मुख्य समाचार
नेपाली भूमिमा भारतीयले खेतिपाती गरेको विषय कूटनीतिक माध्यमबाट समाधान गर्छौं : गृहमन्त्री लेखक
नेपाली भूमिमा भारतीयले खेतिपाती गरेको विषय कूटनीतिक माध्यमबाट समाधान गर्छौं : गृहमन्त्री लेखक

— कञ्चनपुरको शुक्लाफाँटामा नेपाली भूमिमा भारतीय नागरिकले भोगचलन गरिरहेको विषयको कूटनीतिक माध्यमबाट समाधान निकाल्ने गृहमन्त्री रमेश लेखकले बताएका छन् । उनले सरकार नेपाली भूमि र सीमाको रक्षा गर्न सरकार कटिबद्ध रहेको पनि बताए ।




कञ्चनपुरको शुक्लाफाँटामा नेपाली भूमिमा भारतीय नागरिकले भोगचलन गरिरहेको विषयको कूटनीतिक माध्यमबाट समाधान निकाल्ने गृहमन्त्री रमेश लेखकले बताएका छन् ।


उनले सरकार नेपाली भूमि र सीमाको रक्षा गर्न सरकार कटिबद्ध रहेको पनि बताए ।प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा मन्त्री लेखकले राज्यका संयन्त्र र सुरक्षा निकायबाट पनि भारतीय नागरिकले नेपाली भूमिमा खेतीपाती गरिरहेको कुरा जानकारीमा रहेको बताए ।

'कञ्चनपुर जिल्लामा नेपाली भूमि भारतीय नागरिकले भोग चलन गरिरहेको विषयतर्फ सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । म समितिलाई के जानकारी गराउन चाहन्छु भने हाम्रो भूमि, हाम्रो जमिन कञ्चनपुर जिल्लामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जमिन भारतीय नागरिकले भोग चलन गरिरहेको अवस्था छ । यसबारेमा सरकार जानकार छ । हामीसँग जानकारी प्राप्त भएको छ । सरकारका आफ्ना जिल्लामा रहेका प्रमुख जिल्ला अधिकारी, राष्ट्रिय निकुञ्ज, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायतबाट जानकारी प्राप्त भएको छ,' गृहमन्त्री लेखकले भने, 'यसका बारेमा सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । यस विषयमा हामीहरूले केही छलफल पनि गरेका छौँ ।'

सीमा विवाद नरहेको ठाउँमा पनि भारतीय नागरिकले नेपाली भूमि भोग चलन गरिरहेको विषयमा सरकार कूटनीतिक माध्यमबाट समाधान खोज्ने पनि गृहमन्त्री लेखकले बताए । 'आफ्नो भूमिको, सिमानाको रक्षा गर्नका लागि सरकार कटिबद्ध छ, यस किसिमले मित्र राष्ट्र भारतका नागरिकले भोग चलन गर्ने विषयमा कूटनीतिक पहलबाट समाधान गर्छौँ,' लेखकले भने ।

कञ्चनपुरमा नेपाली भूमि भारतीय नागरिकले भोग चलन गरिरहेको विषयमा कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडू र एमाले सांसद रघुजी पन्तले प्रश्न उठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष नेपालका राजदूत शिवमाया तुम्बाहाम्फेले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी छिन् । मंगलबार सियोलमा आयोजित एक समारोहमा उनले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी छिन् । प्रमाणपत्र पेस गरेपछि राजदूत तुम्बाहाम्फेले कार्यवाहक राष्ट्रपति चोईसँग शिष्टाचार भेट गरेको सिओलस्थित नेपाली राजदूतावासले आज जनाएको छ । त्यस अवसरमा राजदूत तुम्बाहाम्फेले नेपाल ...
— लुम्बिनी प्रदेश योजना आयोगले तयार पारेको दोस्रो आवधिक योजनाको मस्यौदा निर्देशक समितिले पास गरेको छ । प्रदेश योजना आयोगका उपाध्यक्ष डिल्लीराज अर्यालको अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकले दोस्रो आवधिक योजनाको मस्यौदा पारित गरेर विकास परिषद्‍मा पठाउने निर्णय गरेको हो । विकास परिषद्‍बाट पारित भएपछि मस्यौदा मन्त्रिपरिषद् बैठकमा पेस हुनेछ । प्रदेश मन्त्रिपरिषद्ले पारित गरेपछि दोस्रो ...
— उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले अत्यावश्यक कानुन निर्माणका लागि संसद् हुँदै समितिमा पठाएको आठ महिनासम्म पनि विधेयक पास हुन नसक्नुले सांसदहरूमाथि नै प्रश्न उठ्ने अवस्था आएको बताएका छन् । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबारको बैठकमा मन्त्री भण्डारीले ‘सरकारले अत्यावश्यक कानुन निर्माणका लागि संसद् हुँदै समितिमा पठाइसक्दा ...
— नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम टुंग्याउन दबाब सृजना गर्नुपर्ने बताएका छन् । बेपत्ता योद्धा राजेन्द्र ढकालको २६ औँ स्मरण दिवसका अवसरमा आज यहाँ आयोजित ‘शान्ति प्रक्रिया र बेपत्ता नागरिकको सार्वजनिकीकरणको सवाल’ विषयको कार्यक्रममा उनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सबैले दबाब सिर्जना गर्नुपर्ने अवस्था उत्पन्न भएको ...
— ठाडो भीरको उकालो बाटोमा तीन पुरुष र दुई महिलाले एउटी महिलालाई झाङ्गलझुङ्गुल पार्दै बोकिरहेका छन् । अप्ठ्यारो बाटोमा घरी उनको टाउको भुइँमा लाग्छ, फेरि सबै जनाले वरिपरिबाट उठाएर अलि अगाडि पुर्‍याएपछि भुइँमा बिसाउँछन् । सबै लागेर उनलाई हातखुट्टा समातेर झ्याइँकुटी गर्दै मुस्किलले बाटो सम्मजस्तो परेको ठाउँमा पुर्‍याउँछन् । पछाडि कोही महिला ‘यो मरिहाली, यसलाई बचाइदेऊ ...