मुख्य समाचार
कोशीमा संकटग्रस्त सहकारीको व्यवस्थापनका लागि वरिष्ठ अधिवक्ता थापाको नेतृत्वमा समिति गठन
कोशीमा संकटग्रस्त सहकारीको व्यवस्थापनका लागि वरिष्ठ अधिवक्ता थापाको नेतृत्वमा समिति गठन

— कोशी प्रदेश सरकारले वरिष्ठ अधिवक्ता भरतबहादुर थापाको नेतृत्वमा संकटग्रस्त सहकारीहरूको व्यवस्थापनका लागि समिति गठन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले समितिको गठन गर्दै यसका काम, कर्तव्य र अधिकार पनि निर्धारण गरेको हो ।




समितिको अध्यक्ष थापासहित सहकारी विज्ञ धनप्रसाद सिवाकोटी, लेखा विज्ञ जीवन काफ्ले र मन्त्रालयका शाखा अधिकृत रामकुमार श्रेष्ठ सदस्य सचिवका रूपमा रहनेछन् । समितिमा कोशी प्रदेश सहकारी संघबाट एक जना सदस्य पनि मनोनीत हुने व्यवस्था गरिएको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जनाए ।


प्रदेश सरकारद्वारा जारी अध्यादेश–२०८१ अनुसार संकटग्रस्त सहकारीहरूको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीका लागि व्यवस्थापन समिति गठन गर्न सकिने कानुनी व्यवस्था गरिएको । यस समितिको अध्यक्ष कानुनको क्षेत्रमा १० वर्षभन्दा बढी अनुभव भएको व्यक्तिबाट नियुक्त गरिने प्रावधान छ ।

मन्त्रिपरिषद्को बैठकले सहकारी व्यवस्थापनसम्बन्धी निर्णयबाहेक कृषि कर्जा व्याज अनुदान कार्यविधि स्वीकृत गर्ने, खानेपानी तथा सरसफाइ विधेयक, वन ऐन संशोधन विधेयक र वातावरण संरक्षण ऐन संशोधन विधेयक प्रदेशसभामा पेस गर्ने निर्णय पनि गरेको छ । साथै, पाथिभरा क्षेत्र, बृहत् बराह क्षेत्र, र हलेसी महादेवस्थान विकास समितिका गठन आदेशहरू संशोधन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यो व्यवस्थापन समितिको गठनले संकटग्रस्त सहकारीहरूको सुधार र दायित्व समाधानमा सहयोग पुग्ने अपेक्षा सरकारको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा एमालेले सहकारी प्रकरणमा भइरहेको अनुसन्धानलाई राजनीतिककरण गर्ने प्रयास भइरहेको बताएको छ। आइतबारदेखि सुरू भएको एमाले केन्द्रीय कमिटीको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेसहितका आरोपितमाथि भइरहेको अनुसन्धान र अभियोजनलाई राजनीतिकरण गर्न खोजिएको उल्लेख छ। आफ्ना सभापति सहकारी प्रकरणमा अनुसन्धानमा तानिएपछि रास्वपाका नेता कार्यकर्ताहरूबाट प्रकट ...
: नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले कोसी प्रदेशको विरुद्धमा माओवादीले उग्र जातीयतावादी र राजावादीसँग मोर्चाबन्दी गरिरहेको निष्कर्ष निकालेको छ। च्यासलमा जारी एमालेको केन्द्रीय समिति बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा माओवादी केन्द्रले कोसीमा पूर्व राजावादीहरूसँग बाक्लै उठबस गरिरहेको उल्लेख छ। ‘असार ३० साँझसम्म प्रधानमन्त्रीकै कुर्चीमा रहेका र कुर्चीमा रहँदासम्म ...
: कोरियन भाषा पास गरेपछि हुने प्रक्रियागत ढिलाइको समाधान गर्न माग गर्दै नेपालस्थित इपीएस शाखाका प्रमुखलाई ज्ञापनपत्र बुझाइएको छ। भाषा प्रशिक्षकहरूको सहभागितामा ईपीएसमार्फत कोरिया जाने विद्यार्थीहरूको फ्लाइट रद्द, सिप विल्डिङ तथा कृषितर्फ पास भएका विद्यार्थीहरूको प्रक्रियागत ढिलाइ तथा कोरिया रिटर्नीको विभिन्न समस्याहरू समाधानको माग गर्दै ईपीएस कार्यालय प्रमुख राजकुमार राईलाई ज्ञापनपत्र बुझाइएको हो। भाषा ...
: प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशभक्त, प्रगतिशील र जनवादी शक्तिहरु मजबुद भएका कारण मुलुकका प्रतिक्रियावादी शक्तिहरु आतङ्कित भएको बताएका छन्। आजदेखि च्यासलमा सुरु भएको एमालेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिक्रियावादी शक्तिहरु निर्दयी र अमानवीयरुपमा एमालेविरुद्ध झुठा प्रचारमा लागेको टिप्पणी गरेका हुन्। उनले एमालेको लोकप्रियता देखेर यसको लोकप्रियता ...
: भारत सरकारको सहयोगमा निर्मित म्याग्दी बहुमुखी क्याम्पसको भवन हस्तान्तरण गरिएको छ। ‘नेपाल-भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको २ करोड ७९ लाख ३० हजारमा निर्माण गरिएको उक्त क्याम्पसको भवन तथा छात्रावास हस्तान्तरण गरिएको हो। जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा र काठमाडौंस्थित भारतीय दूतावासका काउन्सलर अविनाश कुमार सिंहले संयुक्तरूपमा क्याम्पस व्यवस्थापन समितिलाई औपचारिकरूपमा हस्तान्तरण गरेका ...