मुख्य समाचार
सहकारीलाई व्यवस्थित गर्न सरकारी क्रियाशील छ : मन्त्री गुरुङ
सहकारीलाई व्यवस्थित गर्न सरकारी क्रियाशील छ : मन्त्री गुरुङ

— सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले केही सहकारी संस्थाका कारण समग्र सहकारी क्षेत्र नै बदनाम भइरहेको उल्लेख गर्दै सहकारीलाई व्यवस्थित गर्न सरकार क्रियाशील रहेको बताएका छन् ।


दिगो पर्यटन सहकारी संस्थाको आज यहाँ आयोजित १४औँ साधारणसभामा मन्त्री गुरुङले सहकारीहरुलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्न हालै सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी भएको बताए ।

उनले सहकारीलाई नियमन गर्न बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थालाई पारदर्शी एवं प्रभावकारी बनाउन राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गर्ने व्यवस्था समेत अध्यादेशमा भएको जानकारी दिए ।
सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले अब एक व्यक्ति एकै प्रकृतिका एकभन्दा बढी सहकारी संस्थामा सदस्य बन्न नपाउने, बचत तथा ऋण कारोबारको सूचना कर्जा सूचना केन्द्रलाई अनिवार्य रुपमा उपलब्ध गराउनुपर्ने, व्यक्तिगत बचत तथा ऋणको सीमा निर्धारण एवं कार्यक्षेत्र तोकिएको बताए ।

'सहकारीमा भएको बचत हिनामिना गर्नेलाई कारबाहीको दायरामा ल्याउने काम भइरहेको छ,' उनले भने, 'बचतकर्ताको बचत फिर्ता गराउने काम सरकारले गरिरहेको छ ।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एमालेको केन्द्रीय कमिटी बैठकमा पार्टीमा गुटबन्दी झाँगिदै गएकोमा चिन्ता व्यक्त गरिएको छ। दुई दिनदेखि जारी बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले गुटबन्दी, अनुशासनहीनता र अवसरवादी चरित्र बढ्दै गएको गुनासो गरेका छन्। उनीहरूले माथिल्लो तहबाटै संरक्षण हुँदा पार्टीमा गुटबन्दी बढेको भन्दै गुटबन्दी अन्त्यका लागि नेतृत्वसँग आग्रह पनि गरेका छन्। माथिको गुटबन्दीले तलसम्म असर पारिरहेको ...
: मुस्ताङमा ६ करोड ८१ लाख बढीको सामग्री बरामद भएको छ। लु १ ख ६९९९ नम्बरको ट्रकमा कोरलानाका हुँदै अवैध रूपमा जोमसोमतर्फ ल्याउँदै गरेको सामग्री बरामद गरिएको हो। उत्तरी कोरलानाका हुँदै बेनीतर्फ जाँदै गरेको उक्त ट्रकमा भन्सार प्रज्ञापनपत्र बिल बिजक बिनाको सामग्री भेटिएको जिल्ला प्रहरीले कार्यालय मुस्ताङले जनाएको छ। डीएसपी सूर्यबहादुर बोगटीको कमाण्डमा खटिएको टोलीले चेकजाँच ...
: नेकपा एमालेले अझै पनि अस्थिरतामा रमाउन चाहने तत्त्व सक्रिय रहेको जनाएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय समिति बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिक परिस्थितिसहितको विषयवस्तु समेटिएको प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ। राजनीतिक प्रतिवेदनमा दुई ठूला दल सम्मिलित सरकारसँग वैधता र आधिकारिकता हुँदाहुँदै पनि ...
: नेकपा एमालेले सहकारी प्रकरणमा भइरहेको अनुसन्धानलाई राजनीतिककरण गर्ने प्रयास भइरहेको बताएको छ। आइतबारदेखि सुरू भएको एमाले केन्द्रीय कमिटीको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेसहितका आरोपितमाथि भइरहेको अनुसन्धान र अभियोजनलाई राजनीतिकरण गर्न खोजिएको उल्लेख छ। आफ्ना सभापति सहकारी प्रकरणमा अनुसन्धानमा तानिएपछि रास्वपाका नेता कार्यकर्ताहरूबाट प्रकट ...
: नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले कोसी प्रदेशको विरुद्धमा माओवादीले उग्र जातीयतावादी र राजावादीसँग मोर्चाबन्दी गरिरहेको निष्कर्ष निकालेको छ। च्यासलमा जारी एमालेको केन्द्रीय समिति बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा माओवादी केन्द्रले कोसीमा पूर्व राजावादीहरूसँग बाक्लै उठबस गरिरहेको उल्लेख छ। ‘असार ३० साँझसम्म प्रधानमन्त्रीकै कुर्चीमा रहेका र कुर्चीमा रहँदासम्म ...