: मुस्ताङमा ६ करोड ८१ लाख बढीको सामग्री बरामद भएको छ। लु १ ख ६९९९ नम्बरको ट्रकमा कोरलानाका हुँदै अवैध रूपमा जोमसोमतर्फ ल्याउँदै गरेको सामग्री बरामद गरिएको हो।
उत्तरी कोरलानाका हुँदै बेनीतर्फ जाँदै गरेको उक्त ट्रकमा भन्सार प्रज्ञापनपत्र बिल बिजक बिनाको सामग्री भेटिएको जिल्ला प्रहरीले कार्यालय मुस्ताङले जनाएको छ। डीएसपी सूर्यबहादुर बोगटीको कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्दा ठुलो परिणाममा विद्युतीय चुरोट (भेप)सहित दर्जनौ प्रकारका सामग्री भेटिएको हो।
१९ हजार थान विद्युतीय चुरोट (भेप)सहित लत्ता कपडा, इलेक्ट्रोनिक सामान, खाद्य पदार्थ, किराना सामान र पेय पदार्थ गरी १८ प्रकारका सामान बरामद गरेको डीएसपी बोगटीले बताए।
ट्रकसहित चालक तनहुँको म्यादे गाउँपालिका-५ बस्ने ३६ वर्षीय विष्णु थापा, लोमान्थाङ गाउँपालिका-३ फुवा बस्ने ४१ वर्षीय टसी आङ्ग्या गुरुङ र ट्रकका धनी लोमान्थाङ-३ फुवा बस्ने ४० वर्षीय ध्याचो गुरुङले नियन्त्रणमा लिएको छ।
उनीहरूलाई आवश्यक कारबाहीका लागि ट्रकसहित राजस्व अनुसन्धान विभागमा पठाएको कार्यालयले जनाएको छ।