मुख्य समाचार
दुर्लभ जनावर सुन गोहोरो ६ वटा सहित २ जनालाई प्रहरीले पक्राउ
दुर्लभ जनावर सुन गोहोरो ६ वटा सहित २ जनालाई प्रहरीले पक्राउ

: सुन गोहोरोसहित दुईजना पक्राउ परेका छन्।


विराटनगर महानगरपालिका-१३ स्थित कोशी राजमार्गबाट दुर्लभ जनावर सुन गोहोरो ६ वटा सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा सुनसरी बर्जु गाउँपालिका-१ बस्ने ५८ वर्षीय बुद्धि ऋषिदेव र ५६ वर्षीय सुरेश ऋषिदेव रहेका छन्।

सिआरभी जतुवाबाट खटिएको प्रहरीले भारतबाट विराटनगरतर्फ आउँदै गरेका उनीहरूलाई उक्त सुन गोहोरोसहित पक्राउ गरेको हो। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय मोरङ पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— मंगलबार बिहानकै भूकम्पले अधिकांशलाई निद्राबाट ब्युँझायो । चिसो मौसममा पनि मानिसहरुले सडक भरियो । कोही काखमा बच्चा च्याप्दै त कोही वृद्धवृद्धालाई डोहोर्‍याउँदै सडक र गल्लीमा जम्मा भए । कलेजको बिहानी कक्षामा अध्ययरत विद्यार्थीमा भागाभाग भयो । भूकम्पका कारण त्रिभुवन विश्वविद्यालयको स्नातक तहको प्रथम वर्षको परीक्षा प्रभावित भयो । जसका कारण मंगलबारको परीक्षामा १५ मिनेट समय ...
— काठमाडौँ-तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) को खोकना विवाद अझै टुङ्गिन सकेको छैन । विकल्प पहिचान गरिँदासमेत सम्बन्धित मन्त्रालयले बेवास्ता गर्दा यस क्षेत्रमा केही काम हुन सकेको छैन । तिहार लगत्तै सम्बन्धित मन्त्रालयका मन्त्रीसहितको टोली स्थलगत निरीक्षणमा गएर समाधानको उपाय खोजिने बताइएको थियो । यो भनेको पनि दुई महिना बितिसक्यो, तर टोली स्थलगत अनुगमनमा पुग्न सकेको छैन । खोकनाको ...
— प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव तथा एमाले मोरङ जिल्ला कमिटी सदस्य अनिलकुमार पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । मोरङ जिल्ला अदालतले मोरङ प्रहरीलाई सोमबार पोखरेललाई पक्राउ गर्न अनुमति दिएको हो । मोरङ जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले पोखरेलविरुद्ध ठगी मुद्दामा पक्राउ पुर्जी जारी गरेको इकान्तिपुरलाई बताए । पोखरेलले ...
— भारतबाट नेपाल भित्र्याउन लागेको लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाँचथरको मिक्लाजुङ गाउँपालिका-४ का ३१ वर्षीय दिल प्रसाद राई र सोही गाउँपालिका-५ की २९ वर्षीया स्मारिका नेम्बाङ छन्। लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाका प्रहरी नायब निरीक्षक कुमार सोमेश लामिछानेको नेतृत्वमा खटिएको टोलीले बुधबार साँझ करिब ८:३० बजे पुरानो मेचीपुल सडकमा जाँच गर्ने क्रममा ...
— सुदूरपश्चिमका सबै सरकारी अस्पतालमा बिरामीले निःशुल्क रगत पाउने भएका छन् । प्रदेश सरकारले सबै सरकारी अस्पतालमा रगत निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको छ । यसअघि बिरामीले एक पिन्ट रगतका लागि रक्तसञ्चार केन्द्रलाई १ हजार १ सय ५० रुपैयाँ तिर्नुपर्थ्यो । मुख्यमन्त्री कमलबहादुर शाहले आइतबार सामाजिक विकास मन्त्रालयद्वारा आयोजित कार्यक्रममार्फत सबै सरकारी अस्पतालमा निःशुल्क रगत उपलब्ध ...