मुख्य समाचार
वाग्मती प्रदेश सरकारले आफ्नो सीमामा अत्याधुनिक चेकपोस्ट निर्माण सुरु
वाग्मती प्रदेश सरकारले आफ्नो सीमामा अत्याधुनिक चेकपोस्ट निर्माण सुरु

— वाग्मती प्रदेश सरकारले आफ्नो सीमामा अत्याधुनिक चेकपोस्ट निर्माण सुरु गरेको छ । पहिलो चरणमा मधेश प्रदेशसँग सीमा जोडिएको मुख्य प्रवेशबिन्दुमा चेकपोस्ट निर्माण सुरु गर्न लागेको हो ।




शुक्रबार हेटौंडा–१५ स्थित रातोमाटेमा मुख्यमन्त्री बहादुरसिंह लामाले चेकपोस्ट निर्माणस्थलको अनुगमन गरेका छन् । उनले स्थानीय तहसँग समन्वय गरेर चेकपोस्ट निर्माणस्थलको अनुगमन गरेका हुन् । प्रदेश सरकारले रातोमाटेसहित पहिलो चरणमा सिन्धुली जिल्लाको भिमानमा चेकपोस्ट निर्माण गर्न लागेको हो ।


दोस्रो चरणमा चितवनको नारायणगढ मुग्लिनमा, तेस्रो चरणमा सिन्धुलीको नागथान, रसुवाको रसुवागढी, सिन्धुपाल्चोकको कोदारी र दोलखाको लामाबगरमा चेकपोस्ट निर्माण गर्न लागेको हो । चेकपोस्टमा सवारीसाधानको चेकिङका लागि अत्याधुनिक मेसिनसहित सीसीक्यामेरा र सुरक्षाकर्मी परिचालन गर्ने योजना सरकारको रहेको छ ।वाग्मती प्रदेशको प्रवेशबिन्दुमा हामीले चेकपोस्ट निर्माण गर्न लागेका हौं । यसबाट आन्तरिक सुरक्षा अवस्था थप बलियो हुने अपेक्षा हामीले लिएका छौं,’ मुख्यमन्त्री लामाले भने । स्थानीय तहसँग समन्वय गरेर बिनाविवाद चेकपोस्ट निर्माण गरिने बताए । उनले अन्तर्राष्ट्रिय सीमामा प्रदेश सरकार प्रवेश नगर्ने बताए ।

आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले चेकपोस्ट अत्याधुनिक हुने दाबी गरे । ‘हाम्रो प्रदेशको प्रवेश गर्ने स्थानमै चेक भएपछि अन्य स्थानमा समस्या नहुने गरी आन्तरिक व्यवस्थापन गर्नेछौं,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एमालेको केन्द्रीय कमिटी बैठकमा पार्टीमा गुटबन्दी झाँगिदै गएकोमा चिन्ता व्यक्त गरिएको छ। दुई दिनदेखि जारी बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले गुटबन्दी, अनुशासनहीनता र अवसरवादी चरित्र बढ्दै गएको गुनासो गरेका छन्। उनीहरूले माथिल्लो तहबाटै संरक्षण हुँदा पार्टीमा गुटबन्दी बढेको भन्दै गुटबन्दी अन्त्यका लागि नेतृत्वसँग आग्रह पनि गरेका छन्। माथिको गुटबन्दीले तलसम्म असर पारिरहेको ...
: मुस्ताङमा ६ करोड ८१ लाख बढीको सामग्री बरामद भएको छ। लु १ ख ६९९९ नम्बरको ट्रकमा कोरलानाका हुँदै अवैध रूपमा जोमसोमतर्फ ल्याउँदै गरेको सामग्री बरामद गरिएको हो। उत्तरी कोरलानाका हुँदै बेनीतर्फ जाँदै गरेको उक्त ट्रकमा भन्सार प्रज्ञापनपत्र बिल बिजक बिनाको सामग्री भेटिएको जिल्ला प्रहरीले कार्यालय मुस्ताङले जनाएको छ। डीएसपी सूर्यबहादुर बोगटीको कमाण्डमा खटिएको टोलीले चेकजाँच ...
: नेकपा एमालेले अझै पनि अस्थिरतामा रमाउन चाहने तत्त्व सक्रिय रहेको जनाएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय समिति बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिक परिस्थितिसहितको विषयवस्तु समेटिएको प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ। राजनीतिक प्रतिवेदनमा दुई ठूला दल सम्मिलित सरकारसँग वैधता र आधिकारिकता हुँदाहुँदै पनि ...
: नेकपा एमालेले सहकारी प्रकरणमा भइरहेको अनुसन्धानलाई राजनीतिककरण गर्ने प्रयास भइरहेको बताएको छ। आइतबारदेखि सुरू भएको एमाले केन्द्रीय कमिटीको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेसहितका आरोपितमाथि भइरहेको अनुसन्धान र अभियोजनलाई राजनीतिकरण गर्न खोजिएको उल्लेख छ। आफ्ना सभापति सहकारी प्रकरणमा अनुसन्धानमा तानिएपछि रास्वपाका नेता कार्यकर्ताहरूबाट प्रकट ...
: नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले कोसी प्रदेशको विरुद्धमा माओवादीले उग्र जातीयतावादी र राजावादीसँग मोर्चाबन्दी गरिरहेको निष्कर्ष निकालेको छ। च्यासलमा जारी एमालेको केन्द्रीय समिति बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा माओवादी केन्द्रले कोसीमा पूर्व राजावादीहरूसँग बाक्लै उठबस गरिरहेको उल्लेख छ। ‘असार ३० साँझसम्म प्रधानमन्त्रीकै कुर्चीमा रहेका र कुर्चीमा रहँदासम्म ...