मुख्य समाचार
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : लामिछानेसहित ४४ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : लामिछानेसहित ४४ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता

: कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले आज जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो।


जिल्ला प्रहरी परिसर काठमाडौंले पुस १८ गते रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो। उनीहरूविरुद्ध सहकारी ठगी,सङ्गठित अपराधको कसूरमा सजाय हुनुपर्ने मागसहितको प्रतिवेदन बुझाएको हो। उक्त सहकारीबाट अपचलन भएको रकमसहित प्रहरीले १ अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो मागदावीसहितको प्रतिवेदन बुझाएको हो।

स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न लामिछानेसहित जीबी राई,पूर्वडीआईजी छविलाल जोशी,जीबीको साढुभाई दीपक लामा,कोषाध्यक्ष कुमार रम्तेल र व्यवस्थापक नवीन अछामीसहितका ४४ जनालाई ‍प्रतिवादी कायम गरिएको छ। उक्त सहकारी ठगी प्रकरणमा ६९० जनाले ९३ वटा जाहेर दिएका छन्। सहकारीमा ५ हजार ६६९ जना बचतकर्ताको २ अर्ब ६५ करोड ९५ लाख ५९ हजार ५८ रुपैयाँ अपचलन भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।


सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा ६४ करोड ८३ लाख ३८ हजार ४ सय ६५ रुपैयाँ कारोबार भएको प्रहरीको अनुसन्धानले देखाएको छ।

यस्तै विद्यार्थी नेता दिपेश पुनकी पत्नी सविना आले मगरलाई उक्त मुद्दामा प्रतिवादी कायम गरिएको छ। उक्त सहकारीबाट ऋण लिएका अन्य एक दर्जन संघसंस्थालाई पनि प्रहरीले प्रतिवादी बनाएको छ । रकम अपचलन भएको सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा ६४ करोड ८३ लाख ३८ हजार ४ सय ६५ रुपैयाँ कारोबार भएको प्रहरीको अनुसन्धान खुलेको छ।

यसैगरी पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपा सभापति एवं गोरखा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक लामिछानेसहित गोरखा मिडियाकै पूर्वउपाध्यक्ष एवं पूर्व डीआईजी छविलाल जोशीलगायत सातजनाको मुद्दामा कास्की जिल्ला अदालतमा थुनछेक बहस जारी छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— मंगलबार बिहानकै भूकम्पले अधिकांशलाई निद्राबाट ब्युँझायो । चिसो मौसममा पनि मानिसहरुले सडक भरियो । कोही काखमा बच्चा च्याप्दै त कोही वृद्धवृद्धालाई डोहोर्‍याउँदै सडक र गल्लीमा जम्मा भए । कलेजको बिहानी कक्षामा अध्ययरत विद्यार्थीमा भागाभाग भयो । भूकम्पका कारण त्रिभुवन विश्वविद्यालयको स्नातक तहको प्रथम वर्षको परीक्षा प्रभावित भयो । जसका कारण मंगलबारको परीक्षामा १५ मिनेट समय ...
— काठमाडौँ-तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) को खोकना विवाद अझै टुङ्गिन सकेको छैन । विकल्प पहिचान गरिँदासमेत सम्बन्धित मन्त्रालयले बेवास्ता गर्दा यस क्षेत्रमा केही काम हुन सकेको छैन । तिहार लगत्तै सम्बन्धित मन्त्रालयका मन्त्रीसहितको टोली स्थलगत निरीक्षणमा गएर समाधानको उपाय खोजिने बताइएको थियो । यो भनेको पनि दुई महिना बितिसक्यो, तर टोली स्थलगत अनुगमनमा पुग्न सकेको छैन । खोकनाको ...
— प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव तथा एमाले मोरङ जिल्ला कमिटी सदस्य अनिलकुमार पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । मोरङ जिल्ला अदालतले मोरङ प्रहरीलाई सोमबार पोखरेललाई पक्राउ गर्न अनुमति दिएको हो । मोरङ जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले पोखरेलविरुद्ध ठगी मुद्दामा पक्राउ पुर्जी जारी गरेको इकान्तिपुरलाई बताए । पोखरेलले ...
— भारतबाट नेपाल भित्र्याउन लागेको लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाँचथरको मिक्लाजुङ गाउँपालिका-४ का ३१ वर्षीय दिल प्रसाद राई र सोही गाउँपालिका-५ की २९ वर्षीया स्मारिका नेम्बाङ छन्। लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाका प्रहरी नायब निरीक्षक कुमार सोमेश लामिछानेको नेतृत्वमा खटिएको टोलीले बुधबार साँझ करिब ८:३० बजे पुरानो मेचीपुल सडकमा जाँच गर्ने क्रममा ...
— सुदूरपश्चिमका सबै सरकारी अस्पतालमा बिरामीले निःशुल्क रगत पाउने भएका छन् । प्रदेश सरकारले सबै सरकारी अस्पतालमा रगत निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको छ । यसअघि बिरामीले एक पिन्ट रगतका लागि रक्तसञ्चार केन्द्रलाई १ हजार १ सय ५० रुपैयाँ तिर्नुपर्थ्यो । मुख्यमन्त्री कमलबहादुर शाहले आइतबार सामाजिक विकास मन्त्रालयद्वारा आयोजित कार्यक्रममार्फत सबै सरकारी अस्पतालमा निःशुल्क रगत उपलब्ध ...