मुख्य समाचार
दैलेखमा चार हजार ड्रिलिङपछि देखियो ग्यास भण्डारणको संकेत
दैलेखमा चार हजार ड्रिलिङपछि देखियो ग्यास भण्डारणको संकेत

दैलेखको भैरवी गाउँपालिका-१ स्थित जलजलेमा ४ हजार २ मिटर गहिराइसम्म र ड्रिलिङ गर्दा ग्यास भण्डारणको संकेत देखा परेको छ । पेट्रोलियम अन्वेषण गर्न सुरु गरिएको ड्रिलिङको काम सम्पन्न भएको छ ।




खानी तथा भूगर्भ विभागका अनुसार ड्रिलिङपछि नमुना स्याम्पल निकालिएको छ । ड्रिलिङ गर्दा निस्किएको स्याम्पल तथा नमुनाहरू चीनको ल्याबमा पठाइएको छ । चीन सरकारको जिओलोजिकल सर्वे कम्पनीले भौगर्भिक अध्ययन गरेको अन्वेषण परियोजनामा सीएनपीसी इन्जिनियरिङले उत्खननको काम थालेको थियो ।


पेट्रोलियम अन्वेषण तथा प्रवर्द्धन केन्द्रका सिनियर डिभिजनल डा. गणेशनाथ त्रिपाठीले चीनबाट नमुनाको परीक्षणपछि व्यावसायिक रुपमा उत्खनन हुने नहुनेमा स्पष्ट हुने बताए । 'आज बिहानसम्म ४ हजार ९ मिटरसम्म ड्रिलिङको काम भएको छ,’ उनले भने, 'सम्झौता अनुसार ४ हजार हो तर प्राविधिक कारण १३ मिटर थप ड्रिलिङ हुने भएको छ ।’

उनका अनुसार ड्रिलिङको काम सकिएपछि आजसम्म उक्त स्थानमा गरेको कामका बारेमा समेटिएको डाटा र तथ्यांक एकै पटक आउनेछ, त्यसपछि ग्यास भण्डार भएको या नभएको थाहा हुन्छ । अहिलेको ड्रिलिङको कामले गर्दा ग्यासको भण्डारण रहेको संकेत पाइएको छ ।

नेपाल सरकारले २०८२ सम्म पेट्रोलियम अन्वेषणको काम सक्ने तयारी गरेको छ । चैत २०७१ मा नेपाल र चीनबीच पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्ने सहमति भएसँगै २०७५ माघमा पेट्रोलियम तथा ग्यास खानीबारे विस्तृत अन्वेषण गर्नेसम्बन्धी परियोजना स्वीकृत भएको थियो ।

पेट्रोलियम पदार्थको उत्खनन र अन्वेषणमा गर्न २ अर्ब ४० करोड रुपैयाँसँगै प्राविधिक सहयोग गर्ने गरी चीन र नेपाल सरकारबीच सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एमालेको केन्द्रीय कमिटी बैठकमा पार्टीमा गुटबन्दी झाँगिदै गएकोमा चिन्ता व्यक्त गरिएको छ। दुई दिनदेखि जारी बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले गुटबन्दी, अनुशासनहीनता र अवसरवादी चरित्र बढ्दै गएको गुनासो गरेका छन्। उनीहरूले माथिल्लो तहबाटै संरक्षण हुँदा पार्टीमा गुटबन्दी बढेको भन्दै गुटबन्दी अन्त्यका लागि नेतृत्वसँग आग्रह पनि गरेका छन्। माथिको गुटबन्दीले तलसम्म असर पारिरहेको ...
: मुस्ताङमा ६ करोड ८१ लाख बढीको सामग्री बरामद भएको छ। लु १ ख ६९९९ नम्बरको ट्रकमा कोरलानाका हुँदै अवैध रूपमा जोमसोमतर्फ ल्याउँदै गरेको सामग्री बरामद गरिएको हो। उत्तरी कोरलानाका हुँदै बेनीतर्फ जाँदै गरेको उक्त ट्रकमा भन्सार प्रज्ञापनपत्र बिल बिजक बिनाको सामग्री भेटिएको जिल्ला प्रहरीले कार्यालय मुस्ताङले जनाएको छ। डीएसपी सूर्यबहादुर बोगटीको कमाण्डमा खटिएको टोलीले चेकजाँच ...
: नेकपा एमालेले अझै पनि अस्थिरतामा रमाउन चाहने तत्त्व सक्रिय रहेको जनाएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय समिति बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिक परिस्थितिसहितको विषयवस्तु समेटिएको प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ। राजनीतिक प्रतिवेदनमा दुई ठूला दल सम्मिलित सरकारसँग वैधता र आधिकारिकता हुँदाहुँदै पनि ...
: नेकपा एमालेले सहकारी प्रकरणमा भइरहेको अनुसन्धानलाई राजनीतिककरण गर्ने प्रयास भइरहेको बताएको छ। आइतबारदेखि सुरू भएको एमाले केन्द्रीय कमिटीको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेसहितका आरोपितमाथि भइरहेको अनुसन्धान र अभियोजनलाई राजनीतिकरण गर्न खोजिएको उल्लेख छ। आफ्ना सभापति सहकारी प्रकरणमा अनुसन्धानमा तानिएपछि रास्वपाका नेता कार्यकर्ताहरूबाट प्रकट ...
: नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले कोसी प्रदेशको विरुद्धमा माओवादीले उग्र जातीयतावादी र राजावादीसँग मोर्चाबन्दी गरिरहेको निष्कर्ष निकालेको छ। च्यासलमा जारी एमालेको केन्द्रीय समिति बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा माओवादी केन्द्रले कोसीमा पूर्व राजावादीहरूसँग बाक्लै उठबस गरिरहेको उल्लेख छ। ‘असार ३० साँझसम्म प्रधानमन्त्रीकै कुर्चीमा रहेका र कुर्चीमा रहँदासम्म ...