मुख्य समाचार
शिक्षामन्त्रीको प्रतिबद्धतापछि माइतीघरको धर्ना स्थगित
शिक्षामन्त्रीको प्रतिबद्धतापछि माइतीघरको धर्ना स्थगित

— शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि ९ दिनदेखि माइतीघरमा उभिएर धर्ना दिइरहेका विद्यार्थी नेता नेत्र चापागाईंले सोमबार मध्याह्नदेखि धर्ना स्थगित गरेका छन् । भट्टराईसहित संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सभापति अम्मरबहादुर थापाले धर्नास्थल माइतीघर पुगेर माग पूरा गर्ने आश्वसन दिएका थिए ।




चापागाईंलाई समितिको बैठकमा डाकेर मागबारे छलफल र सुझाव लिइने प्रतिबद्धतापछि उनी धर्ना तोड्न राजी भएका हुन् । शिक्षामन्त्री भट्टराईले चापागाईंले अघि सारेका मागहरू शिक्षाको पनि एजेन्डा गरेको बताइन् । उनले अघि सारेका केही मागहरू पूरा गर्न आफू प्रयासरत रहेको उनको भनाइ थियो । ‘तपाईंको माग मन्त्रालयले स्वीकार गर्छ । छलफल र संवादबाटै टुंगोमा पुगौं,’ उनले भनिन् । भट्टराईलेछलफलका लागि चापागाईलाई मन्त्रालय डाकेकी छिन् । अनिवार्य तथा निःशुल्क ऐनको कार्यान्वयन खाका सारिएको र विद्यालय शिक्षा ऐन पारित हुने प्रक्रियामा रहेकाले अधिकांश माग यी दुई ऐनको कार्यान्वयनको चरणमा पूरा हुने उनको भनाइ थियो ।


समिति सभापति थापाले आगामी संसद् अधिवेशनमा विद्यालय शिक्षा ऐन पारित हुने जनाए । ‘ऐन बनाउँदा कार्यान्वयन हुने खालको बनाउनुपर्छ, स्रोतको पनि सुनिश्चितता हुने गरी विद्यालय शिक्षा ऐन ल्याउँछौं,’ उनले भने । चापागाईंलाई समितिको बैठक बसेलगत्तै सुझावका लागि डाकिने उनले जनाए । सार्वजनिक शिक्षा सुधारको माग राख्दै समाजवादी विद्यार्थी युनियनका अध्यक्ष चापागाईं दैनिक माइतीघरको सडकपेटीमा उभिएर धर्नामा बस्दै आएका थिए । स्वास्थ्य अवस्था कमजोर हुँदै गएपछि दुई दिनदेखि उनी वैशाखीको सहाराले उभिन थालेका थिए । उनी सातवटै प्रदेशको राजधानीमा २/२ दिन उभिएर १४ दिन धर्ना दिएपछि पुस १४ गतेदेखि माइतीघरमा उभिन थालेका थिए।
उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन २०७५ को सुझावअनुसार शिक्षा ऐन शिघ्र जारी हुनुपर्ने उनको मुख्य माग छ । १५ बुँदे मागमध्ये चापागाईंका अधिकांश माग सामुदायिक विद्यालय सुधारमा केन्द्रित छन् । गत जेठमा पनि उनले माइतीघरमा उभिएर दुई सातासम्म धर्ना दिएका थिए । तत्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठसँग सम्झौता भएपछि धर्ना टुंगाएका थिए । ६ महिनासम्म सम्झौता कार्यान्वयन गर्न शिक्षा मन्त्रालयले तत्परता नदेखाएपछि पुनः दबाब दिन उभिएर धर्नामा बस्नु परेको उनको भनाइ छ ।

प्रारम्भिक बालविकास (ईसीडी) शिक्षालाई विद्यालय संरचनामा ल्याउनुपर्ने, विद्यार्थीलाई दिइने वार्षिक ४ सय रुपैयाँ छात्रवृत्तिको रकम वृद्धि गर्नुपर्ने, सामुदायिक विद्यालयलाई सय युनिटसम्म बिजुली र पानी निःशुल्क उपलब्ध गराउनुपर्ने, विद्यालयले पाउने प्रशासनिक खर्चलगायत रकम बढाउनुपर्ने, निःशुल्क शिक्षा उपलब्ध गराउनुपर्ने, शिक्षकलाई दलगत संगठनमा आबद्ध हुन दिन नहुने, पहाडी जिल्लाहरूमा आवासीय विद्यालय सञ्चालन गर्नुपर्ने, सामुदायिक विद्यालयका प्रधानाध्यापकले पाउने मासिक भत्ता वृद्धि गर्नुपर्ने, शिक्षा सुधारमा बजेट अभाव भए शैक्षिक सुधार कोष बनाउनुपर्नेलगायत माग उनले अघि सारेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष नेपालका राजदूत शिवमाया तुम्बाहाम्फेले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी छिन् । मंगलबार सियोलमा आयोजित एक समारोहमा उनले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी छिन् । प्रमाणपत्र पेस गरेपछि राजदूत तुम्बाहाम्फेले कार्यवाहक राष्ट्रपति चोईसँग शिष्टाचार भेट गरेको सिओलस्थित नेपाली राजदूतावासले आज जनाएको छ । त्यस अवसरमा राजदूत तुम्बाहाम्फेले नेपाल ...
— लुम्बिनी प्रदेश योजना आयोगले तयार पारेको दोस्रो आवधिक योजनाको मस्यौदा निर्देशक समितिले पास गरेको छ । प्रदेश योजना आयोगका उपाध्यक्ष डिल्लीराज अर्यालको अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकले दोस्रो आवधिक योजनाको मस्यौदा पारित गरेर विकास परिषद्‍मा पठाउने निर्णय गरेको हो । विकास परिषद्‍बाट पारित भएपछि मस्यौदा मन्त्रिपरिषद् बैठकमा पेस हुनेछ । प्रदेश मन्त्रिपरिषद्ले पारित गरेपछि दोस्रो ...
— उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले अत्यावश्यक कानुन निर्माणका लागि संसद् हुँदै समितिमा पठाएको आठ महिनासम्म पनि विधेयक पास हुन नसक्नुले सांसदहरूमाथि नै प्रश्न उठ्ने अवस्था आएको बताएका छन् । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबारको बैठकमा मन्त्री भण्डारीले ‘सरकारले अत्यावश्यक कानुन निर्माणका लागि संसद् हुँदै समितिमा पठाइसक्दा ...
— नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम टुंग्याउन दबाब सृजना गर्नुपर्ने बताएका छन् । बेपत्ता योद्धा राजेन्द्र ढकालको २६ औँ स्मरण दिवसका अवसरमा आज यहाँ आयोजित ‘शान्ति प्रक्रिया र बेपत्ता नागरिकको सार्वजनिकीकरणको सवाल’ विषयको कार्यक्रममा उनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सबैले दबाब सिर्जना गर्नुपर्ने अवस्था उत्पन्न भएको ...
— ठाडो भीरको उकालो बाटोमा तीन पुरुष र दुई महिलाले एउटी महिलालाई झाङ्गलझुङ्गुल पार्दै बोकिरहेका छन् । अप्ठ्यारो बाटोमा घरी उनको टाउको भुइँमा लाग्छ, फेरि सबै जनाले वरिपरिबाट उठाएर अलि अगाडि पुर्‍याएपछि भुइँमा बिसाउँछन् । सबै लागेर उनलाई हातखुट्टा समातेर झ्याइँकुटी गर्दै मुस्किलले बाटो सम्मजस्तो परेको ठाउँमा पुर्‍याउँछन् । पछाडि कोही महिला ‘यो मरिहाली, यसलाई बचाइदेऊ ...