मुख्य समाचार
सुदूरपश्चिमका सबै सरकारी अस्पतालमा बिरामीले निःशुल्क रगत पाउने
सुदूरपश्चिमका सबै सरकारी अस्पतालमा बिरामीले निःशुल्क रगत पाउने

— सुदूरपश्चिमका सबै सरकारी अस्पतालमा बिरामीले निःशुल्क रगत पाउने भएका छन् । प्रदेश सरकारले सबै सरकारी अस्पतालमा रगत निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको छ । यसअघि बिरामीले एक पिन्ट रगतका लागि रक्तसञ्चार केन्द्रलाई १ हजार १ सय ५० रुपैयाँ तिर्नुपर्थ्यो ।




मुख्यमन्त्री कमलबहादुर शाहले आइतबार सामाजिक विकास मन्त्रालयद्वारा आयोजित कार्यक्रममार्फत सबै सरकारी अस्पतालमा निःशुल्क रगत उपलब्ध गराउने कार्य आरम्भ भएको घोषणा गरेको हो ।


मुख्यमन्त्री शाह र सामाजिक विकासमन्त्री मेघराज खड्काले आइतबार सेती प्रादेशिक अस्पतालमा उपचारत निर्मल चौधरीका आफन्त रोशन चौधरीलाई निःशुल्क रगत हस्तान्तण गर्दै सेवाको सुरुवात गरेका हुन् ।

सामाजिक विकास मन्त्रालयले सरकारी अस्पतालमा उपचाररत बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने कार्यको व्यवस्थापनका लागि प्रादेशिक रक्त सञ्चार केन्द्र धनगढी, नेपाल रेडक्रस सोसाइटीका नौ वटै जिल्ला शाखा र टीकापुर उपशाखासँग सम्झौता गरेको छ ।

मन्त्रालयका अस्पताल विकास तथा चिकित्सा सेवा शाखा प्रमुख डा. चेतराज जोशीका अनुसार रेडक्रसले निःशुल्क रगत उपलब्ध गराएबापत प्रतिपिन्ट १ हजार १ सय ५० रुपैयाँ रक्तसञ्चार केन्द्रलाई उपलब्ध गराउने सम्झौता गरिएको छ ।

प्रदेश रक्तसञ्चार केन्द्रका प्रमुख धरणीधर पन्तका अनुसार केन्द्रले गत आर्थिक वर्षमा १२ हजार पिन्ट रगत संकलन तथा वितरण गरेको बताए । चालु आर्थिक वर्षमा १५ हजार पिन्ट रगत संकलन तथा वितरणको लक्ष्य रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष नेपालका राजदूत शिवमाया तुम्बाहाम्फेले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी छिन् । मंगलबार सियोलमा आयोजित एक समारोहमा उनले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी छिन् । प्रमाणपत्र पेस गरेपछि राजदूत तुम्बाहाम्फेले कार्यवाहक राष्ट्रपति चोईसँग शिष्टाचार भेट गरेको सिओलस्थित नेपाली राजदूतावासले आज जनाएको छ । त्यस अवसरमा राजदूत तुम्बाहाम्फेले नेपाल ...
— लुम्बिनी प्रदेश योजना आयोगले तयार पारेको दोस्रो आवधिक योजनाको मस्यौदा निर्देशक समितिले पास गरेको छ । प्रदेश योजना आयोगका उपाध्यक्ष डिल्लीराज अर्यालको अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकले दोस्रो आवधिक योजनाको मस्यौदा पारित गरेर विकास परिषद्‍मा पठाउने निर्णय गरेको हो । विकास परिषद्‍बाट पारित भएपछि मस्यौदा मन्त्रिपरिषद् बैठकमा पेस हुनेछ । प्रदेश मन्त्रिपरिषद्ले पारित गरेपछि दोस्रो ...
— उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले अत्यावश्यक कानुन निर्माणका लागि संसद् हुँदै समितिमा पठाएको आठ महिनासम्म पनि विधेयक पास हुन नसक्नुले सांसदहरूमाथि नै प्रश्न उठ्ने अवस्था आएको बताएका छन् । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबारको बैठकमा मन्त्री भण्डारीले ‘सरकारले अत्यावश्यक कानुन निर्माणका लागि संसद् हुँदै समितिमा पठाइसक्दा ...
— नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम टुंग्याउन दबाब सृजना गर्नुपर्ने बताएका छन् । बेपत्ता योद्धा राजेन्द्र ढकालको २६ औँ स्मरण दिवसका अवसरमा आज यहाँ आयोजित ‘शान्ति प्रक्रिया र बेपत्ता नागरिकको सार्वजनिकीकरणको सवाल’ विषयको कार्यक्रममा उनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सबैले दबाब सिर्जना गर्नुपर्ने अवस्था उत्पन्न भएको ...
— ठाडो भीरको उकालो बाटोमा तीन पुरुष र दुई महिलाले एउटी महिलालाई झाङ्गलझुङ्गुल पार्दै बोकिरहेका छन् । अप्ठ्यारो बाटोमा घरी उनको टाउको भुइँमा लाग्छ, फेरि सबै जनाले वरिपरिबाट उठाएर अलि अगाडि पुर्‍याएपछि भुइँमा बिसाउँछन् । सबै लागेर उनलाई हातखुट्टा समातेर झ्याइँकुटी गर्दै मुस्किलले बाटो सम्मजस्तो परेको ठाउँमा पुर्‍याउँछन् । पछाडि कोही महिला ‘यो मरिहाली, यसलाई बचाइदेऊ ...