मुख्य समाचार
पिंगलास्थानमा युवती मृत्यु प्रकरण : सँगै होटल गएका युवक पनि जंगलमा मृत भेटिए
पिंगलास्थानमा युवती मृत्यु प्रकरण : सँगै होटल गएका युवक पनि जंगलमा मृत भेटिए

— काठमाडौं–९ पिंगलास्थानको वागमती होटलमा युवती मृत फेला परेको चार दिनपछि उनीसँगै होटल गएका युवकको पनि शव फेला परेको छ ।शनिबार ओखलढुंगाको सुनकोशी गाउँपालिका–३ सिस्नेरीस्थित जंगलमा रुखमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रशासन कार्यालय, ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी डा.नारायण ढकालले जानकारी दिए ।




मंगलबार कागेश्वरी मनोहरा–२ की २१ वर्षीया सुस्मिता खड्का र ओखलढुंगाका २३ वर्षका टेकबहादुर थापा उक्त होटलमा बास बसेका थिए । भोलिपल्ट अंग्रेजी नयाँ वर्षको दिन बुधबार युवती खड्काको शव फेला परेको थियो भने युवक बेपत्ता थिए ।


युवकले बाहिरबाट होटलको ढोका लगाएर बेपत्ता भएपछि प्रहरीले हत्याको आशंका गरेर अनुसन्धान गरिरहेको थियो । होटलमा उनीहरूले ३ हजार रुपैयाँसमेत एड्भान्स दिएका थिए ।

होटल प्रशासनले दुवै जना बसेको ३०८ नम्बरको कोठाको ढोका बुधबार अबेरसम्म नखुलेपछि प्रहरीलाई खबर गरेको थियो । प्रहरी अधिकृत र स्थानीय जनप्रतिनिधिको उपस्थितिमा ढोका खोल्दा खड्का मृत फेला परेकी थिइन् । काठमाडौं महानगरपालिका–९ का वडा सदस्य टेकराज अधिकारीका अनुसार मृत भेटिएकी खड्काको मुखबाट फिँज आएको थियो ।

यद्यपि, उनको शरीरमा कुनै चोटपटक भने देखिँदैनथ्यो । उनले लगाएका कपडा पनि बिग्रेका थिएनन् । जुत्ता समेत लगाएर खाटको कुनापट्टि सुतेको जस्तो देखिन्थ्यो । दुईवटा रेडबुलका खाली डब्बा भने कोठामा भेटिएका थिए । प्रहरीका अनुसार उनीहरूबीच फोन सम्पर्क र म्यासेज आदानप्रदान भएको देखिन्छ । तर, युवतीको मोबाइल भने प्रहरीले फेला पार्न सकेको छैन ।

युवतीसँगै होटल गएका युवक पुस पहिलो हप्ता जापानबाट काठमाडौं आएका हुन् । यसअघि युवकले अध्ययन गरेकै ठाउँमा युवती पनि जापानी भाषासँगै कलेज पढ्दै थिइन् । उनीहरूबीच ३ वर्षअघिदेखि प्रेम सम्बन्धसमेत रहेको पारिवारिक स्रोतले बताएको छ । बिहे नै गर्ने गरेर दुवै परिवारलाई यसबारे जानकारी दिइएको भए पनि युवक र युवतीबीच पछिल्ला दिनमा सम्बन्ध बिग्रेको बताइएको छ ।

मृतकका आफन्तसँग समन्वय गर्दै अनुसन्धान चलिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । यद्यपि, मृत अवस्थामा भेटिएका युवकका बारेमा भने प्रहरीले आधिकारिक रूपमा कुनै जानकारी सार्वजनिक गरेको छैन । युवतीका परिवारले भने युवकविरुद्ध किटानी जाहेरी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णलाई प्राधिकरणको निमित्त महानिर्देशकको जिम्मेवारी दिएको छ।
औषधि व्यवस्था विभाग वीरगन्ज शाखाले यसै साता जनकपुर, महेन्द्रगनर, ढल्केवर, वीरेन्द्रबजार, मलङ्गवा लगायतका स्थानमा गरेको अनुगमनका क्रममा दर्ता नै नगरी सन्चालन गरिएका जनकपुरका चार औषधि पसलमा शिलबन्दी गरेको छ ।
११ औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष केपीशर्मा ओलीसँग वरिष्ठ उपाध्यक्ष पोखरेल पराजित
नेकपा एकीकृत समाजवादी पार्टी छोडेर एमालेमै फर्किएकी नेतृ रामकुमारी झाँक्री केन्द्रीय सदस्य निर्वाचित भएकी छन् ।
। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले फेलोसिप कार्यक्रममा चिकित्सकलाई निर्वाह भत्ता उपलब्ध गराउने भएको छ । बिहीबार प्रतिष्ठानले सूचना जारी गरी फेलोसिप कार्यक्रममा स्नातकोत्तर तहसरहको निर्वाह भत्ता उपलब्ध हुने जनाएको छ । ‘विभिन्न विषयका फेलोसिप कार्यक्रममा भर्ना हुने चिकित्सकलाई चिकित्सा शिक्षा आयोगको गाइडलाइनबमोजिम मास्टर लेभलसरहको निर्वाह भत्ता (स्टाइपेन्ड) उपलब्ध गराउने निर्णय भएको छ’ सूचनामा भनिएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम