— लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उत्तरदायी पत्रकारिता आजको आवश्यकता भएको बताएका छन् ।
प्रेस चौतारी नेपाल दाङबाट प्रतिनिधित्व गर्दै नेपाल पत्रकार महासंघमा नवनिर्वाचित पदाधिकारीलाई सम्मान गर्न शुक्रबार घोराहीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले पत्रकार समाजप्रति जवाफदेही भएर काम गर्नुपर्ने विचार व्यक्त गरे ।
मर्यादित र व्यावसायिक पत्रकारिताको आवश्यकता औल्याउँदै आचार्यले केही विकृति, विसंगति भित्रिएकोप्रति चिन्ता व्यक्त गरे । सञ्चार क्षेत्रको सबलीकरणका लागि प्रदेश सरकारले प्राथमिकतामा राखेर सञ्चार ऐनलाई संशोधन गर्ने प्रक्रिया अघि बढाएको उनले बताए ।
संचार ऐनलाई संशोधन गरेर मिडिया क्षेत्रमा देखिएका समस्या समाधान गर्ने सरकारको योजना रहेको उनले बताए ।