मुख्य समाचार
छानबिन र कारबाहीको माग गर्दै नेविसंघ अध्यक्ष शेर्पाले दिए पार्टीमा उजुरी
छानबिन र कारबाहीको माग गर्दै नेविसंघ अध्यक्ष शेर्पाले दिए पार्टीमा उजुरी

— नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले संगठनका केही सदस्यहरूले संगठनको हितविपरीत कार्य गरेको भन्दै छानबिन र कारबाहीका लागि पार्टीमा उजुरी दिएका छन्।




उनले दोषी ठहर भए आफूमाथि समेत कारबाही गर्न, तर संगठनको विधि पद्धतिविपरीत कामहरू रोक्नुपर्ने माग गरेका छन् । नेविसंघकै नेताहरूले अध्यक्ष शेर्पामाथि व्यक्तिगत खातामा पैसा जम्मा गरेर हिनामिना गरेको आरोप लागेको थियो। सोही विषयमाथि छानबिन र कारबाहीको माग गर्दै उनले पार्टीको सुशासन समितिमा उजुरी दिएका हुन् ।


'ममाथि बिना प्रमाण झुटा आरोप, आर्थिक अपचलनको लान्छना लगाई चरित्र हत्या गरी संघको छवि समेत धुमिल गर्न गरिरहेको दुष्प्रयास, संगठनको विधि र पद्धति समेतको धज्जी उडाउने, विद्यार्थी आन्दोलनमाथि चौतर्फी आक्रमण भइरहेको छ,' उनले भनेका छन् ।

पार्टीको महाधिवेशन नजिकिँदा नेविसंघमा पनि पार्टीको गुटगत विभाजनको प्रभाव बढ्दो छ । अध्यक्ष शेर्पाले साझा बनेर काम गर्न नसकेको भन्दै नेता शेखर कोइराला पक्षका केन्द्रीय सदस्यहरूले विभिन्न विषयमा मतान्तर राख्दै समानान्तर गतिविधि गरिरहेका छन् । पछिल्लो पटक सदस्यता वितरणका लागि केन्द्रीय प्रतिनिधि तोक्ने विषयलाई लिएर उत्पन्न विवादबीच संस्थापन र संस्थापनइत्तर पक्षका नेविसंघ नेताहरूबीच आरोपप्रत्यारोप चलेको हो ।

पुस ७ गतेदेखि देशभरका क्याम्पसहरूमा नेविसंघको सदस्यता वितरण अभियान भइरहेको छ भने संस्थापनइतर पक्षले पनि अधिवेशनजस्ता गतिविधि गरिरहेका छन्। कोइराला पक्षका विद्यार्थी नेताहरूले अध्यक्ष शेर्पामाथि आर्थिक हिनामिनाको समेत आरोप लगाएका छन् । शुक्रबार केन्द्रीय सदस्य प्रेमिका राना मगरले विज्ञप्ति नै जारी गरेर विद्यालय पुनर्निर्माणका लागि संकलित रकम अध्यक्ष शेर्पाले व्यक्तिगत खातामा राखेर हिनामिना गरेको आरोप लगाएकी थिइन् ।

त्यसपछि शुक्रबारै अध्यक्ष शेर्पाले पार्टीले यो विषयलाई छानविन र अनुसन्धान गरेर टुंगोमा पुर्‍याउनुपर्ने माग गरेका हुन् । अध्यक्ष शेर्पाले संघको विधिविधानविपरीत भइरहेका गतिविधिहरूका विषयमा समेत पार्टीलाई जानकारी गराएका छन् ।

'सामाजिक सञ्जालमार्फत् समानान्तर प्रतिनिधि तोक्ने, संघको लेटरप्याड अनाधिकृत रुपमा प्रयोग गर्दै संगठनको हितविरुद्ध गतिविधि गर्ने, संगठनभित्र गुटगत विभाजन सिर्जना गर्ने जस्ता गतिविधिहरूले संघको गरिमा, एकता र अधिवेशन प्रक्रियामा प्रतिकूल प्रभाव पारेको छ,' उनले भने उजुरीमा भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एमालेको केन्द्रीय कमिटी बैठकमा पार्टीमा गुटबन्दी झाँगिदै गएकोमा चिन्ता व्यक्त गरिएको छ। दुई दिनदेखि जारी बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले गुटबन्दी, अनुशासनहीनता र अवसरवादी चरित्र बढ्दै गएको गुनासो गरेका छन्। उनीहरूले माथिल्लो तहबाटै संरक्षण हुँदा पार्टीमा गुटबन्दी बढेको भन्दै गुटबन्दी अन्त्यका लागि नेतृत्वसँग आग्रह पनि गरेका छन्। माथिको गुटबन्दीले तलसम्म असर पारिरहेको ...
: मुस्ताङमा ६ करोड ८१ लाख बढीको सामग्री बरामद भएको छ। लु १ ख ६९९९ नम्बरको ट्रकमा कोरलानाका हुँदै अवैध रूपमा जोमसोमतर्फ ल्याउँदै गरेको सामग्री बरामद गरिएको हो। उत्तरी कोरलानाका हुँदै बेनीतर्फ जाँदै गरेको उक्त ट्रकमा भन्सार प्रज्ञापनपत्र बिल बिजक बिनाको सामग्री भेटिएको जिल्ला प्रहरीले कार्यालय मुस्ताङले जनाएको छ। डीएसपी सूर्यबहादुर बोगटीको कमाण्डमा खटिएको टोलीले चेकजाँच ...
: नेकपा एमालेले अझै पनि अस्थिरतामा रमाउन चाहने तत्त्व सक्रिय रहेको जनाएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय समिति बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिक परिस्थितिसहितको विषयवस्तु समेटिएको प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ। राजनीतिक प्रतिवेदनमा दुई ठूला दल सम्मिलित सरकारसँग वैधता र आधिकारिकता हुँदाहुँदै पनि ...
: नेकपा एमालेले सहकारी प्रकरणमा भइरहेको अनुसन्धानलाई राजनीतिककरण गर्ने प्रयास भइरहेको बताएको छ। आइतबारदेखि सुरू भएको एमाले केन्द्रीय कमिटीको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेसहितका आरोपितमाथि भइरहेको अनुसन्धान र अभियोजनलाई राजनीतिकरण गर्न खोजिएको उल्लेख छ। आफ्ना सभापति सहकारी प्रकरणमा अनुसन्धानमा तानिएपछि रास्वपाका नेता कार्यकर्ताहरूबाट प्रकट ...
: नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले कोसी प्रदेशको विरुद्धमा माओवादीले उग्र जातीयतावादी र राजावादीसँग मोर्चाबन्दी गरिरहेको निष्कर्ष निकालेको छ। च्यासलमा जारी एमालेको केन्द्रीय समिति बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा माओवादी केन्द्रले कोसीमा पूर्व राजावादीहरूसँग बाक्लै उठबस गरिरहेको उल्लेख छ। ‘असार ३० साँझसम्म प्रधानमन्त्रीकै कुर्चीमा रहेका र कुर्चीमा रहँदासम्म ...