मुख्य समाचार
सिरहाको विष्णुपुर गाउँपालिकाको सरकारी गाडी उपाध्यक्षले नै तोडफोड गरे
सिरहाको विष्णुपुर गाउँपालिकाको सरकारी गाडी उपाध्यक्षले नै तोडफोड गरे

— सिरहाको विष्णुपुर गाउँपालिकाको सरकारी गाडी उपाध्यक्षले नै तोडफोड गरेकी छन् । उपाध्यक्ष गीताकुमारी सिंहले आफूलाई चढ्न नदिएको भन्दै गाडी तोडफोड गरेकी हुन् ।




उनले बा २ झ ३६४३ नम्बरको सरकारी स्कर्पियोमा इँट्टा र ढुंगा प्रहार गर्दा झ्याल, ढोकाको सिसासहित विभिन्न भागमा क्षति पुगेको छ ।


आइतबार बिहान १० बजे आफूलाई घरमा लिन आउन गाडी चालकलाई भने पनि नमानेपछि गाडी तोडफोड गर्नु परेको उपाध्यक्ष सिंहले स्वीकारिन् । 'बिहान १० बजे घरबाट मलाई लिन आउन गाडी चालकलाई फोन गरेँ । तर लिन नआएपछि म मोटरसाइकलमै कार्यालय आउँदा अध्यक्षकै घर अगाडि गाडी रोकिएर राखेको देखेपछि रिस उठेर गाडीमाथि प्रहार गरेकी हुँ,' उनले भनिन् ।

विष्णुपुर गाउँपालिकामा एक आफ्नै र एक भाडाका गरी दुई स्कर्पियो छन् । जसमध्ये गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका लागि गाडी किनिएको छ भने भाडाको गाडी प्रमुख प्रशासकीय अधिकृत चढ्छन् ।

उपाध्यक्ष सिंहले पालिकाको दुवै गाडी अध्यक्ष सत्यनारायण यादवले कब्जा गरेर राखेको आरोप लगाइन् । 'म पनि जनताबाट निर्वाचित जनप्रतिनिधि हुँ,' उपाध्यक्ष सिंहले कान्तिपुरसित भनिन्, 'तर, मलाई पाइलापाइलामा विभेद गरिएको छ ।'

अध्यक्ष यादवले भने उपाध्यक्षले ९ बजे नै घरमा लिन आउन बोलाएको र नगएपछि गाडी तोडफोड गरिएको दाबी गरे । 'म अध्यक्ष भएकोले स्वाभाविक रुपमा अलिक बढी व्यस्तता हुन्छ,' उनले भने, 'तर, उपाध्यक्षले गलत व्यवहार देखाउनुभयो ।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल वायुसेवा निगम दिनप्रतिदिन कमजोर हुँदै गएको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको मंगलबारको बैठकमा मन्त्री पाण्डेले नेपालको एक मात्रै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम भए पनि राम्रो हवाई उडानमा क्षमता देखाउन नसकेको भन्दै असन्तुष्टि जनाएका हुन् । मन्त्री पाण्डेले निगमले भएका वाइडबडी र न्यारोवडीसमेत ...
— अत्यधिक चिसो भएसँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण पनि बढेको छ । ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई)का अनुसार आज काठमाडौँ उपत्यकाको वायु प्रदूषण दुई सय पाँच एक्यूआई छ । वातावरणविद् भुषण तुलाधारका अनुसार गर्मीयामको तुलनामा चिसो मौसममा वायु प्रदूषणको सम्भावना बढी हुन्छ । 'चिसो मौसममा हावा जमिनकै सतहमा लामो समयसम्म रहने भएकाले प्रदूषणको सम्भावना बढी हुन्छ, दिउँसो ...
— कांग्रेस महामन्त्री गगन थापाले संघीयताप्रति राजनीतिक दलका नेताहरू अनुदार रहेको बताएका छन् । सरकार चलाउने ठाउँमा गइसकेपछि नेताहरू संघीयताप्रति अनुदार रहेको र अधिकार आफ्नो मुठ्ठीमा राख्न चाहने मात्रै रहेको बताए । 'संघीयता सबलीकरणको कसीमा प्रदेशका सवालहरू' विषयक अन्तरक्रिया कार्यक्रममा थापाले शासकीय जिम्मेवारी लिने राजनीतिक दलका नेताहरू सघीयताप्रति उदार हुन नसक्दा अहिलेको अवस्था देखिएको बताए । ...
— असमको एक कोइलाखानीमा पानी पसेर थुनिँदा ९ जना श्रमिक थुनिएका छन् । थुनिनेमा १ जना दुई जना नेपाली श्रमिकसमेत रहेका छन् । डिमा हासाओ जिल्लामा रहेको खानीमा अचानक पानी पसेर खानीको मुख थुनिँदा श्रमिकहरू थुनिएका हुन् । असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माका अनुसार खानीमा थुनिने नेपालीमा गंगाबहादुर श्रेष्ठ रहेका छन् । उनी नेपालको ...
: एमालेको केन्द्रीय कमिटी बैठकमा पार्टीमा गुटबन्दी झाँगिदै गएकोमा चिन्ता व्यक्त गरिएको छ। दुई दिनदेखि जारी बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले गुटबन्दी, अनुशासनहीनता र अवसरवादी चरित्र बढ्दै गएको गुनासो गरेका छन्। उनीहरूले माथिल्लो तहबाटै संरक्षण हुँदा पार्टीमा गुटबन्दी बढेको भन्दै गुटबन्दी अन्त्यका लागि नेतृत्वसँग आग्रह पनि गरेका छन्। माथिको गुटबन्दीले तलसम्म असर पारिरहेको ...