मुख्य समाचार
गगन थापाले संघीयताप्रति राजनीतिक दलका नेताहरू अनुदार रहेको बताए
गगन थापाले संघीयताप्रति राजनीतिक दलका नेताहरू अनुदार रहेको बताए

— कांग्रेस महामन्त्री गगन थापाले संघीयताप्रति राजनीतिक दलका नेताहरू अनुदार रहेको बताएका छन् । सरकार चलाउने ठाउँमा गइसकेपछि नेताहरू संघीयताप्रति अनुदार रहेको र अधिकार आफ्नो मुठ्ठीमा राख्न चाहने मात्रै रहेको बताए ।




'संघीयता सबलीकरणको कसीमा प्रदेशका सवालहरू' विषयक अन्तरक्रिया कार्यक्रममा थापाले शासकीय जिम्मेवारी लिने राजनीतिक दलका नेताहरू सघीयताप्रति उदार हुन नसक्दा अहिलेको अवस्था देखिएको बताए । आफूले काम गर्न नसक्ने तर प्रदेश संरचनाको कारणले गर्दा देश नबनेको भन्ने अवस्थामा रहेको उनले बताए ।


‘हामी राजनीतिक दलका नेताहरू, म पनि हो त्यसमा । जो यो शासकीय जिम्मेवारी लिन्छौँ, हामी कोही पनि संघीयताप्रति उदार छैनौँ । हामी एकदमै अनुदार छौँ, हाम्रो यसमा रुची छैन । हामी यसलाई यसैबाट अघि बढाउँछौँ भन्ने छैन । मैले नयाँ दल पनि हेरेँ, मैले यो क्षेत्रीय दलहरू पनि हेरेँ, सँगै सरकारमा पनि बस्यौँ,' थापाले भने, 'जसले बाहिर जे-जे भनेपनि भित्र सरकार चलाउने बेला कसैले पनि शर्त राख्दैन, संघीय निजामती विधेयक, संघीय प्रहरी विधेयकमा । निजामती विधेकय र प्रहरी विधेयक पारित नहुने भए म सरकारबाट बाहिरिन्छु भनेर मैले आजसम्म कसैले भनेको सुनेको छैन, कसैले भन्दैन ।'

सार्वजनिक खपतको लागि संघीयताको पक्षधर देखिएका दल र नेताहरूले सरकारमा गएपछि त्यो प्रतिबद्धताअनुसार काम नगरिरहेको थापाको भनाइ थियो । 'सबैले बाहिर भन्छन्, सरकार चलाउने ठाउँमा गइसकेपछि त्यो सबै जना हामी अधिकारलाई कसरी मुठ्ठीमा राखिराख्ने भन्ने नै हुन्छौँ, सबै मिल्छौँ हामी,' उनले भने ।

संघीयता नेपालमा अनवरत चल्छ र प्रदेश रही नै राख्छन् भन्ने प्रतिबद्धताका साथ सबै राजनीतिक दलहरू अगाडि बढ्नुपर्ने थापाको भनाइ थियो ।संघीयताको परिणाम राम्रो नआउनुको भारी प्रदेश तहलाई बोकाउन लागिएको भन्दै महामन्त्री थापाले असन्तुष्टि पनि जनाए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष नेपालका राजदूत शिवमाया तुम्बाहाम्फेले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी छिन् । मंगलबार सियोलमा आयोजित एक समारोहमा उनले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी छिन् । प्रमाणपत्र पेस गरेपछि राजदूत तुम्बाहाम्फेले कार्यवाहक राष्ट्रपति चोईसँग शिष्टाचार भेट गरेको सिओलस्थित नेपाली राजदूतावासले आज जनाएको छ । त्यस अवसरमा राजदूत तुम्बाहाम्फेले नेपाल ...
— लुम्बिनी प्रदेश योजना आयोगले तयार पारेको दोस्रो आवधिक योजनाको मस्यौदा निर्देशक समितिले पास गरेको छ । प्रदेश योजना आयोगका उपाध्यक्ष डिल्लीराज अर्यालको अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकले दोस्रो आवधिक योजनाको मस्यौदा पारित गरेर विकास परिषद्‍मा पठाउने निर्णय गरेको हो । विकास परिषद्‍बाट पारित भएपछि मस्यौदा मन्त्रिपरिषद् बैठकमा पेस हुनेछ । प्रदेश मन्त्रिपरिषद्ले पारित गरेपछि दोस्रो ...
— उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले अत्यावश्यक कानुन निर्माणका लागि संसद् हुँदै समितिमा पठाएको आठ महिनासम्म पनि विधेयक पास हुन नसक्नुले सांसदहरूमाथि नै प्रश्न उठ्ने अवस्था आएको बताएका छन् । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबारको बैठकमा मन्त्री भण्डारीले ‘सरकारले अत्यावश्यक कानुन निर्माणका लागि संसद् हुँदै समितिमा पठाइसक्दा ...
— नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम टुंग्याउन दबाब सृजना गर्नुपर्ने बताएका छन् । बेपत्ता योद्धा राजेन्द्र ढकालको २६ औँ स्मरण दिवसका अवसरमा आज यहाँ आयोजित ‘शान्ति प्रक्रिया र बेपत्ता नागरिकको सार्वजनिकीकरणको सवाल’ विषयको कार्यक्रममा उनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सबैले दबाब सिर्जना गर्नुपर्ने अवस्था उत्पन्न भएको ...
— ठाडो भीरको उकालो बाटोमा तीन पुरुष र दुई महिलाले एउटी महिलालाई झाङ्गलझुङ्गुल पार्दै बोकिरहेका छन् । अप्ठ्यारो बाटोमा घरी उनको टाउको भुइँमा लाग्छ, फेरि सबै जनाले वरिपरिबाट उठाएर अलि अगाडि पुर्‍याएपछि भुइँमा बिसाउँछन् । सबै लागेर उनलाई हातखुट्टा समातेर झ्याइँकुटी गर्दै मुस्किलले बाटो सम्मजस्तो परेको ठाउँमा पुर्‍याउँछन् । पछाडि कोही महिला ‘यो मरिहाली, यसलाई बचाइदेऊ ...