मुख्य समाचार
असमको एक कोइलाखानीमा पानी पसेर थुनिँदा ९ जना श्रमिक थुनिए
असमको एक कोइलाखानीमा पानी पसेर थुनिँदा ९ जना श्रमिक थुनिए

— असमको एक कोइलाखानीमा पानी पसेर थुनिँदा ९ जना श्रमिक थुनिएका छन् । थुनिनेमा १ जना दुई जना नेपाली श्रमिकसमेत रहेका छन् । डिमा हासाओ जिल्लामा रहेको खानीमा अचानक पानी पसेर खानीको मुख थुनिँदा श्रमिकहरू थुनिएका हुन् ।




असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माका अनुसार खानीमा थुनिने नेपालीमा गंगाबहादुर श्रेष्ठ रहेका छन् । उनी नेपालको कुन ठाउँमा हुन् भन्ने खुलिसकेको छैन। त्यस्तै पश्चिम बंगालका सञ्जित सरकार पनि खानीमा थुनिएका छन् । असमका नेपालीभाषी लिजन मगरसहित हुसैन अली, जाकिर हुसेन, सर्प बर्मन, मुस्तफा शेख, खुशीमोहन राय र शरत गोयारी पनि खानीमा थुनिएका छन् ।


खानीमा थुनिएकामध्ये तीन जनाको शव देखिएको बताइएको छ । यद्यपि अधिकारीहरूले यसको पुष्टि गर्न बाँकी छ । गहिरो पानीमा डुब्न सक्ने सेनाको विशेषज्ञ टोलीलाई विशाखापट्टनमबाट बोलाएर परिचालन गरिएको छ । खानीभित्र पानीको सतह करिब १०० फिट पुगेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष नेपालका राजदूत शिवमाया तुम्बाहाम्फेले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी छिन् । मंगलबार सियोलमा आयोजित एक समारोहमा उनले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी छिन् । प्रमाणपत्र पेस गरेपछि राजदूत तुम्बाहाम्फेले कार्यवाहक राष्ट्रपति चोईसँग शिष्टाचार भेट गरेको सिओलस्थित नेपाली राजदूतावासले आज जनाएको छ । त्यस अवसरमा राजदूत तुम्बाहाम्फेले नेपाल ...
— लुम्बिनी प्रदेश योजना आयोगले तयार पारेको दोस्रो आवधिक योजनाको मस्यौदा निर्देशक समितिले पास गरेको छ । प्रदेश योजना आयोगका उपाध्यक्ष डिल्लीराज अर्यालको अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकले दोस्रो आवधिक योजनाको मस्यौदा पारित गरेर विकास परिषद्‍मा पठाउने निर्णय गरेको हो । विकास परिषद्‍बाट पारित भएपछि मस्यौदा मन्त्रिपरिषद् बैठकमा पेस हुनेछ । प्रदेश मन्त्रिपरिषद्ले पारित गरेपछि दोस्रो ...
— उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले अत्यावश्यक कानुन निर्माणका लागि संसद् हुँदै समितिमा पठाएको आठ महिनासम्म पनि विधेयक पास हुन नसक्नुले सांसदहरूमाथि नै प्रश्न उठ्ने अवस्था आएको बताएका छन् । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबारको बैठकमा मन्त्री भण्डारीले ‘सरकारले अत्यावश्यक कानुन निर्माणका लागि संसद् हुँदै समितिमा पठाइसक्दा ...
— नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम टुंग्याउन दबाब सृजना गर्नुपर्ने बताएका छन् । बेपत्ता योद्धा राजेन्द्र ढकालको २६ औँ स्मरण दिवसका अवसरमा आज यहाँ आयोजित ‘शान्ति प्रक्रिया र बेपत्ता नागरिकको सार्वजनिकीकरणको सवाल’ विषयको कार्यक्रममा उनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सबैले दबाब सिर्जना गर्नुपर्ने अवस्था उत्पन्न भएको ...
— ठाडो भीरको उकालो बाटोमा तीन पुरुष र दुई महिलाले एउटी महिलालाई झाङ्गलझुङ्गुल पार्दै बोकिरहेका छन् । अप्ठ्यारो बाटोमा घरी उनको टाउको भुइँमा लाग्छ, फेरि सबै जनाले वरिपरिबाट उठाएर अलि अगाडि पुर्‍याएपछि भुइँमा बिसाउँछन् । सबै लागेर उनलाई हातखुट्टा समातेर झ्याइँकुटी गर्दै मुस्किलले बाटो सम्मजस्तो परेको ठाउँमा पुर्‍याउँछन् । पछाडि कोही महिला ‘यो मरिहाली, यसलाई बचाइदेऊ ...