मुख्य समाचार
भारतबाट नेपाल भित्र्याउन लागेको लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ
भारतबाट नेपाल भित्र्याउन लागेको लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ

— भारतबाट नेपाल भित्र्याउन लागेको लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाँचथरको मिक्लाजुङ गाउँपालिका-४ का ३१ वर्षीय दिल प्रसाद राई र सोही गाउँपालिका-५ की २९ वर्षीया स्मारिका नेम्बाङ छन्।




लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाका प्रहरी नायब निरीक्षक कुमार सोमेश लामिछानेको नेतृत्वमा खटिएको टोलीले बुधबार साँझ करिब ८:३० बजे पुरानो मेचीपुल सडकमा जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।


भारतको पानीट्याङ्कीबाट सिटी रिक्सामा काँकडभिट्टातर्फ आउँदै गरेका उनीहरूको झोलाबाट प्रहरीले पतञ्जली दूध बिस्कुटको प्याकेटभित्र लुकाइएको अवस्थामा खैरो हेरोइन बरामद गरेको छ। बरामद लागूऔषधको तौल प्लास्टिकसहित ४ ग्राम ७ सय ३० मिलिग्राम रहेको छ।

सोधपुछका क्रममा उनीहरूले उक्त लागूऔषध भारतको पानीट्याङ्कीबाट किनेर ल्याएको स्वीकार गरेका छन्। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान र कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ।

लागूऔषध तस्करीविरुद्ध प्रहरीले सीमामा विशेष निगरानी बढाएको र यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानूनी कारबाहीको दायरामा ल्याइने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष नेपालका राजदूत शिवमाया तुम्बाहाम्फेले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी छिन् । मंगलबार सियोलमा आयोजित एक समारोहमा उनले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी छिन् । प्रमाणपत्र पेस गरेपछि राजदूत तुम्बाहाम्फेले कार्यवाहक राष्ट्रपति चोईसँग शिष्टाचार भेट गरेको सिओलस्थित नेपाली राजदूतावासले आज जनाएको छ । त्यस अवसरमा राजदूत तुम्बाहाम्फेले नेपाल ...
— लुम्बिनी प्रदेश योजना आयोगले तयार पारेको दोस्रो आवधिक योजनाको मस्यौदा निर्देशक समितिले पास गरेको छ । प्रदेश योजना आयोगका उपाध्यक्ष डिल्लीराज अर्यालको अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकले दोस्रो आवधिक योजनाको मस्यौदा पारित गरेर विकास परिषद्‍मा पठाउने निर्णय गरेको हो । विकास परिषद्‍बाट पारित भएपछि मस्यौदा मन्त्रिपरिषद् बैठकमा पेस हुनेछ । प्रदेश मन्त्रिपरिषद्ले पारित गरेपछि दोस्रो ...
— उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले अत्यावश्यक कानुन निर्माणका लागि संसद् हुँदै समितिमा पठाएको आठ महिनासम्म पनि विधेयक पास हुन नसक्नुले सांसदहरूमाथि नै प्रश्न उठ्ने अवस्था आएको बताएका छन् । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबारको बैठकमा मन्त्री भण्डारीले ‘सरकारले अत्यावश्यक कानुन निर्माणका लागि संसद् हुँदै समितिमा पठाइसक्दा ...
— नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम टुंग्याउन दबाब सृजना गर्नुपर्ने बताएका छन् । बेपत्ता योद्धा राजेन्द्र ढकालको २६ औँ स्मरण दिवसका अवसरमा आज यहाँ आयोजित ‘शान्ति प्रक्रिया र बेपत्ता नागरिकको सार्वजनिकीकरणको सवाल’ विषयको कार्यक्रममा उनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सबैले दबाब सिर्जना गर्नुपर्ने अवस्था उत्पन्न भएको ...
— ठाडो भीरको उकालो बाटोमा तीन पुरुष र दुई महिलाले एउटी महिलालाई झाङ्गलझुङ्गुल पार्दै बोकिरहेका छन् । अप्ठ्यारो बाटोमा घरी उनको टाउको भुइँमा लाग्छ, फेरि सबै जनाले वरिपरिबाट उठाएर अलि अगाडि पुर्‍याएपछि भुइँमा बिसाउँछन् । सबै लागेर उनलाई हातखुट्टा समातेर झ्याइँकुटी गर्दै मुस्किलले बाटो सम्मजस्तो परेको ठाउँमा पुर्‍याउँछन् । पछाडि कोही महिला ‘यो मरिहाली, यसलाई बचाइदेऊ ...