फ उन्मुख यात्रामा धक्का पुगेको छ । लिभरपुललाई अझै पनि दोस्रोमा रहेको आर्सनलमाथि छ अंकको अग्रता प्राप्त छ र उसले एक खेल कम खेलेको छ । आर्ने स्लटका ...
— अस्ट्रेलियाले पाँचौं, अन्तिम तथा निर्णायक टेस्टमा आइतबार भारतलाई ६ विकेटले पराजित गरेको छ । सिडनी क्रिकेट मैदानमा जितका लागि १ सय ६२ रनको लक्ष्य पाएको अस्ट्रेलियाले चार विकेट गुमाएर त्यसलाई प्राप्त गरेको थियो । यससँगै अस्ट्रेलियाले सिरिज ३–१ ले जितेको छ र बोर्डर–गावस्कर ट्रफि आफ्नो नाममा लेखाएको छ । अस्ट्रेलियाले भारतलाई टेस्ट सिरिजमा हराएको यो ...
— नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी यु–१९ महिला विश्वकप प्रतियोगिताका लागि नेपाली टोली घोषणा गरेको छ । क्यानले पूजा महतोको कप्तानीमा शनिबार १५ सदस्यीय टोली घोषणा गरेको हो । नेपाली टोलीका अन्य खेलाडीमा सोनी पाख्रिन (उपकप्तान), साना प्रविन, ज्योत्सिन्का मरासिनी, कुसुम गोदार, सावित्रा धामी, कृश्मा गुरुङ, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, किरणकुमारी कुँवर, रचना ...