मुख्य समाचार
चीनमा देखियो 'एचएमपीवी' नामक भाइरस, भारतमा पनि संक्रमण भएको पुष्टि
चीनमा देखियो 'एचएमपीवी' नामक भाइरस, भारतमा पनि संक्रमण भएको पुष्टि

: कोरोना भाइरसले आक्रान्त मच्चाएको पाँच वर्षपछि चीनमा फेरि नयाँ भाइरसको संक्रमण देखा परेको छ। ह्युमन मेटान्युमो भाइरस (एचएमपीवी) नाम दिइएको उक्त भाइरस चीनको उत्तरी क्षेत्रमा देखा परेको हो।


स्वास्थ्य विज्ञहरूका अनुसार १४ वर्षमुनिका बालबालिकामा उक्त भाइरसको संक्रमण हुने गरेको छ। बीबीसीका अनुसार भाइरसको संक्रमणपछि रुघा-खोकीसँगै कोरोना भाइरसको जस्तै लक्ष्णहरू देखिने गर्छ।

सुरूमा यो भाइरसको संक्रमणको विषय सामाजिक सञ्जालमा भाइरल बनेको थियो। चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले उत्तारी चीनका केही क्षेत्रसँगै बेइजिङ, दक्षिणी-पश्चिमी सहर चोङ्किङ र दक्षिण चीनको गुहाङ्दोङ प्रान्तमा एचएमपीवी भाइरको संक्रमण देखिएको उल्लेख गरेको छ।


न्युज एजेन्सी रोयटर्सले पनि चीनको स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै त्यस क्षेत्रमा स्वासप्रस्वाससम्बन्धी बिरामीहरू बढेको उल्लेख गरेको छ। डिसेम्बर तेस्रो हप्तादेखि यससम्बन्धी भाइरसको संक्रमण देखिएको चिनियाँ अधिकारीहरूलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले पनि साँस फेर्ने नलीमा संक्रमण हुने बिरामीको संख्या बढेको बताएकी थिइन्। यद्यपि अघिल्लो वर्षभन्दा अहिले कम बिरामी देखिएको उनले पत्रकार सम्मेलनमा जानकारी दिइन्। यसमा विषयमा चीनको नेशनल डिजिज कन्ट्रोल एन्ड प्रिवेन्सन अनुसन्धान गरिरहेको उनले बताइन्।

चीनमा नयाँ भाइरसको संक्रमण फैलिएपछि छिमेकी देशहरूले सतर्कता अपनाउन थालेका छन्। इन्डोनेसियाले सतर्कता अपनाउँदै मास्क पहिरिन र साबुन पानीले हात धुन अपील गरेको छ।

भारतमा भने तीन जनामा यो भाइरसको संक्रमण पुष्टि भएको छ। भारतीय अधिकारीहरूका अनुसार कर्नाटकमा दुई जना र पुनेमा एक जनामा एचएमपीवी संक्रमण पुष्टि भएको छ। उक्त संक्रमण फैलिन नदिन भारतले उच्च सतर्कता अपनाएको छ। भारतीय स्वास्थ्य सेवाका महानिर्देशक डा. अतुल गोयलले चिन्ताको विषय नरहेको र सबैखाले सतर्कता अपनाइएको बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मुलुककै ठूलो तरकारी तथा फलफूल बजार कालीमाटी तरकारी बजारमा भित्रिएको रायो सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । भक्तपुर मध्यपुर थिमि नगरपालिकाबाट बिक्रीका लागि शुक्रबार कालीमाटी बजार ल्याइएको रायो सागमा ५५.७२३२ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । केन्द्रीय कृषि प्रयोगशालाले शुक्रबार कालीमाटी तरकारी बजारका १३ पसलको १३ ...
। स्वास्थ्य क्षेत्रमा ९७७ स्थायी दरबन्दी थप गर्ने प्रस्ताव अर्थ मन्त्रालयबाट स्वीकृत भएको छ । स्वास्थ्य मन्त्री निशा महेताको सचिवालयका अनुसार ९७७ नयाँ स्थायी प्राविधिक तथा विशेषज्ञको दरबन्दी थप्ने प्रस्ताव अर्थ मन्त्रालयबाट बुधबार स्वीकृत भएको हो । ‘स्वास्थ्य मन्त्रालयले लगेका दरबन्दीको प्रस्तावलाई बुधबार अर्थ मन्त्रालयले स्वीकृति दिएको छ,’ एक सचिवालय सदस्यले भने, ‘ अहिले स्वास्थ्यमा अति आवश्यक ...
। नोबेल मेडिकल कलेज विराटनगरमा शल्यक्रिया गरिएका बिरामीको मृत्यु भएको छ । विरामीको मृत्यु भएपछि आफन्तले प्रदर्शन गरेका छन् । मृगौलाको पत्थरीको शल्यक्रिया गराएका मोरङ कानेपोखरी गाउँपालिका–६ का ५४ वर्षीय नेत्रप्रसाद भण्डारीको मृत्यु भएपछि आफन्तले प्रदर्शन गरेका हुन् । भण्डारीलाई मृगौलामा पत्थरी भएपछि उपचारका लागि वैशाख १७ गते अस्पताल भर्ना गरिएको थियो । उनको सोही दिन उनको दुरबिन ...
। जनकपुरधामस्थित कृष्णा मेडिकल एन्ड टेक्निकल रिसर्च सेन्टर अस्पतालमा शल्यक्रियापछि एक महिलाको मृत्यु भएको घटना एक लाख रुपैयाँमा मिलापत्र गरिएको छ । वैशाख १६ गते पित्तथैलीको शल्यक्रिया गराएकी महोत्तरीको बलवा नगरपालिका–१ बञ्चौरीकी ३६ वर्षीया रागनीदेवी पासवानको शुक्रबार बिहान मृत्यु भएको थियो । मृतक परिवारका अनुसार शल्यक्रियावापत बुझाएको ८० हजार रुपैयाँ फिर्ता गर्नुका साथै एक लाख रुपैयाँ ...
। जनकपुरधामको निजी अस्पतालमा शल्यक्रिया गरेका एक बिरामीको मृत्यु भएपछि बिरामीका आफन्तहरू आन्दोलनमा उत्रिएका छन् । कृष्णा मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टर हस्पिटलमा महोत्तरीको बलवा नगरपालिका १ बञ्चौरीका ३६ वर्षीया रागनी देवी पासवानको मृत्यु भएको हो । १६ गते साँझ पित्त थैलीमा रहेको पत्थरीको शल्यक्रिया गरिएको उनको शुक्रबार बिहान ३ बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ ...