मुख्य समाचार
अमेरिकामा हिम आँधीबाट ६ करोड बढी मानिस प्रभावित, सात राज्यमा आपतकाल घोषणा
अमेरिकामा हिम आँधीबाट ६ करोड बढी मानिस प्रभावित, सात राज्यमा आपतकाल घोषणा

अमेरिकामा भीषण हिम आँधीका कारण करिब ६ करोड मानिस प्रभावित भएका छन्। कयौं राज्यमा आपतकाल घोषण समेत गरिएको छ। केन्टकी,भर्जनिया,वेस्ट भर्जनिया,कान्सास,न्यू जर्सी र मिसौरीलगायत राज्यहरूले आपतकाल घोषणा गरेको बीबीसीले जनाएको छ।


भारी हिमपातका कारण यी राज्यहरूका सबै राजमार्गहरू बन्द छन्। त्यहाँका प्रशासनले सडक मार्ग नखुलाउन सुझाव दिएको छ। हिम आँधीका कारण हजारौं उडान प्रभावित भएका छन् भन स्कुलहरू बन्द भएका छन्।

भारी हिमपात र न्यूनतम तापमानले पछिल्लो दशकको रेकर्ड समेत तोडेको छ। कन्सास र मसौरी अहिले सबैभन्दा बढी प्रभावित छन्। आइतबार दिउँसोदेखि केही क्षेत्रमा १० इन्चसम्म हिउँ परेको छ।


मौसम विभागका अनुसार हिमपातका कारण देशको मध्यदेखि पूर्वी भागसम्म करिब २० राज्यमा अवस्था गम्भीर हुने अनुमान गरिएको छ।वासिङटन डीसी र फिलाडेल्फियालगायत केही ठूला शहरमा हिमपात हुने अनुमान गरिएको छ।

मौसम विभागका अनुसार सोमबारदेखि मौसममा क्रमिक सुधार आउने संभावना छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— चीनको तिब्बतमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२६ पुगेको छ । चिनियाँ सञ्चारमाध्यमहरुका अनुसार चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टीमा मंगलबार बिहान गएको भूकम्पमा परी घाइते हुनेको संख्या १८८ पुगेको छ । मंगलबार बिहान स्थानीय समयअनुसार नेपालको उत्तरपूर्वी सीमानजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टी केन्द्र भएर भूकम्प गएको हो । भूकम्प मापनसम्बन्धी ...
— चीनको तिब्बतमा गएको भूकम्पमा कम्तीमा ९५ जनाको मृत्यु भएको छ । चिनियाँ सञ्चार माध्यम सीजीटीएनका अनुसार चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टीमा मंगलबार बिहान गएको भूकम्पमा परी घाइते हुनेको संख्या १३० नाघेको छ । मंगलबार बिहान स्थानीय समयअनुसार नेपालको उत्तरपूर्वी सीमानजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टी केन्द्र भएर भूकम्प गएको हो । भूकम्प ...
: म्यान्मारको जुन्टा सरकारले देशको स्वतन्त्रता दिवसको उपलक्ष्यमा वार्षिक आममाफीअन्तर्गत करिब ६ हजार कैदीलाई रिहा गर्ने घोषणा गरेको छ। म्यान्मारमा सन् २०२१ को फेब्रुअरीमा भएको ‘कू’ पछि सेनाले हजारौं प्रदर्शनकारी र अधिकारकर्मीलाई पक्राउ गरिसकेको छ। म्यान्मा ७७ वर्ष पहिले बेलायती औपनिवेशिक शासनबाट जनवरी ४ मा स्वतन्त्र भएको थियो। स्वतन्त्रता दिवसको अवसरमा शनिबार १ सय ८० विदेशीसहित ...
— पन्ध्र महिनादेखि युद्धरत इजरायल र प्यालेस्टिनी समूह हमासबीच पुन: युद्ध चर्किएको छ । पछिल्लो तीन दिनमा इजरायली सेना (आईडीएफ) ले गाजा क्षेत्रमा गरेको आक्रमणमा कम्तीमा २ सय जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा अधिकांश महिला तथा बालबालिका रहेको र दर्जनौं घाइते भएको जनाइएको छ । हमास अधिकारीहरूका अनुसार आईडीएफले तीन दिनमा गाजास्थित आवासीय ...
— प्रहरीले महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति पक्राउ गर्ने प्रहरीको प्रयास विफल भएको छ । करिब छ घण्टा लामो संघर्षपछि दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योललाई पक्राउ गर्ने प्रहरीको कदम रोकिएको छ । युनको सुरक्षामा रहेको सेनाको टोलीले मानव पर्खाल बनाएर पक्राउ गर्न आएका प्रहरीको बाटो छेकेको कोरियाली समाचार संस्था योन्हापले जनाएको छ । युनको सुरक्षा ...