मुख्य समाचार
सर्वोच्च बारको अध्यक्षमा वरिष्ठ अधिवक्ता पोखरेल निर्वाचित
सर्वोच्च बारको अध्यक्षमा वरिष्ठ अधिवक्ता पोखरेल निर्वाचित

— सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा वरिष्ठ अधिवक्ता पोखरेल अध्यक्षमा निर्वाचित भएका हुन् ।


सर्वोच्च अदालत बार एसोसिएसनको नेतृत्वका लागि भएको निर्वाचनमा वरिष्ठ अधिवक्ता पोखरेलले ३६८ मत ल्याएर विजयी भएका हुन् । अध्यक्षका उम्मेदवारहरू वरिष्ठ अधिवक्ता महेशकुमार थापाले १८१ मत पाएका थिए भने अधिवक्ता प्रेमसिंह धामीले १५ मत पाएका थिए ।


उपाध्यक्षमा अधिवक्ता अम्बरबहादुर राउत विजयी भएका छन् । सचिवमा अधिवक्ता रमणकुमार कर्ण विजयी हुँदा सहसचिवमा अधिवक्ता पुन्देवी महर्जन सुजना निर्वाचित भइन् ।

कोषाध्यक्षमा अधिवक्ता रामचन्द्र पौडेल निर्वाचित भएका छन् भने महिला सदस्यमा शशी बस्नेत निर्वाचित भएकी छन् ।

त्यस्तै, सदस्यहरूमा अधिवक्ताहरू दुर्गामोहन श्रेष्ठ, इन्द्रशेखर खड्का, प्रदीपकुमार श्रेष्ठ, प्रदीपकुमार राजवंशी, नागेश्वरप्रसाद चौधरी, निर्मलप्रसाद उपाध्याय, ओमकृष्ण श्रेष्ठ, प्रमोद रेग्मी र शतिसराज मैनाली निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मुलुककै ठूलो तरकारी तथा फलफूल बजार कालीमाटी तरकारी बजारमा भित्रिएको रायो सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । भक्तपुर मध्यपुर थिमि नगरपालिकाबाट बिक्रीका लागि शुक्रबार कालीमाटी बजार ल्याइएको रायो सागमा ५५.७२३२ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । केन्द्रीय कृषि प्रयोगशालाले शुक्रबार कालीमाटी तरकारी बजारका १३ पसलको १३ ...
। स्वास्थ्य क्षेत्रमा ९७७ स्थायी दरबन्दी थप गर्ने प्रस्ताव अर्थ मन्त्रालयबाट स्वीकृत भएको छ । स्वास्थ्य मन्त्री निशा महेताको सचिवालयका अनुसार ९७७ नयाँ स्थायी प्राविधिक तथा विशेषज्ञको दरबन्दी थप्ने प्रस्ताव अर्थ मन्त्रालयबाट बुधबार स्वीकृत भएको हो । ‘स्वास्थ्य मन्त्रालयले लगेका दरबन्दीको प्रस्तावलाई बुधबार अर्थ मन्त्रालयले स्वीकृति दिएको छ,’ एक सचिवालय सदस्यले भने, ‘ अहिले स्वास्थ्यमा अति आवश्यक ...
। नोबेल मेडिकल कलेज विराटनगरमा शल्यक्रिया गरिएका बिरामीको मृत्यु भएको छ । विरामीको मृत्यु भएपछि आफन्तले प्रदर्शन गरेका छन् । मृगौलाको पत्थरीको शल्यक्रिया गराएका मोरङ कानेपोखरी गाउँपालिका–६ का ५४ वर्षीय नेत्रप्रसाद भण्डारीको मृत्यु भएपछि आफन्तले प्रदर्शन गरेका हुन् । भण्डारीलाई मृगौलामा पत्थरी भएपछि उपचारका लागि वैशाख १७ गते अस्पताल भर्ना गरिएको थियो । उनको सोही दिन उनको दुरबिन ...
। जनकपुरधामस्थित कृष्णा मेडिकल एन्ड टेक्निकल रिसर्च सेन्टर अस्पतालमा शल्यक्रियापछि एक महिलाको मृत्यु भएको घटना एक लाख रुपैयाँमा मिलापत्र गरिएको छ । वैशाख १६ गते पित्तथैलीको शल्यक्रिया गराएकी महोत्तरीको बलवा नगरपालिका–१ बञ्चौरीकी ३६ वर्षीया रागनीदेवी पासवानको शुक्रबार बिहान मृत्यु भएको थियो । मृतक परिवारका अनुसार शल्यक्रियावापत बुझाएको ८० हजार रुपैयाँ फिर्ता गर्नुका साथै एक लाख रुपैयाँ ...
। जनकपुरधामको निजी अस्पतालमा शल्यक्रिया गरेका एक बिरामीको मृत्यु भएपछि बिरामीका आफन्तहरू आन्दोलनमा उत्रिएका छन् । कृष्णा मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टर हस्पिटलमा महोत्तरीको बलवा नगरपालिका १ बञ्चौरीका ३६ वर्षीया रागनी देवी पासवानको मृत्यु भएको हो । १६ गते साँझ पित्त थैलीमा रहेको पत्थरीको शल्यक्रिया गरिएको उनको शुक्रबार बिहान ३ बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ ...