मुख्य समाचार
लहान नगरपालिकाले यस वर्ष पनि बृहत् निःशुल्क आँखा शिविर सञ्चालन गर्ने
लहान नगरपालिकाले यस वर्ष पनि बृहत् निःशुल्क आँखा शिविर सञ्चालन गर्ने

— लहान नगरपालिकाले यस वर्ष पनि बृहत् निःशुल्क आँखा शिविर सञ्चालन गर्ने भएको छ । यसका लागि मंगलबार नगर प्रमुख महेशप्रसाद चौधरी र सगरमाथा चौधरी आँखा अस्पताल अध्यक्ष रवीन्द्रलाल चौधरीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।


नेपाल नेत्रज्योती संघद्वारा सञ्चालित सो अस्पताल आँखा उपचार सेवाका लागि अब्बल रहेको छ । सम्झौताअनुसार शिविरमा मोतियाविन्दुको पहिचान भएका बिरामीको शल्यक्रियाको खर्च नगरपालिकाले व्यहोर्ने छ ।


'हामीले प्रत्यक वर्ष निःशुल्क आँखा शिविर आयोजना गर्दै आएका छौँ । सोहीअनुरुप अब वडावडामा शिविर आयोजना गरिनेछ,' नगरप्रमुख चौधरीले भने, 'शिविरले यहाँका गरिब तथा विपन्न समुदाय लाभान्वित हुने विश्वास लिएको छु ।'

केही दिनभित्रै गाउँगाउँमा शिविर सञ्चालन गर्ने भन्दै नगरप्रमुख चौधरीले एक हजार मोतियाविन्दुका बिरामीको शल्यक्रिया गर्ने लक्ष्य रहेको जानकारी दिए ।

नगरप्रमुख चौधरीको अनुसार विगत दुई वर्षदेखि यसरी शिविर सञ्चालन गरिएको र यस क्रममा पहिलो वर्ष सात हजार जनाले आँखा जाँच गराएका थिए भने एक हजार ९२ जना मोतियाविन्दुको पहिचान भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको थियो ।

यसैगरी, दोस्रो वर्ष तीन हजार जनाले आँखा जाँच गराउँदा सात सय मोतियाविन्दु पहिचान भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको थियो ।

जाडोको समयमा आँखाको रोगको सङ्क्रमण धेरै हुने र गाउँगाउँमा पैसको अभावमा बिनाउपचार बस्ने गरिब तथा विपन्न समुदायलाई निःशुल्क आँखा शिविरले सहयोग पुग्ने अस्पतालका अध्यक्ष रवीन्द्रलालले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। तत्कालीन नेकपा (माओवादी) आधार क्षेत्र रोल्पामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनसँग प्रतिस्पर्धा गर्न कांग्रेसले अर्थविद्लाई अघि सारेको छ । विगतमा अर्थमन्त्री समेत बनेका नेकपाका नेता पुनसँग प्रतिस्पर्धा गर्न कांग्रेसले अर्थशास्त्रीलाई नै अघि सारेको छ । कांग्रेसबाट उम्मेदवार बनेका डा. सुदनकुमार वली मानवीय पुँजी निर्माण, स्थानीय अर्थतन्त्र लगायतमा दख्खलता राख्छन् । बेइजिङबाट पीएचडी ...
: राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा कोशी प्रदेशबाट नेपाली कांग्रेसका सुनीलबहादुर थाापा, नेकपा एमालेका सोम पोर्तेल र रोशनी मेचे निर्वाचित भएका छन्। तीन पदका लागि आइतबार भएको निर्वाचनमा पोर्तेल र मेचे निर्वाचित भएका हुन्। थापा यसअघि नै निर्विरोध निर्वाचित भएका थिए। कांग्रेस, एमाले र जनता समाजवादी पार्टी मिलेर बनेको गठबन्धनको तर्फबाट खुलामा उम्मेदवारी दिएका थापा ...
— काठमाडौंस्थित द्वारिका फाउण्डेसनले हेटौंडा सामुदायिक आँखा अस्पताललाई उपकरण खरिद गर्न ३७ लाख रुपैयाँ सहयोग गरेको छ। होटल व्यवसायी द्वारिका श्रेष्ठको स्मृतिमा स्थापना गरिएको द्वारिका फाउण्डेसनकोतर्फबाट उनकी छोरी संगिता श्रेष्ठले उक्त रकम हस्तान्तरण गरेकी हुन् । श्रेष्ठले शुक्रबार तिलगंगा आँखा अस्पतालका निर्देशक एव हेटौंडा सामुदायिक आँखा अस्पतालका संरक्षक सिद्धि श्रेष्ठ र हेटौंडा सामुदायिक आँखा अस्पतालका प्रम्खु नेत्र ...
— दाङ सहयोगापेक्षी सडक मानवमुक्त घोषणा भएको छ। सडकमा अलपत्र मानिसहरुलाई आश्रम तथा परिवारमा पुनर्मिलन गराएर बुधबार दाङलाई सडक आश्रित मानवमुक्त जिल्ला घोषणा गरिएको हो । घोराहीमा कार्यक्रम आयोजना गरी जिल्ला समन्वय समिति प्रमुख नित्यानन्द शर्माले दाङलाई सडकमा आश्रित मानवमुक्त जिल्ला घोषणा गरेका छन्। सम्मानपूर्वक बाँच्न पाउने मौलिक अधिकारको कार्यान्वयन गर्न स्थानीय सरकार रसामाजिक संघसंस्थाहरुको सहकार्यमा दाङलाई ...
— आगामी फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फको मनोनयन दर्ताको समयसीमा थप गर्नुपर्ने भन्दै निर्वाचन आयोगमाथि दबाब बढेको छ । माघ ६ मा तोकिएको मनोनयनका लागि समय अभाव हुनुका साथै नेपाली कांग्रेससमेत विवादमा रहेकाले सार्नुपर्ने भन्दै दबाब आएको निर्वाचन आयाेगका एक पदाधिकारीले बताए । आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेर म‌ंगलबार नै सुनुवाइको पहिलाे ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम