मुख्य समाचार
प्राकृतिक विपद् : १२ अर्ब ८६ करोड ६६ लाख बराबरको बिमा दाबी
प्राकृतिक विपद् : १२ अर्ब ८६ करोड ६६ लाख बराबरको बिमा दाबी

— गत असोजको १० गते पछिको अविरल वर्षापछिको बाढी र पहिरोबाट भएको क्षतिबाट १२ अर्ब ८६ करोड ६६ लाख ८८ हजार तीन सय ३१ रुपैयाँ बराबरको बिमा दाबी भएको छ ।


नेपाल बिमा प्राधिकरणका अनुसार कूल तीन हजार छ सय ८६ वटा दाबीको आवेदन परेको छ । सोमध्ये हालसम्म एक हजार आठ सय नौ वटा दाबीको एक अर्ब ७८ करोड ८१ लाख ३८ हजार एक सय ५४ रुपैयाँ बराबर भुक्तानी भएको छ ।

प्राधिकरणका अनुसार सम्पत्ति बिमामा एक हजार सात सय ७४ वटा दाबी परेको छ । नौ अर्ब २२ करोड २५ लाख ५६ हजार दुई सय २८ रुपैयाँ बराबरको दाबी सम्पत्ति बिमामा परेको छ ।

यस्तै, इञ्जियिरिङ तथा ठेकेदार जोखिममा तीन सय २४ वटा दाबी परेको छ । त्यसमा दुई अर्ब ८४ करोड १९ लाख २६ हजार पाँच सय ९२ रुपैयाँ बराबरको दाबी परेको प्राधिकरणले जनाएको छ । मोटर बिमा निजीतर्फ नौ सय ५४ वटा आवेदन परेको छ । त्यसमा ४१ करोड ५३ लाख ४४ हजार रुपैयाँ बराबरको दाबी रकम माग गरिएको छ ।

मोटर बिमा सार्वजनिकतर्फ तीन सय ९३ वटाको आवेदन परेको छ । त्यसमा २८ करोड ९९ लाख १६ हजार रुपैयाँ बराबरको दाबी रकम माग भएको छ । सामुन्द्रिक बिमामा २३ वटा आवेदन परेको छ । त्यसमा चार करोड चार लाख ९७ हजार रुपैयाँ बराबरको रकम माग भएको छ ।

पशुपन्छी बिमातर्फ ६० वटा आवेदन पर्दा तीन करोड ८२ लाख ५५ हजार दुई सय ६७ रुपैयाँ बराबरको रकम माग भएको छ । कृषि बाली बिमातर्फ एक सय ३७ वटा आवेदन पर्दा एक करोड पाँच लाख ९१ हजार छ सय ९५ रुपैयाँ बराबरको माग दाबी भएको छ । विविधतर्फ २१ वटा आवेदन पर्दा ७५ लाख ९९ हजार सात सय ६७ रुपैयाँ बराबरको माग दाबी भएको छ ।



प्राधिकरणका अनुसार कोशीमा दुई सय ६७ दाबी परेकामा एक सय ५८ वटाको भुक्तानी भएको छ । मधेशमा एक सय आठ वटामा ३७ को मात्रै भुक्तानी भएको छ । वर्षा र बाढी प्रभावित वाग्मती प्रदेशमा तीन हजार दुई सय १३ माग दाबी रहेकामा एक हजार पाँच सय ८५ वटाको बभुक्तानी भएको छ ।

गण्डकीमा ४७ वटाको माग हुँदा १५ को मात्रै भुक्तानी भएको छ । कर्णालीमा आठ वटा आवेदन पर्दा चार वटाको भुक्तानी भएको छ । त्यस्तै, सुदूरपश्चिममा छ वटा आवेदन पर्दा तीन वटाको भुक्तानी भएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एमालेको केन्द्रीय कमिटी बैठकमा पार्टीमा गुटबन्दी झाँगिदै गएकोमा चिन्ता व्यक्त गरिएको छ। दुई दिनदेखि जारी बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले गुटबन्दी, अनुशासनहीनता र अवसरवादी चरित्र बढ्दै गएको गुनासो गरेका छन्। उनीहरूले माथिल्लो तहबाटै संरक्षण हुँदा पार्टीमा गुटबन्दी बढेको भन्दै गुटबन्दी अन्त्यका लागि नेतृत्वसँग आग्रह पनि गरेका छन्। माथिको गुटबन्दीले तलसम्म असर पारिरहेको ...
: मुस्ताङमा ६ करोड ८१ लाख बढीको सामग्री बरामद भएको छ। लु १ ख ६९९९ नम्बरको ट्रकमा कोरलानाका हुँदै अवैध रूपमा जोमसोमतर्फ ल्याउँदै गरेको सामग्री बरामद गरिएको हो। उत्तरी कोरलानाका हुँदै बेनीतर्फ जाँदै गरेको उक्त ट्रकमा भन्सार प्रज्ञापनपत्र बिल बिजक बिनाको सामग्री भेटिएको जिल्ला प्रहरीले कार्यालय मुस्ताङले जनाएको छ। डीएसपी सूर्यबहादुर बोगटीको कमाण्डमा खटिएको टोलीले चेकजाँच ...
: नेकपा एमालेले अझै पनि अस्थिरतामा रमाउन चाहने तत्त्व सक्रिय रहेको जनाएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय समिति बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिक परिस्थितिसहितको विषयवस्तु समेटिएको प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ। राजनीतिक प्रतिवेदनमा दुई ठूला दल सम्मिलित सरकारसँग वैधता र आधिकारिकता हुँदाहुँदै पनि ...
: नेकपा एमालेले सहकारी प्रकरणमा भइरहेको अनुसन्धानलाई राजनीतिककरण गर्ने प्रयास भइरहेको बताएको छ। आइतबारदेखि सुरू भएको एमाले केन्द्रीय कमिटीको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेसहितका आरोपितमाथि भइरहेको अनुसन्धान र अभियोजनलाई राजनीतिकरण गर्न खोजिएको उल्लेख छ। आफ्ना सभापति सहकारी प्रकरणमा अनुसन्धानमा तानिएपछि रास्वपाका नेता कार्यकर्ताहरूबाट प्रकट ...
: नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले कोसी प्रदेशको विरुद्धमा माओवादीले उग्र जातीयतावादी र राजावादीसँग मोर्चाबन्दी गरिरहेको निष्कर्ष निकालेको छ। च्यासलमा जारी एमालेको केन्द्रीय समिति बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा माओवादी केन्द्रले कोसीमा पूर्व राजावादीहरूसँग बाक्लै उठबस गरिरहेको उल्लेख छ। ‘असार ३० साँझसम्म प्रधानमन्त्रीकै कुर्चीमा रहेका र कुर्चीमा रहँदासम्म ...